मंसिर १४ आसपासमा मेरै नेतृत्वमा राष्ट्रिय सरकारः प्रधानमन्त्री


‘भ्रष्टाचार गर्ने मन्त्रीलाई हटाउँछु’
२९ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सातबुँदे सहमति कार्यान्वयन हुँदै जाँदा मंसिर १४ को आसपासमा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमितको सरकार गठन हुने दाबी गर्नुएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले का्रग्रेस-एमाले पनि आफ्नै नेतृत्वको सरकारमा आउने बताउनुभयो । ‘मंसिर १४को आसपासमा मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ- भट्टराईले भन्नुभयो ‘शान्ति र संविधान नहुञ्जेल यो सरकार रहन्छ, संविधान बनेपछि आलोपालो हो ।’

शान्ति र संविधान आफ्नो मूल कार्यभार रहेको तथा पाँच वर्षसम्म अवरुद्ध रहेको शान्तिप्रक्रिया आफ्नै कार्यकालमा अघि बढेकाले त्यसलाई निष्र्कषमा पुर्‍याउन व्यक्तिगत छवि दाउमा राखेरै भएपनि ठूलो मन्त्रिमण्डल बनाउनुपरेको भट्टराईले बताउनुभयो ।

संसदमा प्रतिनिधित्व गर्ने १० प्रतिशतलाई सरकारमा सामेल गराउने अन्र्तराष्ट्रिय प्रचलन रहेको चर्चा गर्दै प्रधानमन्त्रीले मन्त्रिमण्डलको आकार ठूलो नभएको जिकिरसमेत गर्नुभयो । आफू बढीमा २० सदस्यीय मन्त्रिमण्डल बनाउने सोंचमा रहेपनि परिस्थितिको बाध्यताका कारण मन्त्री थप्नु परेको भट्टराईले पटकपटक दोहोर्‍याउनुभयो । मधेसी मोर्चाले गत भदौमै राज्यमन्त्रीको सूची बुझाए पनि आफूले दुई महिनासम्म जवर्जस्ती रोकेको प्रधानमन्त्रीले बताउनुभयो । तर, माओवादीबाट राज्यमन्त्री नियुक्त गर्न त बाध्यता थिएन होला नी भन्ने सञ्चारकर्मीको जिज्ञाशामा भट्टराईले मन्त्रिपरिषद्लाई समावेशी बनाउन र जातीय, क्षेत्रीय तथा लैङ्गकि सन्तुलन मिलाउन त्यसो गरिएको तर्क गर्नुभयो ।

]दलहरुबीच सातबुँदे सहमति गराउनुमा प्रधानमन्त्रीका हैसियतमा आफ्नो पनि प्रत्यक्ष-परोक्ष योगदान रहेको भन्दै उहाँले त्यो ऐतिहासिक उपलब्धीको चर्चा नगरी ढुंगेल प्रकरण र मन्त्रिमण्डलको आकारका कारण आफ्नो आलोचना भएको बताउनुभयो । ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउन नसके नेपालको शान्ति र संविधान अघि बढ्न सक्दैन, उनीहरुले भाँडिदिन्छन, यो तीतो यथार्थ हो,-प्रधानमन्त्रीले भन्नुभयो- अहिले अन्तर्राष्ट्रिय सन्तुलन पनि मिलाएको छु, देशभित्र पनि मिलेको छ, अब अघि बढ्छ ।’ चिनियाँ र भारतीय प्रधानमन्त्रीको नेपाल आगमनले त्यसलाई अझ अगाडि बढाउने उहाँको भनाइ थियो ।

कांग्रेस-एमालेले मधेसी मोर्चासँग गठबन्धन बलियो बनाएर एक्लै बढ्ने डरले मन्त्रिमण्डल विस्तार र सभासद् बालकृष्ण ढुंगेल प्रकरणलाई उचालेको प्रधानमन्त्रीको आरोप थियो । तर, आफूले ती दलका नेताहरुसँग भेटेर एक्लै जाने सोंच नभएको बताएपछि उनीहरु आफ्नै नेतृत्वमा सरकारमा आउन सहमत भएको जिकिर प्रधानमन्त्रीको छ । अर्को एक बेग्लै प्रसङ्गमा उहाँले आफ्नो मन्त्रिपरिषदको कुनै पनि सदस्य भ्रष्टाचारमा मुछिएको खण्डमा तत्काल पदबाट बर्खास्त गर्ने बताउनुभयो । ‘आकार ठूलो भएपनि मनपरि गर्न दिन्न, भ्रष्टाचारमा संलग्न भएको तथ्य भेटियो भने तत्कालै स्याक गर्छु’, प्रधानमन्त्रीले भन्नुभयो ।

निजी सचिवालय किन जम्बो बनाउनुभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो ‘मैलेे अरुले जस्तो परिवारका सदस्य वा नातेदारलाई नियुक्ति दिने र उनीहरुको नामको पैसा आफ्नै खल्तीमा हाल्ने काम गरेको छैन, सम्बन्धित क्षेत्रमा काम गरेका मान्छेलाई नियमअनुसार नै दिएको हो ।’ ‘मानुषी (छोरी) लाई पकेटखर्चको समस्या छ, उनैलाई नियुक्ति दिएर पैसा खल्तीमा हालिदिएको भएपनि हुन्थ्यो, तर मैले त्यसो गरेको छैन, मेरो आदर्शले त्यो दिन्न ।’- प्रधानमन्त्रीले भन्नुभयो ।

Posted by: Shiva paudel

Source: Nlinekhabar

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.