आचार्य दम्पतीलाई पुत्र-लाभ भएकोमा बधाई तथा शुभकामना !!


जय आले, कुवेत

मेनपावर एसोसियसनका सदस्य एवं हाम्रा मित्र ओम प्रकाश आचार्य र संगम आचार्यको प्रथम सुपुत्रको “न्वारन” कर्मकाण्ड पुरोहित श्री टिकाराम आचार्यबाट हिजो १४ नोभेम्बर २०११ का दिन, सु-सम्पन्न भएको छ भने नवजात शिशुको नाम सौरभ आचार्य राखिएको छ । पण्डित (पुरोहित) टिकाराम आचार्य नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष समेत हुनुहुन्छ ।

हवालीस्थित आचार्य निवासमा गरिएको “न्वारन” कर्मकाण्डमा आचार्य दम्पतीलाई बधाई तथा शुभकामना दिन र नवजात शिशुलाई सु-स्वास्थ्य एवं दिर्घायुको कामना गर्न मेनपावर एसोसियसनका सम्पूर्ण पदाधिकारीहरु एवं शुभचिन्तकहरुको बिभिन्न गिफ्टको साथमा घुँईंचो नै लागेको थियो ।

सम्पूर्ण मेनपावर एसोसियसन परिवार, आचार्य दम्पतीलाई पुत्र-लाभ भएकोमा कुवेतनेपाल डटकम मार्फत बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं, एसोसियसनका सल्लाहाकार राज कुमार थापा र सचिव राजु खड्काले बताउनु भयो ।

यसैगरी, हवाली पश्चात फर्वानियास्थित लीलाराज पाण्डे र लक्ष्मी पाण्डेको प्रथम सुपुत्रको पनि पण्डित टिकाराम आचार्यले हिजै न्वारन गर्नु भएको र नवजात शिशुको नाम सुदर्शन पाण्डे राखिएको पण्डितले जानकारी दिनुभयो । कुवेतनेपाल डटकमलाई पाण्डे परिवारको तस्विर भने उपलब्ध हुन सकेन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.