बट र आसिफ ‘स्पोट फिक्सिङ’मा दोषी


१५ कात्तिक, काठमाडौं । लण्डनको एक अदालतले पाकिस्तानी पूर्व कप्तान सलमान बट र क्रिकेटर मोहम्मद आसिफलाई ‘स्पोट फिक्सिङ’मा दोषी ठहर गरेको छ । उनीहरुमाथि २ देखि ७ वर्षसम्मको सजाय हुन सक्ने बताइएको छ । सजायको फैसला आगामी साता हुनेछ ।
अदालतमा उपस्थित दुबैले भने आरोप अस्वीकार गरेका थिए । यस प्रकरणमा मुछिएका मोहम्मद अमिरले भने यसअघि नै अदालत समक्ष लिखित रुपमा आरोप स्वीकार गरेका गिए ।
गतवर्ष इङल्याण्डसँग भएको टेष्ट म्याचमा पैसा लिएर ‘स्पोट फिक्सिङ’ गरेको आरोप लागेको थियो । सट्टबाज मजहर माजिदले खेलको अघिल्लो दिन भनेकै आभर र बलमा नै पाकिस्तानी कप्तान बट र आसिफले खेलमा नो बल खेलेका थिए । यस विषयलाई समाचार पत्र न्यूज अफ दि वर्डले सार्वजनिक गरेको थियो ।
त्यसपछि आईसीसीले भ्रष्टाचारमा दोषी ठहर गर्दै प्रतिवन्ध लगाएको थियो । आईसीसीले बटमाथि १० वर्षको, असिफमाथि ७ वर्षको र अमिरमाथि ५ वर्षको प्रतिवन्ध लगाएको थियो ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.