स्टिभ जब्स


 समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । तर त्यो रात विताउनुपर्ने बस्तिमा ओर्लदैगर्दा त्यो पनि हराएको थियो ।मध्य पश्चिम नेपालका डाडाहरुमा पैदल हिड्दा इन्टरनेटबाट अलग्गिएको चार दिन भएको थियो । पाचौ दिनमा रुकुमकोटबाट जीप चढेर सदरमुकाम पुग्नासाथ मैले झोलाबाट आइप्याड निकालेर ट्विट्टर एप खोलेको थिए । फुलब्राइट छात्रबृत्तीमा नेपालमा आएका एकजना अमेरिकी काइल नाइटको एउटा ट्विटले मेरो ध्यान तत्कालै आकर्षित गर्‍यो र, त्यो पढ्दै गर्दा, मनमा चिसो पस्यो ।एप्पलको स्रोतसाधन प्रयोग गरेर उनले (आइपोड, आइफोन र आइप्याड जस्ता) यन्त्रहरु बढी मानवीय ढंगमा बनाएर उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्थ्ये, तर उनले त्यसो गरेनन् ।न्यूयोर्क टाइम्सको त्यो दृष्टिकोणात्मक लेखको पहिलो वाक्यमै एप्पलका सहसंस्थापक तथा करिस्मादार नेता स्टिभ जब्सलाई ‘थिए’ भनि भूतकालमा सम्बोधन गरिएको देखेपछि म स्तब्धित हुनु अस्वभाविक थिएन । छेवैमा देखिएको अर्को समाचार शीर्षकले मेरो सबैभन्दा खराव अनुमान प्रमाणित गर्‍यो । स्टिभ जव्सको मृत्यु चार दिन अघि क्यालिफोर्नियामा भएछ । जब्सको कम्पनी एप्पलका केही उत्पादनहरु प्रयोग गर्ने विश्वका थुप्रै प्रशंसकहरुमध्येको म नेपालमा दशैको टिकाको त्यो दिन बाग्लुङ्को
रमणीय र चिसो उपत्यका ढोरपाटनलाई आइप्याडमा कैद गरिरहेको थिए । टाइम्सकै अर्को एउटा
समाचारमा उनको मृ्त्युमा संसार र अमेरिकी राष्ट्रपति बराक ओबामाले दिएका
प्रतिक्रियाहरु थिए । ओबामाको वक्तव्यले मेरो ध्यान तान्यो ।‘विश्वको एउटा ठूलो हिस्साले उनको मृत्यु’bout उनी आफैले आविस्कार गरेका यन्त्रहरुमा (पढेर/हेरेर) थाहा पाएको तथ्य भन्दा ठूलो सम्मान स्टिभको सफलताको लागि अरु नहुन सक्छ ।’

किताव– उनको मृत्यु भएको तीन साता नपुग्दै गए सोमबार वाल्टर
आइज्याकसनले लेखेको स्टिभ जब्सको जीवनी सार्वजनिक भयो । तीस बर्ष नपुग्दै आफू भन्दा
पाचबर्ष जेठा साथी स्टिभ वाजनाइकसँग मिलेर एप्पल कम्प्युटर (उत्पादन) सार्वजनिक
गरेर अन्र्तराष्ट्रिय सेलिब्रिटी बनेका जब्सको ’boutमा अहिलेसम्म के लेखिएको छैन
होला र ? (तीस बर्षको हुदा त उनी आफैले ओजनैकसँग मिलेर खोलेको एप्पल कम्प्युटर
(कम्पनी) बाट उनी गलहत्याइएका थिए ।) उनले स्विकृती नदिएका ‘आई–कन’ जस्ता जीवनी नै
र उनी’bout थुप्रै सूचना सार्वजनिक भइसकेका छन् । तर यो किताव, जसको नाम सिर्फ
‘स्टिभ जब्स’ हो, किन विशेष छ भने यो स्टिभ आफैले वाल्टरलाई लेख्न भनेका हुन् ।

बरु आश्यर्च पो लाग्न सक्छ, सन् २००४ मा स्टिभले आफ्नो जीवनी लेख्न अनुरोध गर्दा
टाइम म्यागेजीन र सीएनएनका पूर्व सम्पादक आइज्याकसनले ‘अहिले बेलै भएको छैन, पाच/दश
बर्षपछि तपाई रिटायर्ड भएपछि गरौला’ भनि अस्विकार गरेका थिए । जब्सको जीवनी लेख्न
जो कसैले ज्यानै फाल्ने स्थितीमा आइज्याकसनले त्यसरी आनाकानी गरेका थिए । त्यसयता
जब्सले आफूलाई थुप्रैपटक अनुरोध गरेको तर २००९ क्यान्सर उपचारका लागि दोस्रो पटक
स्टिभले छुट्टी लिएपछि उनकी श्रीमती लाउरिन पावेलले वाल्टरलाई ‘लेख्ने भए अहिल्यै
लेख्न’ भनेकी थिइन् । र, वाल्टरले किताव लेख्न थालेका थिए । तर त्यस अघि उनले
जब्सबाट एउटा महत्वपूर्ण आश्वासन उकालेका थिए– किताव लेखन प्रकृया र त्यसको
विषयबस्तुमा जब्सको कुनै नियन्त्रण हुने छैन र यहासम्मकी प्रकाशित हुनुअघि उनले
त्यो किताव समेत हेर्न पाउने छैनन् । ‘यो तपाईको किताव हो,’ स्टिभले आफूलाई भनेको
कुरा वाल्टरले कितावको शुरुमै लेखेका छन्, ‘(प्रकाशित हुनुअघि) म पढ्ने पनि छैन ।’

मर्नु भन्दा दुई महिना अघि स्टिभले वाल्टरलाई आफ्नो घरमा बोलाएका थिए । एक
शनिवारको मध्य विहानीमा उनी त्यहा पुग्दा स्टिभ सुतिरहेका थिए । केही बेरपछि उनलाई
स्टिभले कोठामा बोलाए । ‘उहाँ ओछ्यानमा कुप्रो परेर सुतिरहनु भएको थियो,’ वाल्टरले
कितावको अन्त्यतिर लेखेका छन्, ‘खाकी हाफपाइन्ट र सेतो टर्टलनेक (लामो घाटी भएको
भेस्ट) लगाएर । उहाँका खुट्टा स्तब्धै पार्नेगरी सिन्के भएका थिए तर उहाको मुस्कान
सहज र दिमाग तेज थियो । ‘छिटो गरौं किनकी मसँग निकै कम शक्ति छ,’ स्टिभले वाल्टरलाई
भनेका थिए । स्टिभले आफ्ना केही व्यक्तिगत तस्बिरहरु देखाउन खोजेका थिए ताकी
तिमध्ये केही वाल्टरले कितावमा प्रयोग गरुन् । स्टिभ उठ्नै नसक्ने थिए त्यसैले
वाल्टरले नै एल्बमहरु खोजेर दराजबाट झिकेर ल्याए ।

तस्बिर हेर्दै ती ’boutका कथा र अन्य कुरा गर्दा दुई घन्टा वित्यो । उनी मौन भए ।
अनि वाल्टर ओछ्यानबाट उठेर निस्कन लागे ।

‘पर्खिनुस्’ स्टिभले त्यसो भनेर हातले ओछ्यानमै बस्न संकेत गरेको वाल्टर कितावमा
लेख्छन् । फेरी कुरा गर्न एक या दुई मिनेटपछि बोल्न बल निकाले । ‘यो आयोजना’bout
मलाई निकै डर थियो,’ किताव लेखाईमा आफ्नो सहयोगलाई संकेत गर्दै स्टिभले भने, ‘म
साच्चै चिन्तित थिए ।’

‘किन?’ वाल्टरले सोधे ।

‘म मेरा बच्चाहरुले मलाई चिनुन् भन्ने चाहन्थे । मैले सधै उनीहरुको हेरचाह गर्न
सकिन । त्यो किन भनि उनीहरुले थाहा पाउन् र मैले के गरेको रहेछु भन्ने बुझुन् ।’

एकछिनपछि स्टिभले भने, ‘मलाई थाहा छ, कितावमा त्यस्ता थुप्रै कुरा हुने छन् जो
मैले मन पराउने छुईन ।’

त्यो वक्तव्य भन्दा पनि बढी प्रश्न जस्तो लाग्ने कुरा बताएपछि स्टिभले वाल्टको
जवाफको प्रतिक्षा गर्दै उनको अनुहारमा हेरे ।

‘मैले (सहमतिमा) मुन्टो हल्लाए र मुस्काएँ र भने त्यो सत्य हो,’ वाल्टर लेख्छन्

‘राम्रो,’ स्टिभले भने, ‘त्यसो भए यो कम्पनीले निकालेको किताव जस्तो देखिदैन ।
केही समयसम्म म यो पढ्दिन किनकी म (त्यो पढेर) रिसाउन चाहन्न । शायद म एक बर्षपछि
त्यो पढ्ने छु, बाँचिरहेँ भनेँ ।’

व्यक्ति– स्टिभ बाँचेनन् । ६ मार्च २०१२ मा किताव प्रकाशित
गर्ने योजना थियो । तर स्टिभको विग्रदो स्वास्थ्यका कारण त्यो मितीलाई २१ नोभेम्बर
२०११ मा सारियो । ५ अक्टोबरमै ५६ बर्षको उमेरमा स्टिभको मृत्यु भएपछि प्रकाशक साईमन
एन्ड सुस्टरले २४ अक्टोबरमै किताव अमेरिकामा सार्वजनिक गर्‍यो । त्यसको दुई दिनपछि
कितावको विद्युतीय आइप्याड संस्करणलाई मैले आफ्नो मेशिनमा डाउनलोड गरेको थिए र
मुद्रणमा सात सय पेजको त्यो किताव नसकी मैले अर्को काम थाल्न सकेको थिइन । झन्डै
तीन महिना अघि व्याङ्ककमा त्यतिबेलासम्म एप्पलको सबैभन्दा पछिल्लो हार्डवेर उत्पादन
(आइप्याड) किनेयता त्यसमा पढेको त्यो मेरो दोस्रो किताव हो यद्यपी भी एस नइपालको ‘अ
हाउस फर मिस्टर विश्वास’ अझै सिध्याउन पाएको छैन । आइप्याडमा रहेका अन्य दुई हजार
जति कितावको पालो कहिले आउने हो, पत्तो छैन ।

‘स्टिभ जब्स’ (किताव) पढेपछि थाहा पाएको कुरा हो, स्टिभ जब्स (व्यक्ति) का लागि
संसार दुई भागमा बाडिएको थियो– उनका उत्पादनहरुजस्तै चित्ताकर्षक डिजाईन र
प्रतिस्पर्धीका उत्पादनहरुजस्तै बेकामे, आखै दुखाउने डिजाईन । मान्छेहरु दुई समूहमा
बाडिएका थिए, बुद्धु र बुद्धजस्तै ज्ञानी (जिनियस) । बेकामे र बुद्धुहरुलाई उनी
देखिसहदैन थिए । आफ्नै इन्जिनियर कर्मचारीका लागि उनी एउटा ठूलो त्रास थिए, कुन
बेला सबैका अगाडी ‘तिमी मुर्ख, बेकामे’ भन्दै बेइज्जतीपूर्ण गालि गरिदिने हुन्,
थाहै नहुने । कसैले कुनै राम्रो र नविन विचार लिएर उनीसामू गयो भने उसलाई ‘थैत,
यस्तो फन्टुस कुरा पनि गर्ने’ भन्दै गालि गरेर मनोबल गिराईदिने अनि एकहप्ता पछि
त्यही विचारर्लाइ आफ्नै जस्तो गरेर त्यही व्यक्तिसँगै प्रस्ततु गरेर ‘मैले यस्तो
महान कुरा सोचेको छु, अब यसलाई व्यवहारमा उतार्नु पर्‍यो’ भन्ने । कुनै इन्जिनियर
या डिजाईनरले ‘यस्तो विचार छ, यसलाई एक बर्षमा व्यवहारमै उतार्न सकिन्छ’ भन्दा
स्टिभलाई त्यो विचार मन पर्‍यो भने उनको जवाफ यस्तो हुन्थ्यो, ‘यसलाई केही बदल अनि
६ महिनामा सिध्याउँ ।’ बदल्न र ६ महिनामा सम्भव छैन भन्ने जवाफ आयो भने स्टिभको
रिसको पारो चढ्थ्यो र अन्यमा त्यो इन्जिनियर हायल कायल हुदै दुबै काम गर्छु भनेर
फर्किन्थ्यो । र, सबैभन्दा आश्चर्य– जसलाई धेरैले स्टिभको सफलता मान्छन्, त्यो
इन्जिनियर ती दुबै काम गर्न सफल हुन्थ्यो । अनि त्यो इन्जिनियर आफैप्रति छक्क
पथ्र्यो र स्टिभले मलाई त्यसरी नथर्काएको भए, जवरजस्ती नगरेको भए म त्यो काम त्यो
छोटो अवधीमा गर्नै सक्दिन थिए ।

त्यो कुरा स्टिभ जव्सले २१ बर्षको हुँदा वाजनाइकले बनाएको एप्पल कम्प्युटरको
व्यापारिकणमादेखि गत बर्ष आइप्याड ल्याउदासम्म कायमै राखे । उनीसँग क्षमता भएका
मान्छे जम्मा गरेर तिनलाई लदाएर काम गराउने क्षमता थियो । हरेक कुरा चिटिक्क र खोट
विहीन हुनुपर्छ भन्नेमा उनी सबैभन्दा बढी ध्यान र शक्ति खर्चिन्थ्ये । डिजाईन (कला)
र इन्जिनियरिङ्को बेजोड संयोगले नै मानवीय जीवनलाई सुखमय र संसारलाई बस्न लायकको
स्थान बनाउछ भन्ने उनको सिद्धान्त थियो । बौद्धमार्ग र पूर्वीय हिन्दू दर्शनबाट
आकर्षित स्टिभ १९ को उमेरमा सात महिना भारत आएर बसेका थिए । राम दाश भनि चिनिने
एकजना अमेरिकी गुरुका पनि गुरु भारतका नीम करोली बाबाको उपदेश सुन्न उनी हरिद्धार र
मनाली पुगेका थिए । बाबाको मृत्यु भएको थाहा पाएपछि निराश भएका थिए । ‘थोरै नै धेरै
हो’मा विश्वास गर्ने स्टिभ कोठामा मेच, सोफाजस्ता फर्निचर राख्दैनथ्ये । ‘उनको कोठा
लगभग खाली हुन्थ्यो र बीचमा (भुईमा) एउटा ओछ्याउन हुन्थ्यो,’ लखपति भएपछिको सन् ७०
को एउटा क्षणको बर्णन गर्दै कितावमा वाल्टर लेख्छन्, ‘कोठाको भित्तामा आइन्स्टाइन र
महाराजजी (करोली बाबा) का तस्बिर झुन्ड्याइएका थिए र भुईमा एप्पल टू कम्प्युटर थियो
।’

सन् २०१० को आकलन अनुसार ८ अर्ब २० करोड डलर सम्पत्तीका मालिक उनी अमेरिकाका ४२
औं धनी व्यक्ति थिए । तर उनले भौतिक सम्पत्तीमा आफूलाई कहिल्यै रुचि नभएको बताउथे र
त्यो कतिपय सन्दर्भमा उनको व्यवहारमा पनि देखिन्थ्यो । एकपटक बिल गेट्स स्टिभको
घरमा पुग्दा उनले स्टिभ त्यस्तो सामान्य घरमा बस्छन् भनि पत्याउन सकेका थिएनन् ।

स्टिभ अदभूत क्षमताका वार्ताकार र विक्रिकर्ता पनि थिए जो आफ्नो उत्पादन बेच्न र
आफ्ना कुरा अरुलाई मनाउन माहिर थिए । उनका निर्णयहरु तार्किक भन्दा बढी उनको
भित्रीमन र मुढमा भरपथ्र्ये र ती मध्ये केही निर्णयहरुले, उनकै शब्द प्रयोग गर्दा,
झन्डै जादूमयी उत्पादनहरुमार्फत संसारमा धक्का महसुस गराए र मानिसहरुको जीवनलाई थप
सजिलो तुल्याए ।

नेपालसँगको साइनो

नेपालमा
एप्पलका कम्प्युटरहरु खासै लोकप्रिय छैनन किनकी ती आइबीएमको डिजाईनमा आधारित र
विन्डोज सफ्टवेयर प्रयोग गर्ने पर्सनल कम्प्युटर (पीसी) भन्दा महगाँ छन् । तर आइपोड
र आइफोन (जो आफैमा तुलनात्मकरुपमा महगो छ) को आगमन पछि तथा नेपालीहरुको
क्रयक्षमतामा बृद्धी भएपछि हालैका बर्षहरुमा एप्पलका उत्पादनहरुको प्रयोग बढेको छ ।
त्यसैले त्यो कम्पनीका दूरदृष्टिवान नेता स्टिभ जब्सको ’boutमा चासो बढ्नु अस्वभाविक
होइन । आखिर, स्टिभ या एप्पलको नेपालसँग अरु केही नभएपनि म्याक/आइफोन/आइपोड बेचेको सम्बन्ध त छ । जीवनी पढ्दा यो पनि थाहा भयो, स्टिभ र एप्पलले नेपालमा
दृष्टिबीहीनहरुका लागि पनि केही योगदान गरेका छन् । पुस्तकको एउटा अनुच्छेद (स्टिभ जब्स) खासै दानी थिएनन् । स्टिभले छोटो समयको लागि एउटा फाउन्डेसन खोले तर त्यो चलाउन भर्ना गरेका मान्छेले बारम्बार ‘भेन्चर’ (खतरा मोल्दै गरिने लगानी जसबाट फाइदा पनि हुनसक्छ) दान र त्यो दानबाट कसरी ‘फाइदा’ लिन सकिन्छ जस्ता कुरा गरेपछि तीसँग व्यवहार गर्नुपर्दा उनी दिक्क भए । दानदिएको कुरा सबैलाई भन्दै हिड्ने या दानलाई कसरी झन प्रभावकारी तुल्याउन सकिन्छ भन्नेहरुलाई जब्सले घृणा गर्न थाले । त्यसअघि उनले गरिवीसँग लड्न ल्यारी ब्रिलियन्टको सेवा फाउन्डेसनलाई हल्लै नगरी पाच हजार डलरको चेक लेखेका थिए र त्यो फाउन्डेसनको बोर्डमा पनि बस्न सहमत भएका थिए । तर जव ब्रिलियन्टले एप्पल कम्पनी सार्वजनिक (सेयर बेचेर) भएलगत्तै वाभी ग्रेभी र जेरी गार्सिया सहितका अरु बोर्ड सदश्यहरुलाई लिएर जब्सकहाँ गए जब्सले त्यसमा पहलेजस्तो रुचि देखाएनन् । बरु उनले एप्पल टू र भिजिक्याल्क प्रोग्राम फाउन्डेसनलाई चन्दा लिएर उसले नेपालमा दृष्टिहीनता’boutमा गर्ने भनेको सर्वेलाई सजिलो पार्न सकिन्छ भन्नेमा काम गरे ।जब्सको मृत्यु पछि सेवा फाउन्डेसनले आफ्नो वेब साईटमा यस्तो लेखेको छ, (सन् ७०  दशकको मध्यतिर आफ्ना बाबुको घरको) ग्यारेजमै रहेर (एप्पल खोल्ने) काम गर्दा स्टिभले सेवालाई उल्लेख्य चन्दा दिनुभयो । उहाको सहयोगले ‘नेपाल दृष्टिहीन कार्यक्रम’को थालनी सम्भव भयो । त्यो कार्यक्रमलाई धेरैले विकसित विश्वमा
(सञ्चालित) सबैभन्दा विस्तृत आखाको हेरचाह कार्यक्रम मध्येको एक भएको धेरैले
ठान्छन् । सेवाले नेपालमा गरेको आखा हेरचाह सर्वेको नजितलाई प्रसोधन गर्न सेवाका
नेपाली र अमेरिकी टोलीलाई स्टिभले दिएको एप्पल टू कम्प्युटर र भिजिक्याल्क
(तस्बिरमा) बाट सहयोग पुग्यो ।

Posted by: Dambar Rimal                                               Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.