जानकी जानु, कुवेत
गरिबीको कारणले भनुं या बाध्यताले गहभरी आँशु लिई तिमीबाट टाढा भएको छु । सानु तिमीसंग ति देउराली र भन्ज्याङ्गमा तिम्रो मायाको पछ्यौरी ओढी हाँस्ने रमाउने इच्छाहरुलाई अधुरै छोडी म यो मरुभुमिमा आएं, यो धन सम्पती भन्नु नै कस्तो रहेछ ? आज मलाई तिमीबाट टाढा बनाइ दियो । तिमीले नै भनेकी थियौ सानु प्रदेशमा जानु भनेर तर सानु तिमीलाई खुशी दिन खोज्दा आज म तिमीबाट टाढा भएको छु, सानु बिदाइको बेलामा त भनेकी थियौ म तिम्रै पर्खाईमा बस्नेछु भनि तर आज लाग्यो मलाई तिमीले गरेका बाचा सबै झुठा रहेछन् किन सानु मेरो मायामा के खोट थियो र ? म तिम्रो खुशीको लागी यो प्रदेशमा आएं, सानु तिमीले नै भनेकी थियौ हाम्रो माया युगौं युगसम्म पनी छुट्दैन तर सानु के यो सबै झुठा थिए के मैले दिने मायामा कुनै कमी थियो ? सानु म तिम्रो खुशिमा रमाउँन चाहन्थें तिम्रो आँखामा आँशु होइन ओठमा हाँसो देख्न चाहान्थे तर सानु तिमी त मेरो माया टुक्रा पारी पराइको अंगालोमा बाँधिछ्यौ रे यदि तिमीले मेरो मायालाई टुक्रा पार्नु नै थियो भने पहिला नै बाटो अन्त किन मोडिनौ पहिला नै भनि दिएको भए तिम्रो खुशिको लागि मैले मेरा सारा खुशिहरु तिम्रो कदममा राखिदिन्थें ।
सानु धनको गरिब भए पनि मनको गरिब थिईन, महलमा राख्न नसके पनि म मेरो झुपडिमै भए पनि तिमीलाई सुखमा राख्न खोजेकै त थिएं, सानु तिम्रा खुशिका लागी मैले मेरा आफ्ना आफन्तसंग नाता टुटाएं । सानु तिम्रो मायाको साहारामा यो मरुभुमिमा जिउने आशा राखेको थिएं तर आज म यो मुलुक खाडिमा जिउदो लाशसरी जली राखेको छु । सानु यहाँ मायालाई पैसामा साट्ने धेरै छन् तर मैले मेरो माया तिम्रो मनसंग साट्न खोजेको थिएं तर मेरो मन माया टुक्रा पारी पराइको अंगालोमा बाँधिएर पैसाको बिटोमा रमाउन थालिछौ रे किन सानु ? मैले पनि तन, मन, धन सबै दिएकै थिएं आखीर के कमि भयो म बाट ? तिम्रो मायामा खोट रहेछ सानु झुठो सहि तिमीसंग बिताएका ति अविश्मरणिय क्षण ति अतितका पलहरुले मलाई पलपल तडपाउँछ, ति खुशिका क्षेणहरु आँखामा एक अदृश्य तस्बिर बनी झल्किन्छ ।
सानु तिमिले बाटो अन्तै मोडे पनी किन हो किन मेरो मन माया तिमीतिरै मोडिन्छ चाहेर पनी भुल्न सक्दिन म तिमीलाई सायद मैले जति माया तिमीले पनि गरी दिएको भए आज हामी दुईको मिलन एक हुने थियो होला सानु । थाहा छैन किन हो मेरो मायालाई तिमिले बुझ्न सकिनौ या त मैले तिमीलाई माया गर्न जानिन सानु हरपल यि तितामिठा यादहरुले मलाई यो रेगीस्तानमा पानी बिनाको माछा जस्तै बनाएको छ । आज म तिम्रो निम्ती आफुलाई यो मरुभुमिको चर्को घाममा आफ्नो जिन्दगीलाई प्रदेशीको दास्ती बनाई हत्केलामा रगतको छिर्का निकाली शरिरबाट एक एक थोपा पसिनासंग तिम्रो खुसीको लागि पैसा साटेको थिएं तर के नै पाएं र मैले न भोक, न निंद्रा, न मनमा चैन आज सबै गुमाएको छु । मेरो खुशी भन्नु नै तिमी थियौ तिमीले नै मेरो खुसी ओंठको हाँसो लुटेपछि आखिर के नै बाँकि रह्यो र म मा सानु ब्यर्थ रहेछ ति मेरा सपना तिमीसंग जिउने मर्ने ।
सानु तिमीले त हाँसीहाँसी मेरो सारा खुशी मिठा सपना सबै लुट्यौ थाहा थिएन तिम्रो खोक्रो मायामा स्वार्थ लुकेको छ भनेर कति निर्दयी रहेछ सानु तिम्रो मन मेरो मायालाई चिन्न नसक्ने, सानु तिम्रो मन ढुङ्गा रहेछ जता पल्टायो उतै पल्टिने आज मैले ढुङ्गासंग माया लाएछु छुट्टीने दोबाटोमा ठेस लाग्यो किन हो आफन्त भएर पनि आफन्त छन् जस्तो लाग्दैन आफ्नो जिन्दगी देखी आफै निसास्सिए जस्तो लाग्छ । मेरो जिन्दगी शुरु हुनुभन्दा पहिला नै जिन्दगी छिनी दियौ आज यस मरुभूमिमा तिमीसंग साटेको मायालाई जिन्दगी जिउने साहारा बनाएको छु, सानु तिमी त मेरो मनको बगैँचामा खडेरी पारि पराईको मनभित्र फुल्न पुगिछौ, सानु भन्नु नै के रह्यो र.. तिमीले बाटो मोडेपछी तिमीले चालेका जिन्दगीका पाईलाहरु सधैं सगरमाथाको शिखरमा लम्किरहोस जीबनभर हाँसी खुशि रहनु, ईन्द्र कमल जस्तै फुल्नु, तिमी जहाँ गए पनी तिम्रो नयाँ जिन्दगीको शूभ-कामना !!
तिम्रो खुशीको शुभ-चिन्तक !!
यो एउटा कथा मात्र हो कसैको व्यक्तिगत जीबनमा मेल खान गएमा संयोग मात्र हुनेछ ।
रचना: १६-११-२०११
yesto katha lekha pache ta dheraiko jevan ma milna jancha yaneki mero jiban sanga panee thorai ta milna rahicha.
i still think of you.
every single second with out fail.
every single day.
my sweet heart….
– JIBAN
sarai ramro katha lekhnu hudo rahexa juna g yo kathale ta kata kata sabai ko man xunxa jasto malai lagxa asha xa xittai nai yo vanda pani utkristha katha padhna painxa vanne best of luck.
read like very very seriously for me. i hope that can u again writing best of this.janu g best of luck .god bless u always…..
Tapaile dherai ramro lekhnu hudo rahechha, kalpanama dubera yettiko lekhnu thulo kura ho, keep it up
dherai rmaro lagyo malai keep continue
suggesting that I truly loved the quality of this story.