यसरी जुट्यो अपाङ्ग चेलीहरुलाई आर्थीक सहयोग, कुवेतका नेपाली सँघ-संस्थाका प्रमुख लगायत सम्पूर्ण नेपालीहरुलाई धन्यवाद !


माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव एवं कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भूषाल संकलित रकम जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापालीलाई हस्तान्तरण गर्दै..

ईन्द्र भूषाल, कुवेत । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले आयोजना गर्ने बनभोज कार्यक्रम हरेक पटक सामाजिक कार्यको लागि सहयोग उठ्ने एउटा पवित्र स्थान सावित भएको छ । फेसबुक मार्फत ५ अपांग दिदीबहिनीहरुको अति नै करुणायूक्त भिडियो हाम्रा सहकर्मी मित्र डम्मर रिमालले सेयर गरेपछी पुरै भिडियो हेर्न नपाउँदै मेरा आँखा रसाएका थिए भनें परमेश्वरले दिएको देनलाई स्विकार गर्नुपर्छ भन्ने सन्देशलाई मैले आत्मसात गरेको थिएं ।

पर्वत जिल्लको रानीपानी गाबिसका एउटै परिवारका ५ जना अपाङ्ग चेलीहरुको दयनिय अवस्था देखेपछी सक्दो सहयोग जुटाउनु पर्छ भन्ने आवाज विश्वभर बुलन्द हुँदै गएको थियो भनें उनिहरुलाई सहयोग गर्न जो कोही तयार रहेका थिए । तर कहाँ, कसले र कसरी सहयोग जुटाउने भन्ने सवाल उठिरहेको अवस्थामा यस वर्षको महान चाड बिजया दशमीको अवसरमा टिका ग्रहण तथा दक्षिणा संकलन जस्तो नयाँ तरिका अपनाउँदै जन-प्रगतिशिल मञ्च कुवेतका अध्यक्ष कुमार झापाली, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, मजदुर सँघ कुवेतका अध्यक्ष टेन्डुप शेर्पा, जन-जाग्रिती युवा समाजका कोषाध्यक्ष छत्र कार्की, माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सदस्य एवं कुवेतनेपाल डटकमका सम्वाददाता डम्मर रिमाल र क्लव सचिव म स्वयं आवद्द रहेर यस सहयोग अभियानलाई अगाडि बढायौं ।

अध्यक्ष कुमार झापालीबाट आफ्नै निवासमा टिका ग्रहण र दक्षिणा संकलन गर्ने कार्यक्रमको घोषणा भएपछी वहाँको निवासमा पुगेर बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु लगायत नेपाली राजदुत समेतले अपाङ्ग नेपाली चेलीहरुलाई दक्षिणा दिनुभएको थियो । अत्यन्त सफल रहेको उक्त कार्यक्रमले गर्दा हाम्रो मनोबल थप बढ्यो र आउँदै गरेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको वार्षिक बनभोज कार्यक्रममा समेत सहयोग संकलन अभियानलाई परिचालन गर्ने मैले प्रस्ताव राखें र सबैले सहर्ष स्विकार गरी एउटै उद्देश्यमा पुग्यौ र डम्मर रिमालले सहयोग संकलनको लागि बक्स(बाकस) तयार पार्नुभयो ।

क्लबको गत सालको बनभोजमा पनि जन-जाग्रिती युवा समाजले कुवेतमा सिकिस्त बिरामी परेकी मन्दिरा परीयारको लागि ठुलै रकम संकलन गर्न सफल भएको थियो । यस्तै यस पटकको बनभोजमा हामीले अपाङ्ग बैनिहरुको लागि मञ्चबाटै बनभोजमा उपस्थित सम्पूर्ण पाहुनाहरु र अतिथिहरुलाई अपिल गर्‍यौं । एक थुकी सुकी सय थुकी नदी भनेंझै केही बेरमै कार्यक्रम सञ्चालिका एवं क्लब सदस्य किरण आलेले परिचालन गरेको सहयोग बक्समा ठुलो रकम जम्मा भयो जुन क्रम कार्यक्रमको अन्त्यसम्म पनि चलिरहेको थियो ।

बनभोजको अवसरमा अमेरिकन राजदूतावासमा कार्यरत नेपालीहरुद्वारा पठाईएको ५० के.डि रकम सहित २४० के.डी सहयोग संकलन गर्न हामी सफल भएका छौं । यसैगरी दसैंको टिका ग्रहण तथा दक्षिणा संकलनबाट २७५ के.डी र २,५०० नेरु. संकलन भएको थियो । आजसम्म संकलन भएको जम्मा रकम के.डी २४०+२७५ = ५१५ के.डी र नेरु. २,५०० रकम हामीले संकलन गरेका छौं जसलाई नेपाली राजादूतावास कुवेत मार्फत यथाशिघ्र पीडित परिवारलाई नेपाल पठाइने जानकारी गराउन समेत चाहन्छौं ।

क्लब सल्लाहाकार एवं तमु समाज कुवेतका उपाध्यक्ष श्री खोप गुरुङ्को पहलमा अमेरिकन राजदूतावासमा कार्यरत नेपालीहरुबाट अपांग चेलीहरुको लागि ५० के.डी रकम संकलन गरी पठाईएको थियो । उक्त दयनिय भिडियो हेरेपछी श्री गुरुङ्ले दुताबासमा कार्यरत नेपालीहरुको बिचमा सहयोगको लागि आग्रह गर्दै सो रकम जम्मा गर्नु भएको हो । दुताबासमा कार्यरत अम्बर गुरुङ, गोपाल गुरुङ, खोप गुरुङ, अनिल राइ, धन राइ, ओम पुनमगर, राजेन्द्र लिम्बु, फुलमान तामाङ, दुर्गा आलेमगर र यादब श्रेष्ठ ज्युले मिलेर सहयोग गर्नु भएको रकम ५० के.डि बनभोज कार्यक्रमको अवसरमा परिचालन गरिएको अपाङ्ग सहयोग बक्समा श्री खोप गुरुङ्ले हस्तान्तरण गर्नु भएको थियो ।

प्रबासको नेपाली समाज बेला बेलामा फरक बिषयलाई लिएर नजिकिने र टाढिंदै जाने परीबेश भएपनी सामाजिक कार्यको लागि कुनै पनि सँघ-संस्था र नेपालीको सहयोगको लागि एकताबद्ध भएको देख्न सकिने धेरै उदाहरण छन । हामी सबै सहयोग संकलन अभियानकर्ताको तर्फबाट सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु र तमाम कुवेतवासी नेपालीहरुलाई धन्यवाद दिन चाहन्छौ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.