जानकी जानु, कुवेत
jb_janu@yahoo.com
छलकपट गरेर माया जालमा पारी तिमले
मेरो दिलमा बास बस्न तिमीलाइ भन्यो कसले ?
भावनामा अल्झिएका मनका लहर फुकाएर
अनायासै राख्न खोजे तिमलाई दिलमा लुकाएर
शितका थोपा फुलहरुमा लहराए जस्तै गरि
आयो कि त जीबनमा चोट दिन मलाई फेरी
राम्रो बोली मिठो हाँसी बहानामा दाउ पारि
बदनामको दाग लगाई छोड्ने होकि जीबनभरी
जगाएर मनको लहर छालजस्तै मारि तिमले
मनभित्रको तरेलीमा पौडिन भन्यो कसले ?
नखोज मेरो दिलमा बास बस्न अब तिमले
मेरो दिल भित्र पसी रमाउन भन्यो कसले ??
रचना: २५-०८-२०११
Posted by: Jay Ale
सुन साथि तिम्रोपनी मेरो जस्तै हाल रैछ ।
कथा ब्यथा उस्तैउस्तै, उस्तै लय ताल रैछ ।
आफ्नै सम्झी कसैलाई बसाएछौ परेलीमा,
बैगुनीको पापी मन सताउने चाल रैछ ।
नछाड्ने कसम त्यो हातराखी शिरमाथि,
दुखिलाई फसाउने माकुरिको जाल रैछ ।
जताततै हरियाली आफ्नो भन्ने कोहि हुदा,
झुठो दुनिया देखाउने, माया आखि झ्याल रैछ ।
कसैलाई स्वर्ग माया खुसि सबै यसैमा छ,
कोहीलाई यहि माया सुनामीको छाल रैछ ।…