कुवेतको ग्रिन आईल्याण्डमा बनभोज कार्यक्रम-२०६८ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत  

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले बिगत चार बर्षदेखी लगातार आयोजना गर्दै आएको कुवेतवासी नेपालीहरुको “वार्षिक बनभोज कार्यक्रम” यसबर्ष पनि ११ नोभेम्बर २०११ मा कुवेतको अति रमणिय स्थान ग्रिन आईल्याण्ड पार्कमा बिभिन्न सांगितिक रमझम र मनोरञ्जनात्मक खेलकूदहरुको साथ सम्पन्न भएको छ ।

आयोजकले यस वर्षको बनभोजमा आधुनिकता तर्फ बढ्दो झुकावमा रहेको नेपाली समाजलाई मध्येनजर गर्दै कार्यक्रममा अत्यन्तै पृथक किसिमले आफ्ना प्रस्तुतिहरु प्रस्कँदै पाहुनाहरुलाई थप मनोरञ्जित गर्ने प्रयास गर्‍यो ।

क्लवका सचिव ईन्द्र भूषाल र सदस्य सुश्री किरण आलेले संयूक्त रुपमा सञ्चालन गरेको चौंथो वार्षिक बनभोज कार्यक्रमको अध्यक्षता अध्यक्ष धर्मराज गिरीको रहेको थियो भनें पूर्वाध्यक्ष तथा बनभोजका संयोजक किरण पौड्यालले स्वागत मन्तव्यका साथ बनभोज ’bout प्रकाश पार्नु भयो । यसैगरी, प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव पुष्पराज भट्टराईले सबैलाई बनभोजमा रमाउन आग्रह गर्दै आयोजकलाई यो अवसर प्रदान गरेकोमा धन्यवाद सहितको शुभकामना दिनु भयो ।

अतिथिहरुको आसन ग्रहण र नेपालको राष्ट्रिय गान बजाई औपचारिकता पुरा गरेपश्चात पूर्ण सांगितिक माहौलमा प्रवेश गरेको बनभोज कार्यक्रमको बिच-बिचमा क्लवका सह-सचिव राजु गुरुङ्को संयोजकत्वमा मनोरञ्जनात्मक खेलकूदहरु खेलाईएको थियो । जसमा पहिलो खेल: पुरानो लोकप्रिय र सबैले खेल्न सक्ने हाँडिफोर खेल खेलाइएको थियो । तर, सहभागी ३५~४० महिला/पुरुषहरु मध्ये कसैले पनि हाँडी फोर्न नसक्दा सबैभन्दा नजिक निशाना जसले लगाउन सक्यो उसैलाई बिजयी घोषणा गरिएको थियो । बिजयी हुनेहरुमा पुरुषतर्फ “कृष्ण पाण्डे -प्रथम र बिष्णु राई -दित्तिय” थिए भनें महिलातर्फ मजदुर सँघकी सचिव तारा पौडेल -प्रथम र लक्ष्मी नेपाल -दित्तिय हुनु भएको थियो । दोश्रो खेल: नेपाली परम्परा बोकेको छेलो हान्ने थियो । २०~२५ जना बलिष्ट प्रतिश्पर्धिहरुले सहभागीता जनाएको छेलो हान्ने खेलमा MESC का सल्लाहाकार एवं अल्घानिम सेक्युरिटी ग्रुपका सुपरभाईजर कुमार श्रेष्ठले १२ मिटरको दुरीमा हान्दै प्रथम स्थान कब्जा गर्नुभयो भयो भने अल्घानिम सेक्युरिटी ग्रुपकै एड्मिन कलर्क एवं MESC का सुरक्षा बिभाग उप-प्रमुख जितेन थिङ्ले ११.५ मिटर छेलो हानेर दोश्रो स्थान हाँसिल गर्नुभएको थियो । सबै बिजयी प्रतिश्पर्धीहरुलाई प्रमुख अतिथि श्री पुष्पराज भट्टराईको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी, संगितमा पाहुनाहरुको साथमा आयोजक समेत कम्मर भाँचेर नाचेको देखी वरिपरी रहेका बिदेशी नागरिकहरु ताली पिट्दै हेरेको देखिन्थ्यो भने केही कुवेती युवा-युवतीहरु खुशी हुँदै मञ्चमै प्रवेश गरेर साथै नाचे भने केहीले उक्त रमणिय दृश्य आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्थे । सोही क्रममा उनिहरुले एउटा अरबिक गीत बजाइ दिन अनुरोध गरेकाले आयोजकले अरबिक पप गीत पनि बजाई दिएर खुशी तुल्याएको थियो ।

यस्तै नृत्य गरेर नथाक्ने सहचारी भुवन पौडेलले लगातार आफ्नो नृत्य प्रस्तुत गरेर सबैलाई हसाँउँन सफल हुनुभयो भने मञ्चमा पुगेर बारम्बार नाच्न कसिने मजदुर सँघका अध्यक्ष टेन्डुप शेर्पाका २ बर्षिय छोरा डेबिट शेर्पालाई पनि प्रमुख अतिथिको हातबाट पुरस्कार दिई सम्मान गरियो । सम्मानकै क्रममा क्लवले नेपालकुवेत डटकमका डिजाईनर सुसन गौतमलाई यस बर्षको मायाको चिनो प्रदान गर्दै सम्मान गर्‍यो । स्मरण रहोस्, गत बर्षको मायाको चिनो वर्तमान क्लव अध्यक्ष धर्मराज गिरी तथा शिला गिरी दम्पतिलाई प्रदान गरिएको थियो । यसरी नै युएई एक्सचेन्जले मायाको चिनो दिदै कलबका सह-सचिव तथा बनभोज खेल संयोजक राजु गुरुङ्लाई सम्मान गरेको छ ।

बिहानीको जलपान र चिया-कफी सहित ओपन बुफे भोजनको व्यवस्था गरिएको बनभोजमा सरिक अधिकांश पाहुनाहरु नाचगान र खेलकुदसँगै समुन्द्रको शितल पानीमा वोट र स्कुटर कुदाउँदै रमाएको दृश्यले क्लवले आयोजना गरेको “चौंथो वार्षिक बनभोज-२०६८” पूर्ण रुपमा सफल भएको अनुमान गर्न सकिन्छ । यद्दपि, अधिकांश नेपाली संस्थाका प्रतिनिधिहरु, दुतावास र बिशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेपनि समयसँगै परिवर्तित नेपाली समाज र सोही रफ्तारमा उदाएका अन्य नेपाली सँघ-संस्थाहरुको बढ्दो गतिविधिले गर्दा बिगतका बर्षहरुको तुलनामा यस बर्षको बनभोजमा अपेक्षित नेपालीहरुको उपस्थिती भने नरहेको आयोजकले बताएको छ ।

नेपाली दूतावासका दित्तिय सचिव पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता रहेको बनभोज कार्यक्रमको अन्य अतिथिहरुमा: भुवन पौडेल सहचारी, मित्र सिंजाली बरिष्ट सल्लाहाकार MESC, खोप गुरुङ सल्लाहाकार MESC, यादब श्रेष्ठ सल्लाहाकार MESC, कुमार श्रेष्ठ सल्लाहाकार MESC, राज कुमार थापा उपाध्यक्ष NRNA, रेन्जिथ पिल्लाई बि.डि.एम UAE Exchange, राम बस्नेत कर्मचारी UAE Exchange, ठाकुर पौडेल उपाध्यक्ष जन-जाग्रिती युवा समाज, बम पुलामी अध्यक्ष मेनपावर एसोसियसन, अर्जुन बस्नेत संवाददाता नेपालकुवेत डट कम, अमर गुरुङ अध्यक्ष तमू समाज, नबराज श्रेष्ठ अध्यक्ष नेवा: गुठी, राजु खड्का अध्यक्ष नेपाली जन-सम्पर्क समिति, कुमार झापाली अध्यक्ष जन-प्रगतिशिल मञ्च, टेन्डुप शेर्पा अध्यक्ष मजदुर सँघ, टिकाराम आचार्य अध्यक्ष नेपालकुवेत साँस्कृतिक मञ्च, बि.बी मल्ल ठकुरी अध्यक्ष लालीगुराँस साँस्कृतिक परिवार, कल्याण श्रेष्ठ उपाध्यक्ष मेनपावर एसोसियसन, महेन्द्र राई अध्यक्ष खोटाङ्कुवेत सम्पर्क मञ्च, श्याम लामा मेनपावर एसोसियसन, राम तामाङ् सदस्य मेनपावर एसोसियसन, अमर तिवारी म्यानेजिङ्ग डाईरेक्टर ग्लोबल इन्टरनेशनल काठमाण्डौ, मिना शेर्पा मेनपावर एसोसियसन, पिंकी गुरुङ् मेनपावर एसोसियसन लगायत बिभिन्न क्षेत्रबाट पाल्नु भएका बुद्दिजिबी वर्गहरु हुनुहुन्थ्यो ।

यस बर्षको बनभोजमा मनोरञ्जनका साथै पर्बत जिल्ला रानीपानी गाबिसका एकैघरका ५ अपांग बालिकाहरुको सहयोगार्थ केही समाजसेवी व्यक्तित्वहरुको सकृयातामा राम्रो रकम समेत संकलन भएको छ । यो अभियान जन-प्रगतिशिल मञ्चका अध्यक्ष ध्रुब कुमार सङ्ग्रौला(कुमार झापाली) को संयोजकत्वमा यस वर्षको दशैंको टिका ग्रहण तथा दक्षिणा संकलन कार्यक्रम सम्पन्न गरेर चालिएको हो भनें जसमा टेन्डुप शेर्पा, टिकाराम आचार्य, ईन्द्र भूषाल र डम्बर रिमाल लगायत सरिक हुनुहुन्छ । यस ’boutमा विस्तृत विवरण सहितको समाचार पुन प्रकाशित गरिने छ ।

बनभोज समारोहका प्रमुख झलकहरु:

6 responses to “कुवेतको ग्रिन आईल्याण्डमा बनभोज कार्यक्रम-२०६८ भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

  1. Ramailo garnu bhayechaa khusi lagyo !!!! thanks jay sir news ko lagi

  2. oh so nice pic haru khiche chhau bhai tar dhanna mero pani photo niskena chha really nice pic chha

  3. Oh Netra Bro. Tapai ta jhan 1st pic mai hunu hunchha ni hau… Aafailai dekhnu bhayena ki kya ho ???

  4. बनभोज कार्यक्रममा हाम्रो निमन्त्रनालाई स्विकार गर्दै पाल्नुहुने सम्पूर्ण नेपाली सङ्सस्था र सम्पूर्ण नेपालीहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । बिगतमा झै भबिस्यमा पनि हाम्रो अभियान जारी रहनेछ सम्पूर्ण नेपालीहरुको सुख र दु:खमा साथ दिनको लागि ।

  5. It was great venture where all Nepalese were in a place to have fun/pleasure. From the representation of Nepal Embassy, Manpower Association, Cultural Groups, Forum of Labour, other agencies and union, sport clubs and so many individual professional are being cheers in Green Island-Kuwait, I appreciated to all and specially thanks to Mr. Jay Ale who give me an opportunity to participate in this event. I would like to thank to Mr. Raj Kumar Thapa, V. President of NRN-Kuwait and would like to give thanks to Mr. Netra Pangani Executive Member of MESC.
    It was really great fun, nice food, excellent dances and specially a platform to meet and introduction each-other , to share and to discuss fourm, to present skilled/art etc… etc…, I enjoyed, I believed all enjoyed,…. CHEERS!!!!!!!!!

  6. ईन्द्र भूषाल

    Thank you Amar Tiwari ji for your nice comment. We hope we will have chance to see you again in MESC’s further events.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.