ईन्द्र भूषाल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको छुट्टै एउटा पहिचान र लामो इतिहास हुँदाहुँदै पनि यसपालीको दिपावलीमा यस क्लबले आफ्नो राष्ट्रको नाम रोशन पार्न आगामी फेब्रुअरीमा सञ्चालन हुनगई रहेको E-SAF-C फूटबल च्याम्पियनशिपको सहयोगार्थ देउसी-भैलो कार्यक्रम एउटा उल्लासमय बातावरणमा सम्पन्न गर्यो । आफ्नो १३ बर्षे कार्यकालको लामो इतिहासको साथै सदैब एउटा निश्चित लक्ष्य लिएर मात्र नेपालीहरुको बिचमा पुग्ने संस्थालाई कुवेतवासी नेपालीहरुले सोंचेभन्दा बढी र राम्रो सहयोग गर्नुभयो क्लवले पहिलो चोटि खेलेको देउसी-भैलोमा ।
अब क्लवको फेरी अर्को कार्यक्रम मुखैमा आएको छ । त्यो हो, “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” जुन यही नोभेम्वर महिनाको ११ तारिखको दिन, कुवेतको ग्रिन आईल्याण्ड पार्कमा तय गरिएको छ । जसको तयारीमा क्लव कार्यसमिति मरिमेटेर लागि परेको छ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको सन् २००८ मा पूनर्गठन भएपश्चात हरेक साल यस क्लवले कुवेतवासी नेपालीहरुको खुशीको खातिर बनभोज कार्यक्रमको आयोजना गर्दै आएको हो । हरेक पटक गरिने बनभोजमा क्लबले कुनै न कुनै उद्देश्य लिएको हुन्छ । जस्तै: पहिलो बनभोजमा क्लबले सम्पूर्ण नेपालीहरुलाई एक आपसमा परिचित गराउने उद्देश्य राखेको थियो भने दोश्रोमा क्लबले कुवेतमा नेपाली रादूतावासको नेपाल सरकार समक्ष जोडदार माग गर्दै कुवेतवासी नेपालीहरु बिच हस्ताक्षर अभियान चलाई नेपाल सरकारलाई हस्ताक्षर लगेर बुझाएको थियो । यस्तै, गत सालको बनभोज कुवेतवासी नेपालीहरु बिच बिजया दशमी तथा दिपावलीको शुभकामना आदान-प्रदान गर्ने रहेको थियो । जसमा लगभग ५००~६०० नेपालीहरुको सहभागीता रहेको थियो भनें यस वर्ष पनि यस क्लवले कुवेतवासी नेपालीहरु बिच दशैं तथा तिहारको शुभकामना आदान-प्रदान गर्ने र स्वर्गको एउटा टुक्रा जस्तो लाग्ने ग्रिन आईल्याण्डमा एकदिन भएपनी कुवेतमा रहेका नेपालीहरुलाई रमाउने अवसर प्रदान गर्ने उद्देश्य सहित “चौंथो वार्षिक बनभोज कार्यक्रम-२०६८” को आयोजना गर्न गईरहेको क्लव आयोजक समितिले जानकारी गराएको छ । जसको लागि निम्न बुँदाहरुमा ध्यान दिंदै क्लवले सम्पूर्ण कुवेतवासी नेपालीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
१) सहभागिताको लागि आफ्नो नाम/नम्बर दर्ता गराउने अन्तिम मिति १० नोभेम्बर २०११ दिनको ४ बजेसम्म तोकिएको छ । उक्त समयपश्चात सम्पर्कमा आउनुहुने कसैलाई पनि बनभोजमा सम्मिलित गराउन आयोजक असमर्थ रहने व्यहोरा यसै सूचना मार्फत जानकारी गराउन चाहन्छौं ।
२) बनभोज स्थलको प्रवेश शुल्क: बिहानीको जलपान, चिया-कफी, दिवाभोज तथा Consolation पुरस्कार सहितको उक्त कार्यक्रमको शुल्क बिगतका बर्षहरुमा झैँ के. डी. ३/- (तीन) मात्र तोकिएको छ ।
३) बिगतमा झैं सम्पूर्ण सहभागीहरुबाट असल ब्यबहारको अपेक्षा यस क्लबले आगामी कार्यक्रममा समेत राखेको छ । कथं-कदाचित कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उच्छ्रिंखल वा अभद्र ब्यबहार गरेको पाईएमा उक्त ब्यक्तिलाई कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक समिति बाध्य हुनेछ ।
४) बनभोज स्थल “ग्रीन आईल्यान्ड” मा प्रवेश गर्ने समय बिहान ९.०० बजे देखि दिनको १२.३० सम्म मात्र हुनेछ ।
५) आफ्नो तथा परिवारको सामानहरुको सुरक्षा आफैले गर्नुपर्नेछ ।
उपलव्ध सुविधा तथा अवसरहरु:
१) खानामा ओपन बुफे साथै नास्तामा चिया, कफी, आदि ।
२) बिभिन्न किसिमका साङ्गितिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुमा सहभागिता ।
३) समय-समयमा थप मनोरन्जनको लागि साधारण किसिमका खेलहरु खेलाईने जसमा बिजयी प्रतिस्पर्धीलाई Consolation पुरस्कार ।
४) आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर (खुल्ला नाचगान, कविता वाचन र अन्य) ।
५) बृहत नेपालीहरुसंग भलाकुसारीको अमुल्य अवसर ।
अन्त्यमा, कुवेतमा रहेका सम्पूर्ण संस्थाहरुको बृहत सहभागिताको लागि अनुरोध गर्दै उक्त दिन अन्य कार्यक्रमको आयोजना गरेर कार्यक्रमा नजुधाई दिनुहुन समेत यस यस क्लव “आयोजक समिति” हार्दिक अनुरोध गर्दछ ।
थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क व्यक्तिहरु:
धर्मराज गिरी -९४०६९७३४, ६६०६८९२५, राजु गुरुङ् -६७०७२९४४, सुरेश गुरुङ् -६६९२८३३४, जय आले -९९१०१४०८, किरण आले -५५४२९८०६, ईन्द्र भूषाल -६५७४८८६२, अमर गुरुङ् -६५८४१२६३, चन्द्र तामाङ् -९९१९५३५९, जगत मगर -९९२८८३२०, जितेन थिङ् -९७४७३७५५, ईन्द्र पोखरेल -६६३४१६१८, शिवराम पौडेल -६६९८३१३८, डम्बर रिमाल -६६८०९६४२, नारायण नेपाल -६६०३६९७१, जित खड्का -५५५१०७२९, नवराज श्रेष्ठ -६६४२०१९१, राम बस्नेत -६६५७६०८२, केशब भण्डारी -९७३५७४४६, जिबन सुब्बा -६५१०५७३१, बम बिष्ट -६६४६८५७९, यसोदा घिमिरे -६०६५५८०२, डोल्मा शेर्पा -५५८०४२६७, सरिता पौड्याल -६६२५६५२०, शिला गिरी -९९५६०४८५ वा यस क्लब कार्यसमितिका कुनै पनि सदस्यहरुलाई संपर्क गर्न सकिने छ ।
कार्यक्रम संयोजक: किरण पौड्याल –६६१०६९९०
धन्यबाद ।
आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ।
——————————————
Related News…
चौंथो वार्षिक बनभोज कार्यक्रम ’bout जरुरी सूचना !!
बनभोजमा रम्न कुवेतवासी नेपालीहरु प्रतिक्षारत, सबैलाई आ-आफ्नो कला प्रस्तुत गर्ने अवसर