Daily Archives: 09/11/2011

साउदीमा हेल्प नेपालको आयोजना सांगितिक कार्यक्रम भब्य रुपमा सम्पन्न


कृष्ण थापामगर, साउदी अरब

हेल्प नेपाल साउदी अरब च्याप्टरको आयोजनामा रियादस्थित होटल मेरिडहलमा नेपाली साँस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ । कार्यक्रमको अतिथि कलाकारको रुपमा नेपालदेखी आउनु भएका नेपालका चर्चित गायक रामचन्द्र काफ्ले र गायिका अन्जु पन्तले दुई चरणमा आफ्ना चर्चित गितहरु गाएर साउदीवासी नेपालीहरुलाई नेपाली संगितमा झुम्न र नाच्न वाध्य मात्र पारेनन् तालि र पैसाको  थुप्रोले स्वागत समेत बटुल्न सफल भए । पढ्नेक्रम जारी राख्नुहोस्

भेनुजुएलाकी इभियानले जितिन मिस वर्ल्ड २०११ को ताज (फोटो फिचरसहित)


लन्डनमा ०७ नोभेम्बरमा गरिएको मिस वर्ल्ड-२०११ प्रतियोगितामा भेनुजुएलाकी सुन्दरी इभियान सार्कोसले मिस वर्ल्ड २०११ को ताज पहिरेकी छिन् । हीराजडित गुलाबी पहिरन लगाएकी २२ वर्षीया सार्कोसले आफूलाई मिस वर्ल्ड घोषणा गरिँदा पहिला अचम्म मानिन्, त्यसपछि आफ्ना हातले मुख छोपिन् । “म यति खुसी भएँ कि म चिच्याउन चाहन्थेँ, रुन चाहन्थेँ, हलचल नगरी उभिन चाहन्थेँ र मुस्कुराउन चाहन्थेँ, यति धेरै भावना मनमा पलायो”, उनले भनिन् । पढ्नेक्रम जारी राख्नुहोस्

राजेश हमाल बयान दिन हनुमानढोका पुगे


२३ कात्तिक । नेपाली सिने जगतका चर्चित अभिनेता राजेश हमाल बयानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा उपश्थित भएका छन् । आफू राजेशकी पत्नी भएको दाबी गर्दै एक महिलाले आइतबार हनुमानढोकामा उजुरी दिएपछि त्यस’bout बुझ्न प्रहरीले उनलाई बोलाएको हो । ‘घटनाको यथार्थ पत्ता लगाउन राजेशलाई बोलाइएको हो, परिसर प्रमुख राजेन्द्र श्रेष्ठले भन्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

संसार मधुरो छ !!


चुगेन्द्र ताम्ली, साउदी अरब


मेरो सामु नआउ तिमि मेरो हातमा छुरी छ
यसलाई मैले चलाउन मेरो मजबुरी छ
पढ़नेबेला मेरो आफ्नो घर ब्यबहार लुलो भो
आज मलाई कलम भन्दा तरवार नै ठुलो भो पढ्नेक्रम जारी राख्नुहोस्

बालोटेलीको सम्बन्ध पोर्न स्टारसँग


म्यानचेस्टरको एक होटलमा फोटोसेसन गराएर र्फकने वेला बालोटेलीले पोर्न स्टार हली रसनलाई कार पार्किङमा चुम्बन तथा अंकमाल गरेको तस्बिरसमेत सार्वजनिक भएका छन् लन्डन/ चेस्टर सिटीका स्ट्राइकर मारियो बालोटेलीले आफ्नी प्रेमिका मोडलिङका लागि इटाली गएका वेला नग्न चलचित्रकी एक नायिकासँग सम्बन्ध राखेको खुलासा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मान्छे (गजल)


मनोज काफ्ले ‘मनसुन’


एकरात काट्न आवास खोजिरहेछ मान्छे‎
आफ्नै मृत्युको सन्त्रास खोजिरहेछ मान्छे

गृष्ममा पोलिएर रेगिस्थानमा छोडिएर उ
यहाँ धनीको आसपास खोजिरहेछ मान्छे पढ्नेक्रम जारी राख्नुहोस्

सम्पत्तिको स्रोत खुलाउन नसके ‘जरिवानासहित जफत’


धेरै रकम साथमा राख्दा होस पुर्‍याउनुस् है । एकातिर चोरी/डकैती हुने डर त छँदै छ, अर्कातिर रकमको स्रोत खुलाउन नसके सरकारले जफत गरी जरिवाना समेत तिराउन सक्छ ।हालै यस्तै एक घटना भएको छ । साथमा रहेको रकमको स्रोत खुलाउन नसकेकै अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुई भारतीय तथा एक चिनियाँ नागरिक माथि मुद्दा चलाएको छ । स्रोत खुल्न नसकेको जुनसुकै चलअचल कानुनको दायरामा पर्ने पढ्नेक्रम जारी राख्नुहोस्

“मेरी जस्ती श्रीमती कसैकी नहोस्” – सुसाइड नोट…


श्रीमतीले पीसाब खुवाउँथिन् ।
                         श्रीमतीको गाली बेइज्जती सहन सकिँन ।
‘मेरा हातहरु काप्न थाले, मेरो गुनासो यति नै’ मर्नु अघि सात पेज लामो सुसाइट नोटको अन्त्यमा यति लेखेर सुनसरी हासपोसाका एक व्यक्तिले जीवन लिला समाप्त गरेका छन् । सप्तकोशीमा हामफालेर आत्महत्या गर्नु अघि आफ्ना छोरा छोरीहरुलाई सम्झर्दै उनले लेखे, ‘मेरा ससाना बच्चाहरु छन् तिनिहरुको भविश्य उज्वल पार्ने प्रण गरेको थिए, तर सफल हुन सकिँन’ । पढ्नेक्रम जारी राख्नुहोस्