Daily Archives: 10/11/2011

हुनमानढोकामा बेस्सरी जंगिए राजेश हमाल (भिडियो सहित)


काठमाण्डौ । तीन सन्तानकी आमाले आफुलाई पति दावी गरेपछि तनावमा परेका राजेश हमाल प्रहरी बोलाबटपछि बुधबार अपरान्ह काठमाण्डौ प्रहरी कार्यालय हनुमानढोका पुगे । फिल्मभन्दा बाहिर कहिल्यै पनि त्यस्तो क्रोधित मुद्रामा नदेखिएका हमाल हनुमानढोकामा नराम्रोसँग जंगिए, आफुलाई पत्नी दावी गर्ने बालकुमारीसँग ।

हमाल हनुमानढोको मुद्दा शाखामा पुग्दा पत्नी दावी गर्ने वालकुमारी अधिकारी सोफामा बसीरहेकी थिईन् । हमाल छिर्ने वित्तिकै वालकुमारी पनि उठिन् । ‘उहाँलाई टाढै राख्नुहोस’ भन्दै हमाल एक्कासि जङ्गिए । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा कोसेली बचाउ च्यारिटी कल्चरल शो हुने


जय आले, कुवेत

कुवेतबाट प्रकाशित एक मात्र नेपाली छापा पत्रिका ‘मरुभूमिको कोसेली त्रैमासिक’ को संरक्षण गर्न कुवेतमा यहि आगामी ०९ डिसेम्बर २०११ का दिन, कोसेली परिवारको आयोजना र नेपालकुवेत साँस्कृतिक मञ्चको सकृयतामा “कोसेली बचाउ च्यारिटी कल्चरल शो” प्रस्तुत हुन गईरहेको जानकारी प्राप्त भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

रेगिस्तानको पिडा !!


जानकी ‘जानु’ कुवेत
jb_janu@yahoo.com


के नै पाएं मरुभूमिमा घृणा बाहेक अरु
आफ्नो भन्ने साथमा छैनन घेर्छन बैरीहरु

दु:ख लाग्छ सम्झिंदा नी यो जिन्दगी देख्दा
तड्पिन्छ मन रेगिस्तानमा हिंसा सहि बस्दा पढ्नेक्रम जारी राख्नुहोस्

थाइल्यान्डको बाढीले नेपालीको उद्योग डुबानमा


– सुरेन्द्र पौडेल

तीन महिनादेखिको निरन्तर वर्षाका कारण थाइल्यान्डमा आएको बाढीले एक नेपालीको खाद्य सामग्री उद्योग डुबानमा परेको छ।  नेपाली उद्योगी हरि थापाद्वारा नङ्थपुरीमा सञ्चालित खाद्य सामाग्री उद्योग डुबानमा परेको हो। बाढीले उद्योगमा ५ करोड थाई भाट (झन्डै १२ करोड रुपैयाँ) बराबर नोक्सान भएको थापाले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा उडुस, साङ्ला र मुसाको आतङ्क


– मञ्जु निरौला 

अहिले नेपालका सञ्चार माध्यममा कि त मुसाको चर्चा छ, कि त गुदपाक भण्डार र मिठाइ पसलेको कर्तुतको छ । उहिले ‘पाइपर’ को कथा पढेर बाँसुरीबादकले सबै मुसा समुद्रमा लगेर डुबाएको कथा पढेकी थिएँ । मुसो नभएको ठाउँ पो कहाँ छ र ? गणपतिका बाहन जता पनि शयरशयलमा पुगी उपद्रव मच्चाउँछन् । दूलो पार्नमा माहिर, खेत-खलिहान, घर-दैलो, करेसाबारी, झुप्रो, दरबार, महल जहाँ पनि उसलाई खुल्ला विचरण गर्न स्वतन्त्रता छ । पढ्नेक्रम जारी राख्नुहोस्