आजदेखि विश्व ७ अर्ब मानिसको साझा घर


१४ कात्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या आजदेखि सात अर्ब पुग्ने जनाएको छ । आज भन्दा १२ वर्षअघि अर्थात सन् १९९९ मा राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा यसअघि विश्वको जनसंख्या ६ अर्ब रहेको मानिँदै आइएको थियो । पछिल्लो ५० वर्षमा विश्व जनसंख्यामा दुई अङ्कको दरले वद्धि भएको संयुक्त राष्ट्र संघले जनाएको छ । आजभन्दा १२ वर्ष अघि सार्वजनिक भएको तथ्याङ्कअनुसार विश्व जनसंख्या ६ अर्ब थियो ।

सन् १८८० मा एक अर्ब रहेको विश्व जनसंख्या १९३० मा २ अर्ब पुगेको थियो । विश्व जनसंख्या सन् १९६० मा ३ अर्ब, सन् १९७४ मा ४ अर्ब, सन् १९८७ मा ५ अर्ब र १९९९ मा ६ अर्ब पुगेको थियो । राष्ट्रसंघले हालकै वृद्धिदर कायम भए आगामी सन् २०५० सम्ममा विश्व जनसंख्या करिब साढे ९ अर्ब पुग्न सक्ने अनुमान गरेको छ ।

प्यान इन्टरनेशनलले भारतको लखनउमा जन्मिएको एक बालकलाई ७ अर्बको पहिलो बालक भएको जनाएको छ । राष्ट्रसंघले जनसंख्या वृद्धि दर विकसित मुलुकहरुका तुलनामा विकासोन्मुख मुलुकमा अत्याधिक रहेको बताएको छ । बढ्दो जनसंख्याको चापसँगै विश्वमा पर्यावरणीय ह्रास आउनुका साथै खानपिन र बसोवासलगायत अन्य अत्यावश्यक आवश्यकता पूर्ति गर्न कठिनाई हुने देखिएको छ । ग्लोवल फुटप्रिन्ट नेटवर्कले हालकै वृद्धिदर कायम रहे आगामी सन् २०३० सम्ममा मानिसलाई भोक मेटाउन र फोहोर व्यवस्थापन गर्न अर्को पृथ्वी आवश्यक पर्ने चेतावनी दिएको छ ।

Posted by: Jay Ale                                                  Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.