Daily Archives: 07/11/2011

लुक्लाको लुट र मेरो इज्जत


विश्वास दीप तिगेला, ब्रुनाई
biswasdip@ymail.com

५ नोभेम्बर २०११ । लुक्लामा पर्यटकहरुको विजोग भन्ने समाचारले मेरो मन भतभत पोलिरहेको छ । पर्यटक भन्नाले बाहिर देशका पाहुनाहरु, बाहिर देशकाहरु आ-आफ्नो काममा असाध्य ब्यस्त हुन्छन् । कामको बोझबाट थाकेकाहरु केही समय मिलाएर आराम गर्न, मनोरन्जन लिन नेपालको विभिन्न ठाँउहरुमा घुम्न आएका हुन्छन् । उनीहरुको लागि एक मिनेट समय पनि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई नै खराब मौषमको कारण हप्तौ लुक्लामै रोकेर राख्नु के जायज होला ? पढ्नेक्रम जारी राख्नुहोस्

Buddha-era relics` found in Lumbini, nepal


Archaeological objects dating back to Gautam Buddha’s time have been found at Devdaha in Lumbini. The palace of Lord Buddha’s maternal uncle is located in Devdaha. Local people found the remains of a hukka (smoking pot made of clay), bricks, diyo (a small earthen lamp) and a pond under a peepal tree at Bhaluhi’s Buddhapath and informed the local administration and the Lumbini Development Trust (LDT) of the finding. पढ्नेक्रम जारी राख्नुहोस्

पोल्याण्डमा पनि बन्यो अन्तराष्ट्रिय कलाकार मञ्चको नयाँ शाखा


प्रकाश नेपाल, पोल्याण्ड

संसारभर आफ्नो संगठन बिस्तार गर्दै कला र सँस्कृतिका लागि सकृय रुपमा कार्यरत अन्तराष्ट्रिय कलाकार मञ्चको पोल्याण्डमा पनि नयाँ शाखा स्थापना भएको कुरा मञ्चका प्रबक्ता प्रकाश नेपालले प्रेसलाई जानकारी गराउनु भएको छ । प्रबक्ता नेपालका अनुसार अन्तराष्ट्रिय कलाकार मँच अमेरिकाको विधान २०६५ को धारा ४ अनुसार यही २०११ नोभेम्बर १ गते २ वर्षको लागि गठन गरिएको नब गठित पोल्यान्ड शाखा यसप्रकार रहेको छ पढ्नेक्रम जारी राख्नुहोस्

सुशीलका सत्र भाइ


०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री भएपछि उनको कार्यशैली’bout नेपाली कांग्रेसभित्र एउटा विम्ब प्रयोग गरिन्थ्यो, ‘गिरिजाबाबुलाई तीन दाह्री र तीन साडीले बिगार्ने भए ।’ तीन साडीमा विम्बित थिए, शैलजा आचार्य, नोना कोइराला र सुजाता कोइराला । त्यसैगरी तीन दाह्रीका पात्र थिए, वीरेन्द्र दाहाल, मोहन चापागाइ र सुशील कोइराला । पढ्नेक्रम जारी राख्नुहोस्

‘राजेश हमाल मेरो श्रीमान्’


राजेश हमाल मेरा पति हुन्, हामीले ०५२ साल वैशाख २ गते रजहरमा प्रेमबिहे गरेका हौँ

अविवाहित अभिनेता राजेश हमालका श्रीमतीसहित तीनवटी छोरी छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर, एक प्रहरी महिला हवल्दारले आफू राजेश हमालकी श्रीमती भएको र तीन बच्चा उनकै भएको दाबी गरेकी छिन् । चितवनकी ३७ वर्षीया बालकुमारी अधिकारी अभिनेता हमालसँग आफ्नो १६ वर्षअघि विवाह भएको दाबी गर्दै उनले धोका दिएको भन्दै प्रहरीको शरणमा पुगेकी छिन् । आइतबार नायक हमालसँग नाता कायम गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी अधिकारीले आफ्ना तीन छोरी रहेको र उनीहरू नायक हमालै भएको बताएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

चीनद्वारा नेपाली सेनालाई ६० करोड २७ लाख सहयोग


काठमाडौं, २० कात्तिक, चिनियाँ जनमुक्ति सेनाले वीरेन्द्र सैनिक अस्पताललाई आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरण खरिद गर्न ६० करोड २७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङ चीन भ्रमणमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले उक्त सहायता प्रदान गर्ने पत्रमा हस्ताक्षर गरेको हो । ०६२/६३ को जनआन्दोलनपछि नेपाली सेनालाई उपलब्ध वैदेशिक सहायतामध्ये यो अहिलेसम्मकै ठूलो हो । पढ्नेक्रम जारी राख्नुहोस्