मनोज काफ्ले ‘मनसुन’
जसका मुख बोल्नलाई छुरा भएका छन्
उसैका मनबाट यस्ता कुरा भएका छन्
तिमी मन्दिर हौ म हुन्छु फूलको बजार
भन्नेहरुका सपना कहाँ पुरा भएका छन् ?
शोकै शोक छ उनलाई भोक तिर्खा छैन
शिरदेखि पाऊ सबै गलेर लुरा भएका छन्
बनमा प्रेम बज्छ घर बोल्ने आँट हुन्न
अझै डरपोक छन् कहाँ सुरा भएका छन्
शितला पातमा रापिलो आगो सल्केपछी
सुकेर यहाँका मान्छेहरु झुरा भएका छन् !!
मनसुन
ईमेल: manojmansun@yahoo.com
मोबाईल: ६०७५०८३३
Posted by: Jay Ale
excellent gajal .u r perfect to create gajal