– दिनेश रेग्मी
दोहा (कतार), मंसिर ४ – साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । मृत्युदण्डको फैसला सुनाईएका व्यक्ती उमेश यादव हुन् । उनको उमेर, घर ठेगाना लगायत अन्य कुनै विवरण खुलेको छैन । साउदीको विदेश मन्त्रालयले गम्भिर मुद्दामा परेका नेपालीको जानकारी रियालस्थित नेपाली दुतावासलाई दिने क्रममा उनलाई मत्युदण्डको फैसला गरेको थाह भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्