Monthly Archives: नोभेम्बर 2011

पुरुषको आँखा छातिमा, महिलाको औंठीमा


कुनै पनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्बमा ? होईन ! फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मात्रै मौका पाए भने पनि अधिकांश समय उनको आकर्षक छातिमा हेरेर गुजार्छन् ।

यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भए हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौं तर वास्तविकता यही भनेर एपीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

धनुषामा ट्रकले किचेर तीन जनाको मृत्यु


१४ मंसिर, जनकपुरधाम । धनुषाको पुष्पलपुरमा ट्रकले किचेर तीन जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत पुष्पलपुरमा ना ३ ख ५६११ नम्बरको ट्रकले किचेर पुस्पलपुर-८ का ५० वर्षीय अष्टबहादुर श्रेष्ठ, ६ वर्षीया सीमा घिसिङ र ८ वर्षीया रीमा घिसिङको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवैतमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबले आयोजना गर्ने साँस्कृतिक कार्यक्रमको उद्देश्य र कुवेतवासी नेपालीहरुको दायित्व


ईन्द्र भुसाल, कुवेत

अङ्ग्रेजी नयाँ साल २०१२ को पहिलो शुक्रबार अर्थात ६ जनवरीको दिन माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले नेपालका ख्यातिप्राप्त कलाकारहरु ल्याएर स्थानिय उत्कृष्ट कलाकारसँगै ब्रिहत साँस्कृतिक कार्यक्रम गर्दैछ । सन् १९९९ मा स्थापना र नेपाल सरकारको खेलकुद मन्त्रालयमा दर्ता भई कुवेतमा कृयाशिल रहेको यस संस्थाको कार्यक्षेत्र खेलकुदमा मात्र सिमित छैन, नेपालीहरुलाई परेको सुख दु:खमा समेत क्लबले आफ्नो खुबीले भ्याएसम्म कार्य गर्दै आएको छ । २००८ को क्लब पूर्णगठन पश्चात त क्लबले आफ्नो कार्यनीति नै फराकिलो पारेर अगाडि बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महको महत्व !


– नारायण काफ्ले

मौरी र मानिसको सम्बन्ध युगौँदेखि भए पनि नेपालमा मौरीपालन व्यवसायलाई खासै व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिएको छैन । विविध वनस्पतिहरूबाट निःशुल्क पाइने पुष्परस, कुट र चोपलाई मौरीद्वारा सङ्कलन गराई महलगायतका अन्य बहुमूल्य वस्तु उत्पादनमा सदुपयोग गरिएमा मानिस निरोगी, फुर्तिलो र हृष्टपुष्ट त हुन्छन् नै साथै आर्थिक आर्जन गरी आफ्नो जीवनस्तर उठाउनसमेत सक्षम हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तनहुँ सम्पर्क समाज कुवेतको अत्यन्तै जरुरी सूचना !!


रोजगारीको शिलशिलामा कुवेतमा प्रवेश गरि दैनिकी चलाउँदै गरेका तनहुँङगेहरुको साझा सँस्था तनहुँ सम्पर्क समाज कुवेतको पहिलो भेला अक्टोवर २१ तारीखमा सम्पन्न गरि तनहुँ दमौली निवासी यादव श्रेष्ठको नेतृत्वमा ११ सदस्य रहेको कार्यसमिति गठन गरेको जानकारी गराउँदै, बाँकी सदस्यता विस्तार र विधान पारित गराउनका लागी पून: दोश्रो भेलाको लागी यहि आउँदो शुक्रवार अर्थात डिसेम्बर २ तारीखका दिन पढ्नेक्रम जारी राख्नुहोस्

कोसेली बचाउ अभियानमा कुवेतवासी नेपालीहरुको बढ्दो सकृयता


जय आले, कुवेत  

कुवेतबाट त्रैमासिक रुपमा प्रकाशित हुने एकमात्र नेपाली छापा पत्रिका मरुभूमिको कोसेलीको बचाउ तथा निरन्तरताको लागि कोसेली परिवारको आयोजनामा आगामी ०९ डिसेम्बर २०११ शुक्रबारका दिन, कुवेतको होटल एसिया-एसियामा दिनको २.०० बजेदेखी एक “कल्चरल च्यारिटी शो” हुन गईरहेको छ । जसलाई सफल तथा उद्देश्यमूलक बनाउन कुवेतका दुई सशक्त साँस्कृतिक संस्थाहरु “नेपालकुवेत साँस्कृतिक मञ्च र लालीगुराँस साँस्कृतिक परिवार” सहयात्री बनेर एकसाथ अगाडि बढीरहेका छन पढ्नेक्रम जारी राख्नुहोस्

कति सुरक्षित छन् हाम्रा अस्पतालहरु


– श्रीरामसिंह बस्नेत

नेपालका अधिकांश अस्पताल भवनहरू भूकम्प, आगलागीजस्ता प्रकोपका दृष्टिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेका छन् ।नेपालमा सबै जिल्लामा गरी करिब २०० वटा सरकारी व्यवस्थापनका स्वास्थ्य उपचार केन्द्रहरू छन् । तीमध्ये ८० प्रतिशत उपचार केन्द्रहरू ठूलो भूकम्प आयो भने उपचार सेवा सुचारु गर्न नसक्ने अवस्थामा पुग्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक समवेदना!!!


हाम्रा सहकर्मी मित्र तथा तमू समाज, कुवेतका अध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका सदस्य एवं बिकाश अनुसन्धान बिभाग प्रमुख श्री अमर बहादुर गुरुङ्ज्यूको आमा लक्ष्मी देवी गुरुङ्को हिजो बिहान आफ्नै निवास्थान पोखरामा ७६ बर्षको उमेरमा असामयिक देहावसान भएको हुँदा दिवंगत आत्मालाई शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवं समवेदना अर्पण गर्दछौं साथै उहाका शोक सन्तप्त परिवार प्रति धैर्य-धारण गर्ने शक्ती मिलोस भन्दै भगवानसँग प्रार्थना गर्दछौ। पढ्नेक्रम जारी राख्नुहोस्