ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोद्वारा साँस्कृतिक कार्यक्रम सम्पन्न


आचार्य प्रभा, डेन्वर/कोलोराडो

३१ अक्टोबर । ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोद्वारा गत अक्टोबर ३० तारिक शनिबारका दिन, सांस्कृतिक कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कोलोराडोका जोसेफ विस्मेन होर्थर (इन्टरग्रेसन प्रोग्राम सुपर भाईजर) हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्ष श्रीमती मेनुका नेपाल हुनुहुन्थ्यो ।

हरी उप्रेती तथा गंगा उप्रेतीद्वारा संचालित उक्त कार्यक्रमको पहिलो चरणमा अतिथी आसन ग्रहणको साथै प्रमुख अतिथी र अध्यक्षको हातबाट दीप प्रज्वलन कार्यक्रम थियो । कार्यक्रमको प्रथम सांस्कृतिक प्रस्तुतिमा स्वागत नृत्य “तिहारै आयो” बोलको गीतबाट लीला उप्रेती, बन्दना, मालती र मनिषाले ढोका उघारेका थिए । कार्यक्रमको अर्को प्रस्तुतिमा ग्लोबल भुटानिज कम्युनिटीको परिचय नेपाली र अङ्रेजी भाषामा प्रस्तुत गरिएको थियो भने सोही अवसरमा स्वागत मन्तब्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अर्को चरणमा सोही संस्थाका पदाधिकारीहरुको परिचयात्मक प्रस्तुती र तस्बिर लिने कार्यक्रम थियो ।  उक्त कार्यक्रममा संस्थाका चिफ एजुकेटिव अफिसर शिवाकोटीले GBCC संस्थाको भविष्यको योजना ’bout पनि प्रष्ट्याउनु भएको थियो । आफु शरणार्थी हुँदै तेस्रो मुलुकमा आउनुको पीडा तथा भोगाइलाई प्रष्ट्याउँदै आफु जहाँ रहे पनि आफ्नो भाषा, कला, संस्क्रितिलाई जिवान्त राख्न वहाँहरु सधैं प्रयत्नशिल रहने प्रतिबद्धता जनाउँनु भएको थियो । आफ्नो जन्मभुमीलाई छाडे पनी आफ्नो परम्परालाई दिगो राख्न र अमेरिकाको नागरिक नै बने पनी आफ्नो मात्री भाषालाई सधैं प्रश्रय दिने र आफ्ना सन्ततिहरुलाई नेपाली भाषामा पोख्त गराउन आफुहरुले सकेसम्म नेपाली कक्षा संचालन गर्ने प्रयास गरेको पनी खुलासा गर्नु भएको थियो । कार्यक्रमकै मध्यभागमा रेफ्युजी प्रोग्राम सुपर भाईजर म्यारोलिन इटनले पनि उक्त संस्थालाई बधाई ज्ञापन गर्दै शुभकामना दिनुभएको थियो । उपस्थित बयोबृद्व दर्शक श्रोताहरुले शिरमा नेपाली टोपी ढल्काई साँच्चै आफुहरु नेपाली (भुटानिज) भएको परिचय पनी दिनु भएको थियो । लाग्दथ्यो त्यो माहौल साँच्चै नै आफ्नो कला, संस्कृतिमा चुर्लुम्म डुबिरहेको छ ।

कार्यक्रमको दोश्रो प्रस्तुतिमा “कर्कलो गाभा” र “हरिया चुरा मेरा हातभरी” बोलका गीतहरुमा सुन्दर नृत्य सन्डिया, सम्झना, इन्दिरा, चक्र, पुष्प, क्रिष्णले प्रस्तुत गरेका थिए । कार्यक्रमको अर्को आकर्षण भने अर्का स्टेटबाट आएका अतिथी गायक द्वय किशोर शिवाकोटी र सुरज राई थिए । गायक सुरज राईले आफ्ना केही गीतहरु र अन्य गीतहरु गाएर युवा जमात श्रोताहरुलाई खुबै नचाएका थिए । यसै क्रममा आफ्नो मौलिक परम्परा र संस्कृतिलाई दिर्घ राख्न सोही प्रांगणमा केही महिलाहरुले सँगिनी नृत्य पस्केर बृद्व महिला तथा दर्शकहरुलाई पनी केही अतितको स्मरण गराई मनोरन्जन दिनु भएको थियो । दर्शकहरुको खचाखच भिंडले भरिएको उक्त हलमा भुटानिज समुदायका ब्यक्तिहरु मात्र नभएर अन्य ब्यक्तिहरुको पनी उपस्थिती थियो । उक्त उपस्थितिमा किराँत राई सोसाइटी अफ अमेरिका कोलोराडोका अध्यक्ष श्री आकाश राईको पनी उपस्थिती रहेको थियो ।

साँस्कृतिक कार्यक्रमकै अर्को प्रस्तुतीमा “छिटको सारी मक्खमली चोलीलाई” बोलको गीतमा सरिता, हेमा, सुकु र उमाले सुन्दर नृत्य प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरन्जन दिएका थिए । यसरी सांगितिक, साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन अर्का गायक किशोर शिवाकोटीले पनी प्रथम आफ्ना दुई लाइन गीत “सम्झी देउ न हे दाइ पुरानो कथालाइ” बोलको गीत जुन भुटान छाड्नु पर्दाको हर भुटानिज मनहरुको ब्यथा पोखिएको शब्दको गीत अरु आफ्ना केही गीत र अन्य गीतहरु गाएर श्रोताहरुलाई मुग्ध बनाएका थिए । उक्त कार्यक्रममा जिडेन राइ, सोम बराल, मुक्ती उप्रेती तथा अन्य पदाधिकारीहरु पनि कार्यक्रम सफल पार्न ब्यस्त हुनुहुन्थ्यो ।

त्यस्तै मनोरन्जन दिने क्रममा “डाली डालीमा” छिट्को गुन्यु तिमीले लगाउँदा” बोलका गीतहरुमा कृष्मा, पूर्णी, भावना, हेमा, कुमारी र जयले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथी जोसेफ विस्मेन होर्थरले सम्पूर्ण भुटानिज समुदायलाई शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको बिट मार्दै उक्त संस्थाकी नवनियुक्त अध्यक्ष श्रीमती मेनुका नेपालले सम्पूर्ण उपस्थित महानुभावहरु र कार्यक्रमलाई सहयोग गर्नु हुने बिभिन्न स्थानबाट प्रायोजन गरेर आर्थिक सहयोग गर्नु हुने र यसै संस्था भित्र रहेका र भुटानिज समुहकै जती पनी ब्यक्तिहरुले प्रतक्ष्य, अप्रतक्ष्य रुपमा सहयोग गर्नु भयो वहाँहरु प्रती आभार ब्यक्त गर्नु हुँदै कार्यक्रमको बिसर्जन भएको घोषणा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा श्रब्य दृष्य र केही तस्बिरहरु लिईदिएर बि.आर.टि नेपालका संस्थापक तथा फोटोग्राफर शैलेस पोखरेलले यो संस्थाप्रती आभारी बनी दिनु भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.