माओवादी पार्टी-इतिहासमा चुनवाङ बैठक निकै महफ्वपूर्ण र चर्चित रह्यो । त्यही बैठक हो जहाँ माओवादी नेताहरू सँगै हाँसे र सँगै रोए । एक-अर्काको खरो आलोचना र प्रशंसा पनि गरे नेताहरूले । बैठकमा बाबुराम भट्टराई पनि पटक-पटक बोलेका थिए । पत्रकार नेत्र पन्थीले बहुचर्चित चुनवाङ बैठकका सबै पाटाहरू खोतल्ने प्रयत्न गरेका छन् पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/11/2011
सामाजिक सेवाको सोंच भएका नेपालीहरुको लागि राम्रो अवसर
ईन्द्र भूषाल, कुवेत
“एक थुकी सुकी सय थुकी नदी” भने झै प्रबासमा रहेका कुनै पनि नेपालीहरुले थोरै भए पनी दान गर्छौ र सामाजिक सेवामा सरिक हुन्छौं भन्ने मन राख्नु भएको छ भने यसपालिको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको चौंथो वार्षिक बनभोजमा सो मौका पाउनु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
बनभोजमा रम्न कुवेतवासी नेपालीहरु प्रतिक्षारत, सबैलाई आ-आफ्नो कला प्रस्तुत गर्ने अवसर
शिव पौडेल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको नजिकिंदै आईरहेको “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” मा सरिक हुन कुवेतवासी नेपालीहरु आतुर भएको महसुस भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, MESC गतिविधि
इजरायल जान २ लाख ३५ हजार मात्रै
१७ कात्तिक, काठमाडौँ । एक व्यक्तिबाट आठ लाख रुपैयाँसम्म लिन थालेपछि रोकिएको इजरायलको रोजगारी व्यवस्थित गर्न सरकारले लागत तोक्ने भएको छ । यातायात व्यवस्था मन्त्रालय, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीहरूबीच बुधबार भएको छलफलमा २ लाख ३५ हजार रुपैयाँ शुल्क तोक्ने सहमति भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मर्सिडिज भन्दा महंगो साइकलको लिलामी
सुन्दा पनि अचम्म लाग्न सक्छ । एउटा साइकलको मुल्य मर्सिडिज कारको भन्दा पनि बढि छ । त्यतिमात्र होइन यति धेरै पर्ने साइकल नचल्ने हालतमा छ । यो घटना अमेरिकाको हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको यो साइकल आउँदो हप्ता लिलामी हुने भएको छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा बीचमा फायरबक्स र पानी उमाल्ने भाँडो छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
अचानामा राखेर छोराको औंला च्वाट्टै काट्ने कस्तो बाबु ?
कात्तिक १७ । दैलेखको सदरमुकामस्थित नारायण नगरपालिका-२ का लोकबहादुर थापाले आफ्नो छोराले पसलमा बिस्कुट चोरेको आरोपमा अचानामा उनको हात राखेर बायाँ हातका दुई औँला काटिदिएका छन् । पसलेले उनको आठ वर्षीय जेठो छोरा केशवले बिस्कुट चोरेको भनेर सुनाए लगत्तै आज बिहान मात्र घरमा पुग्ने बित्तिकै उनकी पत्नीले रोक्न खोज्दा खोज्दै पनि बायाँ हात अचानामा राखी लोक बहादुरले प्रहार गरेको खुकुरीले एकै चोटमा चोर औँला काटिएको र माझी औँलाको आधा भाग छिनिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार