सुशीलका सत्र भाइ


०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री भएपछि उनको कार्यशैली’bout नेपाली कांग्रेसभित्र एउटा विम्ब प्रयोग गरिन्थ्यो, ‘गिरिजाबाबुलाई तीन दाह्री र तीन साडीले बिगार्ने भए ।’ तीन साडीमा विम्बित थिए, शैलजा आचार्य, नोना कोइराला र सुजाता कोइराला । त्यसैगरी तीन दाह्रीका पात्र थिए, वीरेन्द्र दाहाल, मोहन चापागाइ र सुशील कोइराला ।

गिरिजाप्रसाद प्रधानमन्त्री र पार्टी सभापति दुवै जिम्मेवारीमा हुँदाका तेस्रा दाह्री सुशीलका पछाडि एउटा झुन्ड हुने गर्थ्यो । गिरिजाप्रसादबाट आफ्ना माग पूरा गराउन सुशीलले उक्त झुन्डको उपयोग गर्थे । स्वयं गिरिजाप्रसादले सुशीलप्रति बफादार त्यस झुन्डलाई  ‘सुशीलका सत्र भाइ’ भन्थे । विनयध्वज चन्ददेखि सुनीलकुमार भण्डारी, कुलबहादुर गुरुङ देखि तारणिदत्त चटौतलगायतका १७ कांग्रेसी नेताहरूलाई त्यतिबेला ‘सुशीलकासत्र भाइ’ भनिन्थ्यो। रमाइलो त के भने, ती सत्र भाइमध्ये अधिकांशले हाल पार्टी सभापति रहेका सुशीलको साथ छोडिसके। कसैले पार्टी नै छाडे, कोहीले पार्टीका वरिष्ट नेता शेरबहादुर देउवाको क्याम्पतिर लाग्नुमै आफ्नो भविष्य सुरक्षित ठाने। कोही न यता न उताका भएर राजनीतिक निष्त्रिmयता अपनाउन बाध्य भए। तर, पार्टी सभापति सुशीलले पात्र  परविर्तन गरेरै भए पनि आफ्ना पछाडि ‘सत्र भाइ’को लर्को लगाउन छाडेका छैनन्। तिनै सत्र भाइको सल्लाह र चाहनामा सभापति कोइराला संविधान निर्माणपछि बन्ने चुनावी सरकारको नेतृत्व लिन इच्छुक देखिएका छन्।

पार्टी सभापति परमिार्जित सत्र भाइमध्येका प्रमुख पात्र हुन्, सशांक कोइराला। पछिल्लो समय कांग्रेसभित्र सबैभन्दा शक्तिशाली व्यक्ति कोही हो भने ती बीपी कोइरालाका कान्छा छोरा सशांक नै हुन्। कोइराला परिवारको ‘लिगेसी’, त्यो पनि बीपीका सन्तान भएकाले पार्टीभित्र हुनसक्ने उनको स्वीकारोक्तिलाई स्वयं सुशीलले पनि बुझेका छन्। त्यसैले सशांकसँग सुशीलको पारिवारिक र भावनात्मक मात्र होइन, राजनीतिक सम्बन्ध पनि छ। सुशीलको मनसाय पनि आफूपछि कांग्रेसको नेतृत्व सशांकले लिनुपर्छ भन्ने नै हो।  सुशीलले लिने हरेक राजनीतिक निर्णयका अन्तिम सल्लाहकार पनि सशांक नै हुन्। उनको संकेतबिना सुशीलले कुनै निर्णय लिँदैनन्। सुशीलले लिइसकेको निर्णयमा सशांकले आपत्ति पनि गर्दैनन्। बरु रक्षाकवचका रूपमा आफूलाई प्रस्तुत गर्छन्। बनारस बस्दा सशांकको बाल्यकाललाई मलजल गर्ने जिम्मेवारी बीपीले सुशीललाई नै दिएका थिए। सुशीलको लगाव पनि बीपी परिवारसँग नै बढी हो। बीपीका अन्य दुई पुत्रहरू श्रीहर्ष र प्रकाश कांग्रेसमा नभएकाले पनि बीपी परिवारको विरासत सशांकले बोक्ने  अवसर पाएका हुन्। जेठा दाजु प्रकाश कांग्रेस राजनीतिमा हुँदा सशांक चिकित्सा पेसामा मात्र सक्रिय थिए। उनी राजनीतिबाट टाढै थिए। गिरिजाप्रसाद पार्टी सभापति हुँदा सुशीलले जुन शैलीमा कोठे राजनीति गर्थे, अहिले ठ्याक्कै त्यही शैली सशांकले अपनाएका  छन्। सुशीलले कार्यकर्ताहरूसँग भेट्ने जिम्मेवारी पछिल्लो समय सशांकलाई दिएका छन्। यसैले, कांग्रेसभित्र अहिले भनिन्छ, सुशीलको बैठकमा छिर्नु पहिले सशांकको घरको ढोका ढक्ढक्याउनुपर्छ। सुशील कोटरीकी अर्की पात्र हुन्, भतिजी सुजाता कोइराला।

गिरिजाप्रसादकी छोरी सुजातालाई राजनीतिमा अघि बढाउनुपर्ने जिम्मेवारी लिएका छन्, पार्टी सभापति सुशीलले। भनिन्छ, गिरिजाप्रसादले आफ्नो निधनअघि सुजातालाई संरक्षण गरेर अघि बढाउन  सुशीलसँग आग्रह नै गरेका थिए। त्यसो त सुशीलले सुजाताबाट राजनीतिक सल्लाह लिन रुचाउँदैनन्। तर, सुशीललाई राजनीतिक सल्लाह दिन उनी आफै अग्रसर हुन्छिन्। पछिल्लो समय पार्टी सञ्चालनका लागि पार्टी सभापतिले असीमित अधिकार पाउनुपर्छ भन्ने  उनको भनाइ छ। सत्ता, शक्ति र आर्थिक स्रोत जुटाउन हाल देउवा गुटमा रहेका खुमबहादुर खड्काभन्दा अगाडि रहेकै कारण सुजाता सुशीलको ‘किचेन क्याबिनेट’भित्र पर्न सफल भएकी हुन्। सत्र भाइमध्येका अर्का महत्त्वपूर्ण पात्र हुन्, दिलबहादुर घर्ती। घर्ती सत्र भाइको वृत्तका त्यस्ता पात्र हुन्, जो निरन्तर सुशीलको साथमा छन्। हाल कांग्रेस केन्द्रीय समितिमा मनोनीत लमजुङका घर्ती पार्टी प्रतिबन्धित हुँदा नेपाल विद्यार्थी संघका महामन्त्री थिए।  गिरिजाप्रसाद कोइरालाका भान्जीज्वाइँ घर्तीले शैलजा आचार्यकी बहिनीसँग विवाह गरेका छन्। प्रतिकूल अवस्थामा प्रजातन्त्रका लागि संघर्ष गरेका व्यक्ति भए पनि जनाधार र कमजोर क्षमताका कारण उनलाई गिरिजाप्रसादले कहिल्यै मन पराएनन्। तर पनि उनी गिरिजाप्रसाद कोइराला पार्टी सभापति भएदेखि नै सुशीलकै करबलमा केन्द्रीय सदस्य मनोनीत हुन सफल भए।

पछिल्लो समय राजनीतिक निर्णय लिँदा सुशीलले छलफल गर्ने भित्रियामध्येका एक हुन्, घर्ती। अर्का पात्र हुन्, संखुवासभाका गोपाल पहाडी, जो पार्टी सभापति सुशीलबाट केन्द्रीय समितिमा मनोनीत छन्। प्रजातान्त्रिक आन्दोलनमा यिनको संलग्नतालाई लिएर कसैले औंला उठाउन सक्दैन। कांग्रेसमा रहेर कठोर संघर्ष गरे पनि जनाधार कमजोर त छ नै, उनको क्षमतामाथि स्वयं गिरजिाप्रसादले पनि औंला उठाएका थिए। तर, घर्तीलाई जस्तै सुशीलले गिरिजाप्रसादसँग झगडा गरेरै भए पनि विगतमा केन्द्रीय समितिमा राखेका थिए। सुशीलले लिने राजनीतिक निर्णयमा पहाडीले पृष्ठपोषकको भूमिका निर्वाह गर्छन्। पञ्चायत पृष्ठभूमिका पद्मनारायण चौधरी ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेस प्रवेश गरेका हुन्। सिराहाका चौधरी कांग्रेस प्रवेश गरेदेखि नै सुशील निकट रहँदै आएका छन्। चौधरीलाई सुशीलले आफ्नो प्यानलबाट पार्टीको गत महाधिवेशनमा को षाध्यक्षको उम्मेदवार पनि बनाएका थिए। तर, देउवा क्याम्पबाट सोही पदमा उम्मेदवारी दिएकी चित्रलेखा यादवसँग उनी पराजित भए। समावेशी राजनीतिमा जातीय मुद्दा प्रबल भएर आउने भएकाले सुशीलले चौधरीलाई खास महत्त्व दिएका छन्। त्यसैले होला,  कोषाध्यक्षमा पराजित भए पनि केन्द्रीय समितिमा मनोनीत गरे उनलाई सुशीलले। सुशीलले पूर्वी तराईको कांग्रेस राजनीतिमा उनलाई महत्त्व दिने गरेका छन्। सत्र भाइमध्येका अर्का भाइ हुन्, आनन्द ढुंगाना। मुलुकमा लोकतन्त्र स्थापनाका लागि ढुंगाना परिवार नै होमिएको हो। सादगी, इमानदारी र लोकतन्त्रमाथि कांग्रेसका सहिदपुत्र ढुंगानाको आस्थाको सबैले सम्मान गर्छन्। सुरुमा कोइरालाविरोधी ३६ से समूहको प्रवक्ता  रहे पनि सबैभन्दा पहिले उक्त समूह छाडेर कोइराला गुटमा आउने ३६ से समूहका पहिलो सदस्य हुन्, ढुंगाना। जनकपुरका ढुंगाना महेन्द्रनारायण निधिको निधनपछि सुशीलसँग नजिक हुन थालेका हुन्। केन्द्रीय सदस्य ढुंगानालाई पछिल्लो समय संगठन विभाग  प्रमुख बनाउने प्रयत्नमा छन्, सुशील।

पञ्चायती पृष्ठभूमिकै फरमुल्लाह मन्सुर कांग्रेस प्रवेशदेखि नै सुशील निकट छन्। बाराका मुसलमान समुदायका यिनलाई सुशीलले नै अगाडि बढाएका हुन्। रौतहटमा कांग्रेसका बरिष्ट नेता शेख इदि्रसका भतिजा अफताब आलमलाई खुमबहादुर खड्काले अगाडि  बढाएपछि त्यसलाई चुनौती दिन सुशीलले मन्सुरलाई आफ्नो सत्र भाइको समूहमा राखेका हुन्। मन्सुर सुरुदेखि नै सुशीलका अति विश्वासिलामध्ये पर्छन्। उनी सुशीलकै सिफारसिमा विज्ञान तथा प्रविधिमन्त्री पनि बनाइएका थिए।

सुशीलका अर्का भाइ हुन्, मानबहादुर विश्वकर्मा। यिनका ’boutमा कांग्रेसभित्र एउटा भनाइ चर्चित छ, उनले जानीजानी सुशीलको शयनकक्षमा आफ्नो कोट छोड्ने गर्छन्। त्यसको कारण जान्न खोज्दा उनको जवाफ हुने गर्छ, ‘सुशील दाइलाई मेरो याद आओस्  भनेर कोट छोड्ने गरेको हुँ।’ ०४६ सालको जनआन्दोलनपछि मात्र कांग्रेस राजनीतिमा प्रवेश गरेका विश्वकर्मा कुनैबेला गणित विषयका शिक्षक थिए। ०३६ सालको विद्यार्थी आन्दोलनताका विश्वकर्मा अमृत साइन्स कलेज -अस्कल)मा होस्टेल वार्डेन थिए। कांग्रेस  प्रवेश गरेदेखि नै सुशील निकट रहेका यिनलाई पार्टी सभापति सुशील निकै विश्वासिला मान्छन्।

दार्चुलाका दिलेन्द्रप्रसाद बडू ०४६ सालको जनआन्दोलन प्रतिकार समितिमा थिए। नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख हुँदै बडूले सुशीलका भाइ अरुण  कोइराला र तारणिदत्त चटौतमार्फत सुशीलसँग सम्बन्ध बढाएका थिए। देउवाविरोधी भएकै कारण  सुशीलले सुदूरपश्चिममा आफ्नो खास ‘कार्ड’का रूपमा उनलाई आफ्नो भित्रिया बनाएका मात्र छैनन्, विगतमा मन्त्री पद पनि दिलाए। सुदूरपश्चिमको राजनीतिमा देउवाको प्रभाव कम गराउन सुशीललाई प्रमुख सल्लाह दिने मूल पात्र बडू कांग्रेस केन्द्रीय सदस्य  पनि हुन्।

नवलपरासीका कृष्णचन्द्र नेपाली सुशीलका सत्र भाइमध्येका अर्का पात्र हुन्। उनी तनहुँका कांग्रेसी नेता गोवर्द्धन पोखरेलका छोरा हुन्। तनहुँबाट बसाइँ सरेर नवलपरासी गएका उनी कांग्रेस राजनीतिमा सक्रिय भएदेखि नै कोइराला परिवारसँग निकट छन्।  नवलपरासीमा खुमबहादुर खड्काले देवेन्द्र कँडेललाई अघि बढाएपछि सुशीलले ‘काउन्टर’ दिन नेपालीलाई अघि सारेका हुन्। त्यसैले यी दुवैबीच नङ र मासुको सम्बन्ध बनेको हो।

यसैगरी सुशीलका अर्का भित्रिया र व्यक्तिगत सहयोगी हुन्, डिल्लीराज रेग्मी। पञ्चायती पृष्ठभूमिबाट कांग्रेस राजनीतिमा छिरेका यी सल्यानीले मध्यपश्चिममा खुमबहादुर र सुशीलबीच हुने राजनीतिक प्रतिस्पर्धामा सुरुदेखि नै सुशीललाई साथ दिँदै आएका छन्। सुशीलले रुचाएकैले होला, क्षमता र योग्यता कम भए पनि रेग्मी केन्द्रीय समितिमा मनोनीत भए।

नयाँ तीन भाइ
गणेशमान सिंहको राजनीतिक नर्सरीबाट हुर्किएका उनकै पुत्र प्रकाशमान सिंह कुनैबेला हालका पार्टी सभापति सुशीलबाट प्रताडित थिए। उनै सिंह पछिल्लो समय देउवा क्याम्प छाडेर कोइरालातिर आएका छन्। कोइराला क्याम्प प्रवेश गरेपछि सिंह देउवाको  पकडमा रहेका भ्रातृसंस्थाको निर्वाचित कार्यसमिति भंग गरेर उनलाई कमजोर र सुशीललाई बलियो बनाउने अभियानमा लागे।

निर्वाचित महामन्त्री सिंहले उपप्रधानमन्त्री हुन चाहँदा देउवाले सहयोग नगरी सुजातालाई सघाएपछि देउवाको साथ छाडेका हुन्। सुशील क्याम्पबाट गत वर्ष सम्पन्न १२औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बने र कुनैबेला एउटै गुटमा रहेर काम गरेका विमलेन्द्र निधिलाई पराजित गरे। पछिल्लो समय सुशीललाई मन्त्रणा दिनेमा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। विशेष गरी  पार्टीमा देउवाको उपस्थिति कमजोर गराउने महत्त्वपूर्ण रणनीतिकारमध्ये एक हुन् महामन्त्री सिंह।

कुनैबेला गिरिजाप्रसाद कोइरालाको मानमर्दन गर्ने भूमिकामा हुन्थे, बलबहादुर केसी। गणेशमान सिंहबाट राजनीतिक प्रशिक्षण पाएका उनै केसी पार्टी विभाजनमा देउवातिर लागे पनि पछिल्लो समय सुशीलका खास मान्छेमा रूपान्तरति भएका छन्। भ्रातृसंस्थाको जिम्मा पार्टी सभापति सुशीलले यिनकै काँधमा दिएका छन्। गिरिजाप्रसादका प्रखर विरोधी रहेर पनि दुईपटक नेविसंघको नेतृत्व लिइसकेका केसी कुनैबेला ३६ से समूहका लडाकू सदस्य हुन्। पछिल्लो समय भ्रातृसंस्थाको निर्वाचित कार्यसमिति भंग गर्ने ‘आर्किटे क्ट’मध्ये केसी पनि एक हुन्। भ्रातृसंस्था विवाद समाधान समितिमा पार्टी सभापति सुशीलले प्रकाशमानसँगै केसीलाई पनि नियुक्त गरेर देउवालाई कमजोर बनाउने प्रयत्न गररिहेका छन्।

कांग्रेसबाट पञ्चायत हुँदै फेर कांग्रेस राजनीतिमा छिरेका केशवकुमार बुढाथोकी सुशीलका सत्र भाइमध्येका सबैभन्दा कान्छा हुन्। झापाका बुढाथोकी प्रजातन्त्र पुनःस्थापनापछि सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीय सदस्य थिए। ०५१  सालमा मात्र उनी कांग्रेस प्रवेश गरेका हुन्। झापामा कृष्णप्रसाद सिटौलाले खेदेपछि पार्टी विभाजन हुँदा देउवातिर गएका थिए, यिनी। तर, त्यहाँ पनि उनले खासै भूमिका नपाएपछि पछिल्लो समय उनी सुशीलका विश्वासिला बन्न पुगेका छन्। झापा कांग्रेसको  राजनीतिमा सिटौला र चक्र बास्तोलाको विकल्पका रूपमा उपयोगी हुने ठानेर सुशीलले उनलाई आफ्नो समूहमा प्रवेश गराएका हुन्। यही कारण हुनसक्छ, बास्तोलालाई छोडेर सुशीलले बुढाथोकीलाई केन्द्रीय सदस्य मनोनीत गरेका।

सहयोगी त्रिमूर्ति
केन्द्रीय समितिमा नरहे पनि सुशीलका सत्र भाइमध्येका तीन महत्त्वपूर्ण पात्र हुन्, पुरुषोत्तम बस्नेत, वसन्त गौतम र दिवाकर गौतम। पार्टी सभापतिको निर्णयमा प्रभाव राख्ने पार्टी प्रेस शाखाका पुरुषोत्तम बस्नेत, पार्टी मुख्यसचिव वसन्त गौतम र पार्टी कार्यालय सचिव दिवाकर गौतम पार्टी सभापति सुशीलले लिने हरेक राजनीतिक निर्णयका अन्तिम साक्षी हुन्। यसबाहेक पार्टी सभापतिको निर्णयमा अन्तिम राय दिने काम पनि गर्छन्, यी त्रिमूर्तिले। पछिल्लो समय आफूलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेपछि सभापति कोइरालासँग केही रुष्ट रहे पनि बस्नेत अझै पनि कोइराला कोटरीमै छन्।

नेपाली कांग्रेसजस्तो महत्त्वपूर्ण दलका सभापति यसरी पार्टी राजनीतिमा सीमित व्यक्तिहरूको घेरामा फसेका छन्। उनले गर्ने निर्णय र उनको कार्यशैली उनका यिनै १७ विश्वासपात्रका विचार र सोचबाट निर्देशित हुन्छन्। मुलुकको दोस्रो ठूलो दलका सभापतिले यति सानो मण्डलीमा भर पर्नु त्यस दल र स्वयं सुशीलको स्वास्थ्यका लागि राम्रो हो कि होइन भन्ने प्रश्नको उत्तरचाहिँ भविष्यकै गर्भमा छ।

सुशीलका तीन स्ट्राइकर
पार्टी उपसभापति रामचन्द्र पौडेल, मनोनीत महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रामशरण महत पार्टी सभापति सुशील कोइराला नजिक देखिए पनि खासमा यी तीनै जना सुशीलका सत्र भाइमध्ये होइनन्। सुशीलका सत्र भाइबाट ठोस काम हुन नसक्ने  भएपछि पौडेल, सिटौला र महतलाई सुशीलले ‘स्ट्राइकर’का रूपमा उपयोग गररिहेका छन्। यी तीनै व्यक्ति सुशीलका लागि उपयोगी हुन् तर अति विश्वासिला होइनन्। पछिल्लो समय पौडेल बहुमतीय प्रधानमन्त्रीमा पार्टीले आफ्नो नाम प्रस्ताव गरे पनि पार्टी  सभापतिले नसघाएको गुनासो गर्छन्। यसैगरी गिरिजाप्रसादको निधनपछि सिटौला सुशील निकट पुगेका हुन्।

शक्तिकेन्द्रको दबाब र शक्तिकेन्द्रलाई रिझाउन विरोधका बीच पनि सिटौलालाई महामन्त्री मनोनीत गरेका हुन् सुशीलले। पश्चिमा राष्ट्रहरूसँग राम्रो सम्बन्ध भएको भनिएकाले मन नपराए पनि सुशीलले रामशरण महतलाई उपयोग गर्दै आएका छन्।

कोटरीबाहिरका भतिजा
केन्द्रीय सदस्य शेखर कोइराला नातामा भतिजा भए पनि सुशील कोइराला यिनलाई त्यति रुचाउँदैनन्। यी दुईबीच पहिले पनि खासै सम्बन्ध थिएन। गिरिजाप्रसाद कोइरालाको निधनपछि मात्र यी दुई एकअर्कासँग नजिकिएका हुन्। मोरङको कांग्रेस राजनीतिमा काका-भतिजा मिलेको उदाहरण कहीँ पनि छैन। पछिल्लोपटक सुशीलले जिल्ला पार्टी सभापतिमा अमृत अर्याललाई समर्थन गरे भने शेखरले पूर्वपार्टी सचिव गोपालराज राजभण्डारीलाई उम्मेदवार बनाए। अघिल्लोपल्ट पनि सुशीलका सहोदर भाइ अशोक कोइराला  र अमृत अर्यालबीच सभापतिमा प्रतिस्पर्धा हुँदा सुशील अमृतकै पक्षमा थिए भने शेखर अशोकको पक्षमा।

Posted by: Dambar Rimal                           Source: NR-Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.