हुनमानढोकामा बेस्सरी जंगिए राजेश हमाल (भिडियो सहित)


काठमाण्डौ । तीन सन्तानकी आमाले आफुलाई पति दावी गरेपछि तनावमा परेका राजेश हमाल प्रहरी बोलाबटपछि बुधबार अपरान्ह काठमाण्डौ प्रहरी कार्यालय हनुमानढोका पुगे । फिल्मभन्दा बाहिर कहिल्यै पनि त्यस्तो क्रोधित मुद्रामा नदेखिएका हमाल हनुमानढोकामा नराम्रोसँग जंगिए, आफुलाई पत्नी दावी गर्ने बालकुमारीसँग ।

हमाल हनुमानढोको मुद्दा शाखामा पुग्दा पत्नी दावी गर्ने वालकुमारी अधिकारी सोफामा बसीरहेकी थिईन् । हमाल छिर्ने वित्तिकै वालकुमारी पनि उठिन् । ‘उहाँलाई टाढै राख्नुहोस’ भन्दै हमाल एक्कासि जङ्गिए । तपाईले के गर्न खोज्नु भएको यो ? हमालले आफ्नो आक्रोश पोखे वालकुमारी माथी । वालकुमारीले हमाललाई एक घन्टा समय दिनु, तपाई र म गोप्य ठाउँमा भेटेर कुरा गरौ न भन्दै आग्रह गरिन् । तर, हमालले यो आग्रहलाई मान्ने कुरै थिएन । हमाल केही समय जङ्गिएपछि प्रहरीले उनलाई अर्को कोठामा लग्यो ।

प्रहरीसँगको लामो छलफलपछि हमाल वाहिर निस्किए । ‘अव यो कुरालाई म के भन्नु ? बाहिरिदै गर्दा हमालले संचारकर्मीसँग भने- उहाँ मानसिक सन्तुलन कमजोर भएको महिला हुनुहुन्छ भन्ने पुष्टि भैसक्यो, मैले आफ्नो सुरक्षाको माग गरें ।’

वालकुमारीका भाईलाई ‘सहयोग गरीदिनु भएकोमा धन्यवाद’ भनेका हमालले आफूले वालकुमारीको विरुद्ध कुनै कदम नचाल्ने वताए । उनले भने- ’म उहाँको स्वास्थ्य लाभको कामना गर्दछु । मैले उहाँप्रति कुनै पुर्वाग्रही राखेको छैन । हनुमानढोकावाट निस्कने वेला एक महिला फ्यानलाई हमालले भनेका थिए-’ सवै कुरा वन्नुहोस् तर चलचित्रको नायक चै नभन्नुहोस् है ।’ सेलिब्रेटी हुँदा प्राप्त सित्तैको बेइज्यतीप्रति हमालले कुण्ठा पोखे ।

‘बालकुमारी मानसिक रोगी’
राजेश हमाललाई आफ्नो श्रीमान् दावी गर्ने प्रहरी हवल्दार वालकुमारी अधिकारी मानसिक रोगी भएको उनका भाईले बताएका छन् । दिदी हनुमानढोका पुगेको थाहा पाएपछि चितवनबाट काठमाण्डौं आएका उनका भाई ढाकाराम अधिकारीले दिदी मानसिक रुपमा कमजोर रहेको र विगत २ वर्षदेखि औषधी खाईरहेको वताएका छन् ।

नेपाल प्रहरी अस्पतालमा अहिले उनको उपचार भईरहेको छ । भाई ढाकारामले उनको उपचारका सम्पूर्ण कागजपत्र प्रहरीलाई वुझाएका थिए । उनका श्रीमान् कृष्णवहादुर राना पनि प्रहरी पेशामा नै कार्यरत रहेका छन् । कृष्ण र वालकुमारीको विहे भएको १० वर्ष भएको छ । वालकुमारी १७ वर्षदेखि प्रहरीमा कार्यरत रहेकी छिन् । दुई बर्षदेखि बिरामी उनले औषधी खान छोडेकाले पनि अहिले उनको रोग बल्झिएको भाइले बताए । चितवनवाट भागेर काठमाण्डौ आएकी बालकुमारीले हनुमानढोका पुगेर हमालविरुद्ध उजुरी हालेकी थिईन् । आइतवारदेखि सुरु भएको हमालको बिहे चर्चा मानसिक रोगीको लहडमात्रै भएको पुष्टी हुँदै अन्त्य भएको छ ।

हेर्नुहोस् भिडियो…

Posted by: Jay Ale                                         Source: Onlinekhabar

One response to “हुनमानढोकामा बेस्सरी जंगिए राजेश हमाल (भिडियो सहित)

  1. LONG LIVE RAJESH HAMAL

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.