राजेश हमाल जोक्स


राजेश हमाल “जोक्स”
१) स्टिभ जब्सको विश्वविख्यात आईटी कम्पनी ‘एप्पल’ को प्रतीकमा राखिएको टोकिएको स्याउको सानो पार्ट राजेश हमालले नै खाएका हुन् ।
२) राजेश दाइ – ए सुनिता म तिमीसंग बिहे गर्न चाहन्छु सुनिता – तर म त तिमी भन्दा एक बर्ष जेठी छु नि । राजेश दाइ – ए त्यसो भए अर्को बर्ष बिहे गरम न त, बराबर भए पछि ।
३) एक दिन इन्द्रले राजेश दाइलाई स्वर्गमा बोलाएर दरो पार्टी दे छन् । राजेश दाइलाई पार्नु सम्म टील पारेर पिलाएछ्न । त्यो राती नेपालमा मुसलधारे पानी परेछ पछी जलश्रोत मन्त्रालयको छानबिन आयोगले त्यो राती राजेश दाइले बिस्तारामा नै सु गरेको प्रतिबेदन तयार गरेछ ।
४) राजेश दाइ ले अलंकार गर्दा “आँ..” बुझ्नु हुन्छ रे ।
५) सुने अनुसार, राजेश दाइको हात मात्र फलामको नभएर सबै चिज फलाम को भएको हुनाले अहिले सम्म बिहे हुन् नसके को रे !
६) ४७ सालमा राजेश दाई कारबाट ओर्लिदा फुत्त एउटा डाइरी भुइँमा खसेछ.. अहिले त्यसलाई नेपालको संबिधान २०४७ भनिन्छ रे… तर  आजकल राजेश दाइ डायरी बोक्दैनन तेसैले संबिधान नबनेको भन्ने हल्ला बजारमा व्यापक छ !
७) राजेशदाइले त पानी हालेर बाइक कुदाउने भएर पानी को हाहाकार भएको रे । पेट्रोलले चै कुल्ला गर्ने गरेको भएर पेट्रोलको मुल्य बढ्या रे ।
८) राजेश दाईको फेभरेट उखान – “जुन केटी आए पनि लपरेका” हो रे !
९) राजेशदाइले एक चोटी सरकारी जागिर (हाल, लोक सेबा आयोग)को जाँच दिनको लागि तयारी गर्दाको रफ कपी अहिले विकिपेडिया भनेर प्रसिद्ध छ र विकिपेडियानै बन्ने गरेर तयारी गर्दा पनि राजेशदाइको नाम ननिस्केर अर्कै लोकबहादुर नेपालको नाम निस्के पछि त्यो जाँचको नामनै लोक सेबा आयोग भएको रे ।
१०) राजेश दाइले मासु खान थालेपछि डाइनोसोर लोप भएको हो रे ! डाइनोसोरको लोप पछि … अहिले फेरी बाताबरणबिदहरु चिन्तित छन् रे – राजेशदाइको सी फूड मोहले व्हेलले पनि डाइनोसोरको नियती भोग्नु पर्ला कि भनेर।११) तपाईलाई थाहा छ ? पहिले जापान अहिले जस्तो टापु थिएन नि ! एकपटक राजेश दाइ स्वर्ग घुम्न गएका रहेछन – देउताले यो कामको मान्छे रहेछ भनेर संगै राखेछन । एकदिन देउताले राजेश दाईलाई “जा पान लिएर आइज” भनेछन । राजेशले “जापान” सुनेर जापान नै उठाएर ल्याएछन । देउताले  “ल  बर्बाद, धत् मुर्ख मैले पान पो भनेको”  भनेर झापारेछ्न । राजेशलाई रिस उठेछ र जापानलाइ समुन्द्र मा फालेर नेपालमा गएर बसेछन । तेसैले त जापान आजकल टुक्रा टुक्रा भएर टापु भएको ।
१२) राजेश हमालले लुगामा स्त्री लागाउनु र नेपालमा हुने लोड सेडिङ्को सम्बन्ध हल्ला मात्र हो । किनकी राजेश हमालले स्त्री लागाउदैनन प्रयोग मात्र गर्छन ।
१३) राजेशले दाई जन्मने बित्तिकै एक नर्सलाइ सोधेछन – “तपाईं संग मोबाइल छ ? नर्स – छ ! तर तिमीलाई किन चाहियो ?” राजेश दाई – “खास त केहि होइन, म राम्ररी नै आइ पुगे भनेर भगवानलाई SMS गर्नु थियो क्या । ”
१४) एक दिन राजेशदाइ ढिला सम्म सुतेर स्कुलनै गएनछन, त्येस् पछी स्कुलमा हल्ला खल्ला भएछ राजेश दाइ किन स्कुल आएनन भनेर । सबै जना राजेश दाइको घरमा बुझ्न आउदा दिन भरी पढाई नै भएनछ । तेही दिनको सम्झनामा हरेक शनिबार छुट्टी हुन् थालेको रहेछ ।
१५)  २,३ बर्ष अगाडिको कुरा हो, राजेश दाई इण्डोनेसिया घुम्न जादा गर्मि भएर संमुन्द्रमा डाईभ हान्दा इण्डोनेसियामा सुनामि आएको हो रे !

 १६)  ल हेर्नुस, राजेश दाइले चुरुटै नदेखिने गरेर चुरोट खाँन सक्छन…

 Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.