कुवेतमा कोसेली बचाउ च्यारिटी कल्चरल शो हुने


जय आले, कुवेत

कुवेतबाट प्रकाशित एक मात्र नेपाली छापा पत्रिका ‘मरुभूमिको कोसेली त्रैमासिक’ को संरक्षण गर्न कुवेतमा यहि आगामी ०९ डिसेम्बर २०११ का दिन, कोसेली परिवारको आयोजना र नेपालकुवेत साँस्कृतिक मञ्चको सकृयतामा “कोसेली बचाउ च्यारिटी कल्चरल शो” प्रस्तुत हुन गईरहेको जानकारी प्राप्त भएको छ । 

इन्टरनेटको सुविधाबाट बञ्चित कुवेतमा कार्यरत नेपालीहरुको लागि सूचना र सञ्चारको क्षेत्रमा एउटा भरपर्दो माध्यम बनेको र आफ्नो छैटौं संस्करण पुरा गरिसकेको यो त्रैमासिक पत्रिकालाई निरन्तरता दिन र प्रकाशन स्तरमा थप वृदि गर्न यो च्यारिटी कल्चरल शो गर्न लागिएको सम्बन्धित श्रोतले खुलाएको छ, भने सम्भव भएसम्म भविष्यमा यसलाई मासिक रुपमा सञ्चालन गर्ने कोसेली परिवारको संकल्प रहेको छ ।

खासगरी, नेपालदेखी केही ख्यातिप्राप्त कलाकारहरु ल्याएर प्रस्तुत गर्ने भनिएको उक्त कल्चरल च्यारिटी ‘शो’ प्राविधिक कारणवश तोकिएको समयमा कलाकारहरु ल्याउन कठिनाई भएकोले कोसेली बचाउ अभियान समितिले निर्णय फेरबदल गर्दै स्थानिय नेपाली कलाकारहरुबाटै बेजोड प्रस्तुति दिने कार्यक्रम तय गरेको बताईएको छ भनें जसका लागि नेपालकुवेत साँस्कृतिक मञ्चका कलाकारहरु रिहर्सलमा लागिसकेको पनि समितिले जनाएको छ ।

कुवेतनेपाल डट कम “कोसेली बचाउ च्यारिटी कल्चरल शो” पूर्ण सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्दछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.