थाइल्यान्डको बाढीले नेपालीको उद्योग डुबानमा


– सुरेन्द्र पौडेल

तीन महिनादेखिको निरन्तर वर्षाका कारण थाइल्यान्डमा आएको बाढीले एक नेपालीको खाद्य सामग्री उद्योग डुबानमा परेको छ।  नेपाली उद्योगी हरि थापाद्वारा नङ्थपुरीमा सञ्चालित खाद्य सामाग्री उद्योग डुबानमा परेको हो। बाढीले उद्योगमा ५ करोड थाई भाट (झन्डै १२ करोड रुपैयाँ) बराबर नोक्सान भएको थापाले जानकारी दिए।

‘उद्योगमा रहेका सम्पूर्ण उपकरण, सामग्री र गाडीमा क्षति पुगेको छ,’ थापाले भने, ‘उद्योग रहेको भवनको दुई तलासम्म डुबाएको छ। पानी सुक्न कम्तीमा अझै डेढ महिना लाग्छ।’

उद्योगले खाद्य सामाग्री उत्पादन गर्नुका साथै खाद्य अनुसन्धान तथा विकासका क्षेत्रमा अध्ययन गर्दै आएको थियो। अर्थप्रशोधित खाद्य सामग्री उत्पादन गरेर थाइल्यान्डका ठूला कम्पनीलाई उपलब्ध गराउँदै आएको थापाले बताए।

त्यस्तै, थाइल्यान्डस्थित एसियाको चर्चित कलेज एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) पनि डुबानमा परेपछि त्यहाँ अध्ययनरत ३९ नेपाली विद्यार्थीलाई केही दिनअघि कलेजले बसमा राखेर दूतावास पठाएको बैंककस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डोरनाथ अर्यालले बताए। उनका अनुसार तीमध्ये सबैजसो केही दिन बैंकक बसेर नेपाल फर्किसकेका छन्।

थाइल्यान्ड सरकारले कात्तिक २९ सम्मलाई सम्पूर्ण विद्यालय तथा कलेज बन्दको घोषणा गरेको छ। अर्यालका अनुसार एआइटीमा काम गर्ने पाँच नेपाली कामदारका परिवार बैंकक सरेर सुरक्षित स्थानमा बसिरहेका छन्।

नेपाली दूतावास ‘असुरक्षित क्षेत्रमा’

राजधानी बैंककको भित्री भाग पनि असुरक्षित बनेपछि नेपाली दूतावासले आफ्ना महत्वोपूर्ण कागजपत्र र बहुमूल्य उपकरण सुरक्षित स्थानमा सारेको छ।

थाइल्यान्ड सरकारले मध्य बैंककलाई ‘असुरक्षित’ घोषणा गर्दै महत्वोपूर्ण वस्तु एक मिटरभन्दा होचो स्थानमा नराख्न’ नेपाली दूतावासलाई पत्राचार गरेपछि सुरक्षित स्थानको खोजी गरिएको दूतावासका अर्यालले जानकारी दिए।

‘नेपाली दूतावासभन्दा डेढ किलोमिटर परसम्म बाढी आइसकेको छ,’ अर्यालले भने, ‘थाइल्यान्ड सरकारले दूतावासलाई कात्तिक २६ सम्म उच्च सतर्क अवस्थामा रहनू भनेको छ।’

बैंककको सुकम्बित-७१ स्थित नेपाली दूतावास भवन एक तलाको मात्र भएकाले महत्वोपूर्ण कागजात तथा उपकरण त्यही कम्पाउन्डभित्र राजदूत नवीनप्रकाश जंग शाह बस्ने घरको पहिलो तलामा सारिएको छ। दूतावासका दैनिक काममा भने असर नपरेको अर्यालले बताए।

‘दिनमा औसत तीन सयजना भिसाका लागि दूतावास आउने गर्छन्,’ उनले भने, ‘काम रोकेका छैनौं।’ दूतावासमा गाडी राख्ने सुरक्षित ठाउँ नहुँदा चारवटा गाडी केही पर सुरक्षित पार्किङ स्थलको पहिलो तलामा राखिएको पनि उनले बताए। बाढीले थाइल्यान्डका पाँच भागको एक भाग डुबानमा परेको छ भने ४ सय ३७ जनाको ज्यान गइसकेको छ। दूतावासका अनुसार हालसम्म कोही नेपाली हताहत भएका छैनन्।

दूतावाससम्म बाढी आइपुगे कम्तीमा २० दिनसम्म डुबानमा पर्ने उनको अनुमान छ। अर्यालका अनुसार बैंककको सुकम्बित ४८ र ५० क्षेत्र डुबानमा परेको छ। दूतावास रहेको स्थानतिर बाँध बाँधी बाढी छेकिएको छ। दूतावास नजिक हुँदै ठूलो खोला बगेको छ। वर्षाले नदीको सतह भरिएर पानी बाहिर निस्के दूतावास डुबानमा पर्ने उनले बताए।

‘अहिलेसम्म बाँध चुहिएको छैन, पानी नदीको सतहबाट बाहिर निस्केको पनि छैन,’ अर्यालले भने। एक साता वर्षा रोकिए खतरा टर्ने उनले जानकारी दिए।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.