Daily Archives: 17/11/2011

बिभिन्न नेपाली परिकारका साथ “एभेरेष्ट नेपाली रेष्टुरेन्ट” फाहाहिल, कुवेत


शिवराम पौडेल, कुवेत  

नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो ? म:म, सुकुटी, चाउमिन, थुप्पा, भुटुन, सेलरोटी जस्ता बिभिन्न किसिमका नेपाली परिकारहरु आज कुवेतको फाहाहीलस्थित एभरेष्ट नेपाली रेष्टुरेन्टमा भरपुर पाउन सकिन्छ । यसो त कुवेतका अन्य शहरहरुमा पनि नेपाली रेष्टुरेन्टहरु नभएका होइनन् तर नेपालीहरुको बाहुल्यता रहेको फाहाहिलमा भने यो नै पहिलो र एक्लो नेपाली रेष्टुरेन्ट हो ।    पढ्नेक्रम जारी राख्नुहोस्

अब बिग बोसमा पोर्न स्टार !


भारतीय चर्चित टिभी रियालिटी शो बिग बोसको पाँचौ सस्करण अहिले चलिरहेको छ । बिग बोस-५ मा पहिले प्रोड्युसरले १३ महिलाको साथ हिन्दी फिल्मका खलनायक शक्ति कपुरलाई सामेल गरे । त्यसपछि विस्तारै उक्त शो मा अरु पुरुष प्रतियोगिलाई पनि सिधै इन्ट्री गराइयो । तथापि पछि शक्ति शो बाट बाहिरिए ।

निकै विवादास्पद यो रियालिटी शो मा राम्रा अनुहारको प्रवेशका बाबजुत केही गुमनाम अनुहार तथा उनीहरुका बीच हुने गाली गलौज र झगडाका कारण दर्शक भने दिक्क भैरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

यात्रुको राहदानी कर्मचारीको खल्तीमा


 केपी ढुंगाना, काठमाडौं, मंसिर १ – भारत सिक्किमकी प्रीति राई-सुब्बा अर्काको राहदानीमा कुबेत पुगेकी थिइन्। उनले आफ्नो तस्बिर टाँसेको राहदानी नवलपरासीकी सावित्रीकुमारी क्षेत्रीको थियो। घरेलु कामदार बन्न कुबेत पुगेकी प्रीतिलाई नेपाली राजदुतावासले नियन्त्रणमा लिएर काठमाडौं फर्काइदिएको थियो। त्यसको जानकारी अध्यागमन विभाग, परराष्ट्र मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पठाएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

लडाकु वर्गीकरण कार्यतालिका प्रभावित


१ मंसिर, काठमाडौँ । माओवादी सेनाका लडाकुहरुको पुनवर्गीकरण कार्यतालिका प्रभावित भएको छ ।दलहरुबीच राजनीतिक सहमति भए पनि सेना समायोजन विशेष समितिले आफू मातहतको सचिवालयले तयार पारेको समायोजन, पुनर्स्थापना र स्वेच्छिक अवकाससम्बन्धी प्याकेज अनुमोदन हुन नसक्दा वर्गीकरण कार्य प्रभावित भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सरुको हार (कथा)


जानकी जानु, कुवेत

सरुको हार नामक कथा पाठकवृन्द समक्ष पस्कँदै प्रतिकृयाको समेत अपेक्षा गरेकी छु..

जीबनमा जितेर पनी कहिले काँही कसैको खुसीको लागी हार्नु पर्ने रहेछ आज त्यहि हारमा पलपल जली उनको मायामा तिरस्कृत भई बाँचेकी छु । खै कहाँबाट शुरु गरौं मैले आफ्नो जीबन कथा ? भएर न अन्त्य भयो न अन्त्य हुनलाई शुरु भयो, कसरी म भुलौं जीबन तिमीसँग बिताएका अतितका ति पलहरु ? तिमीले झै भूल्न सकेकी भए त आज बारम्बार तिम्रो यादमा तड्पिने थिईन होला । जीबन बिछोडको बियोगमा जलिराखेकी छु, हिजोको त्यो हाँसो खुसीहरु कहाँ गयो थाहा भएन । पढ्नेक्रम जारी राख्नुहोस्