अन्तराष्ट्रिय कलाकार मँच संसारका १२ देशमा बिस्तार, एक बर्ष भित्र ३० देशमा पुर्‍याईंदै


Int’l Artists Forum, USA

अन्तरास्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्दै मँच अमेरिका, नेपाल सहित संसारका १२ देशमा बिस्तार भैसकेको र आगामी एक बर्ष भित्र यसलाई संसारका ३० देशमा पुर्याउने लक्ष राखिएको बताउनुभएको छ । राजनीतिबाट पूर्णतया अलग रही कला र सँस्कृतिको लागि मात्र कार्य गर्ने यस अन्तरास्ट्रिय कलाकार मँचलाई विश्व भरी पुर्याउने सन्दर्भमा सहयोग गर्न, संपर्कमा आउन मँचका तर्फबाट श्री खनालले सबै कलाकारलाई आव्हान गर्दै मँचका ’boutमा केही जानकारीहरु पनि यसरी दिनुभएको छ  “अन्तरास्ट्रिय कलाकार मँचले कलाकारहरुलाई समेट्दै  हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ । हाल सम्म 12 वटा गठन भएका शाखाको अनुमोदन गर्दै विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com, info@nepalmother.com, rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ। अन्तरास्ट्रिय कलाकार मँचका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा http://www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ । ” अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।
१ – एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष – एक
* उपाध्यक्ष – कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब – एक
* सचिब – एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष – एक
* सदस्यहरु – आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार – आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक – एक राख्न सकिने  (अनिबार्य छैन )
यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशिओ कलाकार पनि समाबेश गर्न सकिने छ ।
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी http://www.iafusa.blogspot.com मा हेर्न…सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।
अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।
– रामप्रसाद खनाल, अध्यक्ष – 703-419-0924 (US)
– रमेश उप्रेती – महा सचिब – 443-824-2166 (US)
– प्रकाश नेपाल – सचिब एबम प्रबक्ता – 703-864-4141 (US)
ईमेल: internationalartistsforum@gmail.com, rampdkhanal@gmail.com

website : http://www.iafusa.blogspot.com

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.