मातापिताको नाममा १० करोडको इमरजेन्सी वार्ड


– सञ्जय पन्थी

काडमाडौं, १ असोज, समाजिक सेवामा प्रेरित भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले स्व. मातापिताको नाममा अत्याधुनिक इमरजेन्सी वार्ड स्थापना गरेका छन् । शिक्षण अस्पताल महाराजगन्ज परिसरमा १० करोडको लगानीमा स्थापना भएको ‘स्व. वृषबहादुर, धनमाया गुरुङ’ इमरजेन्सी वार्डको आइतबार राष्ट्रपति डा. रामवरण यादवले उदघाट्न गरे । वार्डको उद्घाटन गर्दै राष्ट्रपति डा. यादवले गुरुङको सेवाभाव अरूले पनि अनुकरण गर्नसके ग्रामीण बस्तीका जनताले समेत सजिलै स्वास्थ्य सेवा पाउन सक्ने बताए । डा. यादवले भने, “अरूलाई पनि राष्ट्र सेवा गर्न गुरुङको कार्य प्रेरणाको स्रोत बन्न सकोस् ।”

अस्पताल परिसरमा अहिलेसम्म राजनीतिक व्यक्तित्व बीपी, मनमोहन र गणेशमानका नाममा छुट्टै वार्ड स्थापना भएको प्रसंग उल्लेख गर्दै राष्ट्रपति यादवले सर्वसाधारणको नाममा यो पहिलो वार्ड भएको बताए । अस्पतालले इमरजेन्सी वार्ड आइतबारबाटै सञ्चालनमा ल्याएको छ ।

शिक्षण अस्पतालको ३९औं वार्षिकोत्सवको अवसर पारेर इमरजेन्सी वार्डको उद्घाटन गरिएको थियो । भवनको स्वामित्व मेडिकल अफ इन्स्टिच्युट महाराजगन्जका डिन डा. अरुण साय्मिलाई प्रदान गर्दै गुरुङले ६ वर्षअघि छोरीको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका पुगेका बेला एक अमेरिकी नागरिकले गरेको सामाजिक सेवामूलक कार्यबाट प्रेरित भएर वार्ड स्थापना गरेको बताए । करिब ४० वर्षको अवधिमा गरेको अथक मेहनत र परिश्रमबाट आर्जित सम्पत्ति उनले सेवामूलक कार्यमा लगाएका छन् ।

गुरुङले आफूले निर्माण गरेको अस्पताल वार्डबाट दुरदराजका बिरामीले सहज रूपमा स्वास्थ्य सेवा महसुस गर्न सकेमात्र सार्थक हुने बताए । आफ्नो प्रयासलाई सार्थक बनाउने जिम्मेवारी अस्पतालका चिकित्सकको रहेको उनले बताए ।

नवनिर्मित वार्डमा एक्स–रे र प्याथोलोजी सेवासहित अत्याधुनिक उपकरण जडान गरिएका छन् । वार्डको नियमित सेवाको जिम्मेवारी अस्पताललाई दिए पनि भवनको सरसफाइ भने भाटभटेनी सुपर मार्केटले नै गर्ने भएको छ । अस्पतालका शय्या र अस्पताल भवन अन्तर्राष्ट्रियस्तरको रहेको अस्पतालका चिकित्सकले बताए ।

गुरुङले अस्पताल वार्ड बनाउने कार्य आफ्नो अभियानको एउटा अंशमात्र भएको जनाए । “शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने पहिले देखिको चाहना हो,” उनले भने, “यस्ता धेरै भवन बनाउने इच्छा छ, यो नै अन्तिम हैन ।”

अस्पताल भवन उद्घाटन समारोहमा अस्पतालका डिन डा.साय्मि र क्याम्पस प्रमुख डा. रामप्रसाद उप्रेतीले समेत गुरुङको प्रयासको प्रशंसा गर्दै खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । डा. उप्रेतीले भने, “समाजसेवा गर्न धनले मात्र होइन, मन चाहिन्छ भन्ने कुरा गुरुङले प्रमाणित गरे ।”

सामाजिक सेवामा गुरुङ अघिल्लो वर्षदेखि नै लागेका हुन् । उनले गत वर्षदेखि दुर्गमबस्तीका छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराएर मेडिकल अध्ययन गराउँदै आएका छन् । गुरुङले पाटन स्वास्थ्य विज्ञान अध्ययन संस्थानमा गत वर्षदेखि दुई/दुईजना छात्रछात्रालाई चिकित्सा विज्ञान अध्यापन गराउन सहयोग गर्दै आएका छन् ।

Posted by: Raju Gurung

Advertisements

One response to “मातापिताको नाममा १० करोडको इमरजेन्सी वार्ड

  1. yo ta nepali haruko lagi ramro kura honi . u r great man of nepal MIN GURUNG! esai gari punya kamaunus , .
    sabai garib jantaharuko maya sneha ra aasirbad !!!
    mandirma puja garnu haina dharma
    Garib haruko sewa nai thulo dharma ho

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.