बनभोजमा रम्न कुवेतवासी नेपालीहरु प्रतिक्षारत, सबैलाई आ-आफ्नो कला प्रस्तुत गर्ने अवसर


शिव पौडेल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको नजिकिंदै आईरहेको “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” मा सरिक हुन कुवेतवासी नेपालीहरु आतुर भएको महसुस भएको छ । हरेक साल गर्दै आएको बनभोज कार्यक्रमलाई निरन्तरता दिन मात्र होइन, एउटा पृथक किसिमको उद्देश्य समेत राखेको छ बनभोज कार्यक्रम आयोजना गर्नुमा क्लवले । गत सालको जस्तै बिहानीको जलपान सँगै नेपाली गीत संगीतले समुन्द्री किनार गुन्जने छ भने खानामा ओपन बुफे भोजनको व्यवस्था रहने छ ।

यस्तै, कला र गला भएका सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई मञ्चमै गएर गाउन, नाच्न, कविता बाचन गर्न मौका दिईनेछ भनें कुवेतमा कृयाशिल रहेका सम्पूर्ण साँस्कृतिक संस्थाका कलाकारहरुले समेत ईच्छा भएको खण्डमा आ-आफ्नो कला प्रदर्शन गर्न सक्नेछन । हप्ता दिनसम्म पट्टिएर बसेको शरीरलाई समुन्द्री किनार र ब्रिहत नेपालीहरुको बिचमा घुलमिल हुँदै रमाउन पाउँदा पक्कै पनि छुट्टै किसिमको रमाइलो कुवेतवासी नेपालीहरुले अनुभव गर्नेछन भन्ने आयोजकले अनुमान गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.