Daily Archives: 14/11/2011

साउदीद्वारा हस्तलिखित राहदानीमा भिसा लगाउन बन्द


– मोहन गुरुङ, काठमाडौं, २७ कात्तिक

वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य साउदी अरबले हस्तलिखित राहदानीमा ‘भिसा स्ट्याम्पिङ’ गर्न अस्वीकार गरेको । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०१५ को डिसेम्बरसम्म हस्तलिखित राहदानीको सीमा तोके पनि साउदीले हस्तलिखित राहदानीमा भिसा स्ट्याम्पिङ गर्न अस्वीकार गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

गीत !!


सुरेन्द्र ईङ्नाम, ब्रुनाई
sureningnam@gmail.com


नखानु है हरेस कहिं सम्झिरहनु जितलाई
संसार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई

याद पक्कै आउँछ होला तिमलाई गाउँघरको
मरुभूमिको त्यो गर्मिमा तिमलाई लाग्ला झर्को
तिर्खाएर ढले पनि मनमा राख्नु सधैं जितलाई
संसार जित्ने हाम्रा पुर्खा जोगाउनु है रितलाई पढ्नेक्रम जारी राख्नुहोस्

कोलोराडोमा नेपाली कथानक चलचित्रको भब्य प्रदर्शन


आचार्य प्रभा, डेन्भर/कोलोराडो

नोवेम्बर १३, अमेरिका । कोलोराडोको अरोरामा नोवेम्बर १२ शनिबारका दिन नेपाली कथानक चलचित्र “खग्रास” भब्यताको साथ प्रदर्शन गरियो । बि.आर.टि नेपालको सहयोगार्थ उक्त चलचित्रका कथाकार द्वय बिप्ल्वप प्रतीक र नयन राज पाण्डेद्वारा लिखित उक्त चलचित्रका निर्देशक शैलेस आचार्य हुन् ।

दुई घण्टा पाँच मिनेटको समयावधी रहेको उक्त चलचित्रका मुख्य नायक सुनिल पोख्रेलको अभिनय छोटो भए पनि दर्दनाक र महत्वपूर्ण रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्