३० कात्तिक, काठमाडौँ । प्रमुख तीन दलबीच सरकारले ल्याएको अन्तरिम संविधान ११औँ संशोधन विधेयक सातबुँदे सहमतिको मर्मअनुसार एकमतले पारित गर्ने सहमति भएको छ ।सातबुँदे सहमति कार्यन्वयनको समीक्षा र पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न आज बिहान सिंहदरबारस्थित शान्ति तथा पुनर्निमाण मन्त्रालयमा करिब २ घण्टासम्म चलेको बैठकले त्यस्तो निर्णय गरेको हो । यस्तै बैठकले संविधानसभाले गठन गर्ने विज्ञ समूहको कार्यक्षेत्र’bout पनि सहमति जुटाएको छ । दलहरु विज्ञ समूहले राज्यपुर्नसंरचानाका लागि सुझाव मात्र दिन सक्नेमा सहमत भएका छन् । प्रमुख दलहरुबीच आयोगको साटो विज्ञ समूह गठन गर्ने विषयमा सहमति भएअनुसार आज व्यवस्थापिका संसदमा अन्तरिम संविधानको ११औँ संशोधनका लागि मतदान हुँदैछ ।
बैठकमा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता सहभागी थिए । बैठकमा अन्तरिम संविधानमा उल्लेख भएका सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता खोजबिन आयोग गठनका विषयमा समेत छलफल भएपनि त्यसरबो भने कुनै सहमति भएन । दुवै आयोग गठनसम्बन्धी विधेयक हाल व्यवस्थापिका संसदमा विचाराधीन छन् ।
Posted by: Shiva Paudel
Source: Nlinekhabar