सातबुँदेले गत्यावरोध तोडियोः प्रधानमन्त्री


१६ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेसी मोर्चाबीच मंगलबार भएको सातबुँदे सहमतिले जारी राजनीतिक गत्यावरोध अन्त्य भएको बताउनुभएको छ ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन दल र मधेसी मोर्चाबीच मंगलबार भएको सातबुँदे सहमतिले जारी राजनीतिक गत्यावरोध अन्त्य भएको बताउनुभएको छ । छठ पर्वका अवसरमा बुधबार बिहान राजधानीको रत्नपार्कस्थित रानीपोखरीमा आयोजित कार्यक्रममा प्रधाननमन्त्री भट्टराईले सहमितिले पाँच वर्षअघि सुरु गरिएको शान्तिप्रक्रिया टुंगिने आधार तयार भएको बताउनुभयो । छठको अवसरमा दलीय सहमति भएको भन्दै प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । छठका अवसरमा शुभ कामना दिने क्रममा उहाँले भन्नुभयो ‘पाँच वर्षअघि सुरु भएको शान्तिप्रक्रिया पूरा हुनेभएको छ, यो भन्दा ठूलो शुभकामना अरु केही हुन सक्दैन ।’ प्रधानमन्त्री भट्टराईले नेपाली इतिहासमा लामो समयसम्म स्मरण र चर्चा हुने एतिहासिक सहमति छठ पवर्कै दिन भएकाले यसपर्वप्रति सबैले गर्व गर्नुपर्ने बताउनुभयो । आफ्नै नेतृत्वको सरकारले शान्ति र संविधान लेखन प्रक्रिया निष्कर्षमा पुर्‍याउने उहाँको भनाइ थियो । सातबुँदे सहमतिमा सहमतिहरुको कार्यान्वयनसँगै राष्ट्रिय सरकार बनाउने नभिएको छ । तर, यही सरकारमा विपक्षमा रहेका कांग्रेस-एमाले पनि सहभागी हुने वा अर्को सरकार गठन गर्ने भन्नेमा सहमति मौन छ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.