मलेसियाले कामदारको तलब बढाउने


मलेसियाले सबै कामदारहरुका लागि तलब बढाउने अन्तिम तयारी गरेको छ । ‘राष्ट्रिय न्युनतम तलब’ तोक्ने’bout मस्यौदा तयार पार्न सरकारद्वारा गठित एक परामर्श समितीले यस’bout विस्तृत अध्ययन गरिरहेको र यसैबर्षको अन्त्यसम्ममा अन्तिम रुप दिई राष्ट्रिय न्युनतम तलब निर्धारण गरिने भएको मलेसियाली समाचार संस्था बर्नामाले जनाएको छ ।

यसैबर्ष अन्त्यसम्ममा समितीले मस्यौदा बुझाउनेमा सरकार आशावादी रहेको स्रोतलाई उध्दृत गर्दै बर्नामाले लेखेको छ । ‘समितीले यस’bout विस्तृत अध्ययन गरेर सुझाव दिएपछि निर्धारण हुनेछ’ उप मानव संशोधनमन्त्रीलाई उध्दृत गर्दै समाचारमा उल्लेख गरिएको छ । गत बिहीबार वैठकले तलब निर्धारण गर्न अन्तिम तयारी गरिरहेको र यसैबर्ष अन्त्यसम्ममा घोषणा हुने भएको जनाइएको छ । पेशागत क्षेत्र र कामको प्रकृती हेरी तलब निर्धारण गरिने बताइएको छ ।

मलेसियाली सरकारको तलब’boutको यो नीति पारित भइ लागू भएमा यहाँ कार्यरत करिब ४ लाख नेपाली कामदार लाभान्वित हुनेछन् । मलेसियमा काम गर्ने नेपालीले हाल मासिक न्युनतम ५ सय ४६ रिंगेट पाउँछन् ।

यहाँस्थित विभिन्न ट्रेड युनियन तथा संघसंगठनले कामदारहरुको न्युनतम तलब बढाउन र मासिक ९ सय ५० रिंगेट बनाउन दबाब दिँदैआएपछि मलेसियाले तलब निर्धारण’bout विस्तृत अध्ययन तथा परामर्श गरी मस्यौदा तयार पार्नका लागि गत सेप्टेम्बर १५ मा मजदुर युनियन, रोजगादाता संगठनका प्रतिनिधि र सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित २३ सदस्यीय एक समिती गठन गरेको थियो । समितीले तलब निर्धारण’bout मस्यौदाको अन्तिम रुप दिएपछि आगामी डिसेम्बरभित्रै नयाँ न्यनुतम तलब तोक्ने तयारी भएको हो ।

नेपालीका लागि प्रमुख गन्तव्य मानिने यहाँ आउने नेपालीमध्ये ‘सरक्षागार्ड’ले सबैभन्दा बढी अर्थात् न्युनतम ९ सय रिंगेटदेखि अधिकमा २७ सय रिंगेटसम्म कमाउँछन् । ‘सुरक्षागार्ड’ नेपालीका लागि अति आकर्षक क्षेत्र हो । मलेसिया सरकारले नेपाली बाहेक अरु कुनै विदेशी कामदारलाई यस क्षेत्रमा  राख्ने अनुमति दिएको छैन । नेपालीका लागि पनि सन् २००९ जुलाइदेखि सरकारले यहाँ सुरक्षा क्षेत्र नेपालीका लागि पनि बन्द गरेको थियो । करिब ३० लाख विदेशी कामदारहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियामा हाल सरकारले आममाफी कार्यक्रम गरिरहेको छ ।

स्रोतका अनुसार, तलब’bout सरकार उक्त समितीले बनाउने मस्यौदाको पर्खाइमा छ र समितीले मस्यौदा तयार पारेलगत्तै त्यसलाई पारित गर्न प्रक्रिया अघि बढाउने जनाइएको छ ।

Posted by: Dambar Rimal                                    Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.