ईन्द्र भूषाल, कुवेत
कती दोषी छन् नेपाली युवा युवती जिन्दगी बर्बाद गर्नमा ??
प्रबासमा आफ्नो सबै चिजलाई टाढा राखी आफ्नो परिवारको भबिष्य अनी आफु पनि स्वयंको ब्रिद्व अवस्थालाई केही होला भनेर नै हो । जस्ले जे गफ गरेपनी कुवेतमा मात्र होईन नेपाल छाडेर बाहिर बाबु आमाले आफ्नो मुटुको टुक्रालाई तह लगाउन भनेर पठाएका हुँदैनन न त नेपाली नारिहरु नै यस्तो कहानी सिर्जना गर्न आएका हुन्छन । सबैको एउटै लक्ष्य हुन्छ केही कमाएर फर्कने अनी आफ्नो परिवारलाई खुशी दिने । प्रबासमा बसेर माया र पिरती लगाउन पाईदैन भन्ने होईन, संसारको कुनै पनि कुनामा बसौ कसैले कसैलाई मन पराउनु र माया गर्नु स्वाभाबिक मानिन्छ तर माया गर्ने र माया बस्ने पनि धेरै रमाइला र सुहाउने पाटाहरु हुन्छन । हुन त आजभोलि मिसकलबाट माया बसेर विवाह नै भएको पनि देखियो ।
प्रसंग यहाँ मायाको नौटंकी मात्र गर्न खोजेको होइन । नेपालीहरुका वास्तबिक कहानी र नेपालीले नेपालीहरुलाई दिएको धोका र प्रबासका यथार्थतालाई जोड्न खोजेको हो । मेरो एकजना मित्रले रमाइलो र दु:ख लाग्दो कहानी सुनाउनु भयो, एकजना नेपालीले एउटी नेपाली नारी जस्ले धेरै कष्ठ गरेर कमाएको २५० डिनर लगेर बिचरी नेपाली घर जाने बेलासम्म पनि फिर्ता गरेनन् अनी आज त्यो नारी फोन फोनमा लाएको अल्लारे मायालाई धिकार्दै छिन । घरमा काम गर्ने एउटी नारीले त्यती ठुलो रकम सन्कलन गर्न लगभग आधा साल लाग्छ तर आधा मिनेटमा फोनमा भेटेको मायाले चट्टकै लगेर हरायो यो कहानी एउटा सुनियो तर यहाँ धेरै कहानी छन जस्ले नेपाली नारिहरु मात्र होईन नेपाली खाइलाउदा पुरुष पनि प्रतापिड भएका छन । साथीको कहानी सुनेपछी मलाई २००६ तिर मालियाको चौरको याद आयो त्यतिबेला एउटी अधबैसे नेपाली नारी टेलिफोनमा नानाथरी गाली दिदै थीइन उही पैसा खाएको नेपाली मायालाई जस्ले पनि फोन बाटै माया गासेको हुनुपर्छ किनकी कुवेतको परीबेशले तेही भन्छ ।
दाई म भर्खर नेपालबाट आएको घरमा काम गर्न मन लागेन बाहिर निस्कनु पाएनि हुने थियो यस्ता धेरै नेपाली नारिहरुका कहानी सुनाउछन नेपालीहरु चाहे त्यो मालियाको चौर होस् या कुवेतका रफ्तारमा गूड्ने नगर बसहरुमा होस् । मालियामा खुलमखुला सुन्न सकिन्छ भने नगर बसमा सुन्न तपाईं नेपाली भए पनि नभए जस्तो गरेर बसे मात्र पुग्छ । नेपालबाट कुवेतमा घरमा नै काम गर्छु र केही कमाउछु भनेर हिंडेकी चेली अचानक सोचेभन्दा पनि छिट्टै घरमा काम गर्न चाहदिन । हो धेरै ठाउँमा घरमा कष्ठकर जिन्दगी हुनसक्छ तर यहाँ भाग्ने र भगाउनेहरु कष्ठकर भन्दा पनि लहैलहैमा लाएको धेरै देखिन्छ । सँगै आएकी एउटी नारी भागेर निस्किन भने अरुलाई पनि पिङ मच्चिए जस्तै मच्चाउँछन यो यथार्थ हो । भई राखेको नकुरी छाडेर बाहिर जाँदा पस्चातापमा परेका धेरै नारिहरु पनि भेटेको कहानी सुनाउछन नेपालीहरु । घरमा बसेकी नेपाली चेली जसलाई छणिक माया र प्रेमका अनेक नाटक रचेर घरबाट भगाई केही समयपछी अलपत्र पार्ने नेपाली युवाहरुको जमात पनि ठुलै छ यहाँ ।
घरमा भएकी श्रीमतीलाई र नाना बालालाई चट्टकै बिर्सेंर रङिन संसारमा भुल्ने अनी प्रबासमा आएकी नारिहरुलाई अलपत्र पार्नेहरुको घुँईचो हुनसक्छ । क्लबले आयोजना गरेको पहिलो बनभोजमा यस्तै कहानी जोडेर एउटा बैनीले मुक्तकै बनाएकी थिईन । माया लाउ तर धोका नखाउ भनेर अब नेपालबाट आउनु भन्दा पहिला तालिम नै दिनुपर्छ जस्तो भएको छ, प्रबासी नर-नारिहरुको कहानी सुन्दा ।
नारी पुरुष दुबैले सोच्ने गर्नुस्, म कमाउन आएको हुँ भने अरु पनि यहाँ कमाउन नै आएको हो भन्ने जबसम्म नेपालीले जान्दैन उसले आफु पनि बिग्रन्छ र अरुलाई पनि बिगार्छ । गरिखाने हातहरु छलेर खान पल्के भने अनी पवित्र मानिने मायालाई स्वार्थमा प्रयोग गर्न थालियो भने कता पुग्ला यो पवित्र शब्दको पारीभाषा ? हरेक दिन नेपालीले नेपालीलाई प्रबासमा सताएका र गुमाएका खबरहरु छताछुल्ल देखिन्छन । धोका खाएपछी रुनु वा अरुलाई सत्तोसराप गर्नु भन्दा चन्चले मायामा नफस्नु राम्रो होला । कती लगाउछौ टेलिफोनमा माया अनी कती लेख्छौ धोखाका कहानीहरु ? यसले उसलाई भगायो र उनले पनी लाजै नमानी हुन्छ भनिन तर समय पुरानो हुँदै जाँदा पुरानो हुँदैन माया भन्ने गीतको ठीक बिपरित माया पुरानो हुन्छ अनी बल्ल रचिन्छन तानाबाना बिछोडिनेका अनी फेरी शुरुहुन्छ आरोप र प्रत्यारोप । कुन कती दोषी भन्दा पनि सबै दोषी छन प्रबासमा नारी र पुरुषहरु कमाउन आएको जिन्दगी बर्बाद पार्न अनी स्वदेशमा सपना बुनेर बसेका परिवारलाई मरेतुल्य पार्न ।
“नलाउ माया धोकाखाई रुनलाई, सपनीमा चन्द्रमा छुनलाई, मिसकल आउनाले घरबारै नबिर्स सिटी धाउनाले”
u r right mr. indra that,s true.still iam expecting more article from u regarding on this issue.thanks
wow dai good information!!!!!!!1
dai ko kura ma ma panee sahamt chu. sabailea bichar garnuhos hai!!!