कोलोराडोमा नेपाली कथानक चलचित्रको भब्य प्रदर्शन


आचार्य प्रभा, डेन्भर/कोलोराडो

नोवेम्बर १३, अमेरिका । कोलोराडोको अरोरामा नोवेम्बर १२ शनिबारका दिन नेपाली कथानक चलचित्र “खग्रास” भब्यताको साथ प्रदर्शन गरियो । बि.आर.टि नेपालको सहयोगार्थ उक्त चलचित्रका कथाकार द्वय बिप्ल्वप प्रतीक र नयन राज पाण्डेद्वारा लिखित उक्त चलचित्रका निर्देशक शैलेस आचार्य हुन् ।

दुई घण्टा पाँच मिनेटको समयावधी रहेको उक्त चलचित्रका मुख्य नायक सुनिल पोख्रेलको अभिनय छोटो भए पनि दर्दनाक र महत्वपूर्ण रहेको छ । नेपाली जनताहरुको मार्मिक कथा ब्यथा रहेको उक्त चलचित्रमा नेपालको घ्रिणित राजनीतिको पर्दाफास गरिएको छ । सानो तिनो घट्नालाइ पनि राजनीतिकरण गरेर जनतालाई दु:ख दिने प्रविर्ती अनी साधारण जनताहरुलाई धम्क्याएर, तर्साएर चन्दा असुली गर्ने जस्ता कुक्रित्यलाई पनि दर्शाइएको छ ।

उक्त चलचित्रमा सम्योग पोख्रेल, सोनी के.सि, दिनेश शर्मा, अनिल पोख्रेल, माधव आचार्यले आ-आफ्नो भूमिका बडो गम्भिरता र सफलताको साथ निर्वाह गरेका छन् । अमेरिकाको बिभिन्न राज्यमा प्रदर्शन गरिएको उक्त फिल्ममा नेपालका रमणीय स्थलहरुको पनि छायांकन गरिएको छ । बि.आर.टि नेपालले कोलोराडोमा यो चलचित्र प्रदर्शन गरेर कोलोराडोबासीको प्रवासी मनहरुलाई अनुग्रिहित बनाएको छ जस्ले गर्दा केही समयकोलागी भए पनि हर कोहिको मन नेपालकै परिवेशमा हराउन पुगेको आभास भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.