Daily Archives: 13/11/2011

कसरी मनाए अल्घानिममा नेपालीहरुले दशै, तिहार र ईद ? (फोटो फिचरसहित)


जितेन थिङ्, कुवेत

युसुफ अहमद अल्घानिम कम्पनिको सेक्युरिटी ग्रुपमा कार्यरत नेपालीहरुले प्रबासमै भए पनि नेपालीहरुको महान चाड दशैं, तिहार तथा अन्य चाड पर्बहरु मनाउने प्रचलन ग्रुपको स्थापना कालदेखी नै चली आएको पाईन्छ । पहिला साथीहरु एक-आपसमा मिलेर रकम जम्मा गरी चाड पर्बहरु मनाउने तथा आफ्नो धर्म-संस्कृती, रीतिन-रिवाज र परम्परालाई कायम राख्ने गर्दथे । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुक–धोका


नुवाकोटकी गीता शर्मा (नाम परिवर्तन)ले जीवनमा त्यस्तो आँधीहुरी आउने कल्पना गरेकी थिइनन् । सशस्त्र प्रहरीको सिपाही प्रेमी, जोसँग उनी दुई महिनाअघिसम्म बिहे गरेर जिन्दगी बिताउने कल्पनामा थिइन्, उनैले सामाजिक नेटवर्किङ सञ्जाल फेसबुकमा अश्लील चित्रहरू राखेर बदनाम गरिदिए । पढ्नेक्रम जारी राख्नुहोस्

कालीगण्डकी कल्याणकारी समाजले भलिवल प्रतियोगिता राख्ने


जय आले, कुवेत

बिगत २ बर्षदेखी कुवेतवासी नेपाली बीच कृयाशिल संस्था कालीगण्डकी कल्याणकारी समाज कुवेतले वार्षिक रुपमा आयोजना गर्दै आएको अन्तर नेपाली भलिवल प्रतियोगिता यस वर्ष पनि यहि २५ नोभेम्बर २०११ शुक्रबारका दिन, खेलाउने तय गरेको छ । संस्थाका अध्यक्ष आशिष कुवँरले कुवेतमा रहेका सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि अनुरोध गर्दै पठाउनु भएको सूचना तथा निमन्त्रणा-पत्र जस्ताको तस्तै प्रकाशित गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज्यानमारा सडक


२०६३ वैशाख २६ गते । १३ स्कुले बालबालिका चढेको टेम्पो दुर्घटनामा मृत्यु भएपछि झुम्का- चतरा खण्डको पूर्वीतर्फ कंक्रिटको बार लगाउने घोषणा सरकारले गरेको थियो । टेम्पोमा स्कुल गइरहेका ३२ मध्ये १३ बालबालिकाको नहरमा डुबेर मृत्यु भएपछि लामो समयसम्म यो मार्ग बन्दै भयो । ‘अर्को ठूलो दुर्घटना हुनसक्छ भनेर त्यतिबेला पनि भनेका थियौं,’ झुम्का उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली कार्की भन्छन्, पढ्नेक्रम जारी राख्नुहोस्

आधा अमेरिकीको समर्थन छैन ओबामालाई


वासिङ्टन, २२ कात्तिक । झन्डै आधा अमेरिकीले आगामी वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति बाराक ओबामाले नजित्ने बताएका छन् । राष्ट्रपति चुनाव हुनुभन्दा एक वर्षअगाडि गरिएको सर्वेक्षणमा उक्त परिणाम देखा परेको हो, तर ४० प्रतिशत अमेरिकी भने ओबामाका पक्षमा देखिएका छन् । अमेरिकी प्रसिद्ध पत्रिका क्रिस्चियन साइन्स मनिटरले सोमबार सार्वजनिक गरेको सर्वेक्षण परिणामले विशेषगरी स्वतन्त्र बसेकाहरूले डेमोक्र्याटिक राष्ट्रपतिप्रति विश्वास गुमाएको बताएका छन्, पढ्नेक्रम जारी राख्नुहोस्

आफ्ना पर गए (गिती गजल)‎


मनोज काफ्ले ‘मनसुन’

 
आफ्ना पर गए भन्ने सुन्न सकिएन ‎
अर्कासँग साँचो माया बुन्न सकिएन

काँपेका ओंठहरु सहेकाछन् चोटहरु ‎
‎रोए आँखा झरे आँसु थुन्न सकिएन पढ्नेक्रम जारी राख्नुहोस्