चीनद्वारा नेपाली सेनालाई ६० करोड २७ लाख सहयोग


काठमाडौं, २० कात्तिक, चिनियाँ जनमुक्ति सेनाले वीरेन्द्र सैनिक अस्पताललाई आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरण खरिद गर्न ६० करोड २७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङ चीन भ्रमणमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले उक्त सहायता प्रदान गर्ने पत्रमा हस्ताक्षर गरेको हो । ०६२/६३ को जनआन्दोलनपछि नेपाली सेनालाई उपलब्ध वैदेशिक सहायतामध्ये यो अहिलेसम्मकै ठूलो हो । गतवर्ष चैत १० गते नेपाल भ्रमणमा आएका बेला चिनियाँ जनमुक्ति सेनाका प्रमुख चेन विङदेले उक्त सहायता प्रदान गर्ने आश्वासन दिएका थिए ।

विङदेको निमन्त्रणमा प्रधानसेनापति गुरुङ गत कात्तिक १३ गते ६ सदस्यीय सैन्य टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए । साताव्यापी भ्रमण पूरा गरी गुरुङ आइतबार स्वदेश फर्केका छन् । प्रधानसेनापति गुरुङलाई कायममुकायम सेनापति गौरवशमशेर राणालगायत उच्च सैनिक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

“भ्रमणका क्रममा नेपाली सेनाको छाउनीस्थित चिनियाँ  सेनाध्यक्ष जनरल विङदेबीच नेपाली सेनालाई ४ करोड ९० लाख चिनियाँ युआन (करिब रु.६० करोड २७ लाख) बराबरको सैनिक सहयोग उपलब्ध गराउने ‘प्रोटोकल’ मा हस्ताक्षर भएको छ,” प्रधानसेनापति गुरुङ स्वदेश फर्केपछि सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीन भ्रमणका क्रममा गुरुङले बेइजिङस्थित जनमुक्ति सेनाको ‘राष्ट्रिय सुरक्षा विश्वविद्यालय’ ‘बेइजिङ ग्यारिजन’ को ३ नम्बर मुख्यालय, सैनिक अस्पताल, ‘कुङमिङ मिलिटरी एकेडेमी’, युनान प्रोभिन्सियल मिलिटरी कमान्डको पनि निरीक्षण गरेका थिए ।

भ्रमणका क्रममा प्रधानसेनापति गुरुङलाई सम्मानमा चिनियाँ जनमुक्ति सेनाको स्थल, जल सेना तथा हवाई सेनाकोे संयुक्त टुकडीले सम्मान गरेको थियो ।

सोही क्रममा प्रधानसेनापति गुरुङ चिनियाँ सेनापति विङदे र जनमुक्ति सेनाका उपाध्यक्ष जनरल जु काइहोउले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका थए । उक्त अवसरमा प्रधानसेनापति गुरुङ र चिनियाँ उच्च सैनिक अधिकारीबीच द्विपक्षीय हितका विषयमा छलफल भएको सैनिक मुख्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.