भाईटिकाको दिन कुवेतमा अन्तर नेपाली भलिवल प्रतियोगिता सम्पन्न


“बिजेता र उप-बिजेताको दुईवटै उपाधी पुन. एकचोटी SDFC को कब्जामा”

जय आले, कुवेत

क्रेज नेपाल युवा क्लव, कुवेतको आयोजनामा २८ अक्टोबर २०११ भाईटिकाको दिन, कुवेतमा अन्तर-नेपाली भलिवल प्रतियोगिता कुवेतको मंगाफ भलिबल मैदानमा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । स्विडिश कम्पनिका जनरल म्यानेजर श्री आसाद खानले प्रतियोगिताको उद्घाटन गरेपछी खेललाई मुर्तरुप दिईएको थियो ।

उक्त प्रतियोगितामा: नव-प्रतिभा, SDFC-A, SDFC-B, कालीगण्डकी-A, कालीगण्डकी-B, क्रेज नेपाल-A, क्रेज-नेपाल-B, नेशनल खराफी, KPTC र रियाल गरी जम्मा १० नेपाली टिमहरुले सहभागीता जनाएका थिए भनें आफ्ना निकट्तम प्रतिश्पर्धीहरुलाई पराजित गर्दै SDFC-A, नेशनल खराफी, कालीगण्डकी-A र SDFC-B सेमिफाईनलमा पुग्न सफल भए ।

सेमिफाईनलमा SDFC-A ले नेशनल खराफीलाई र SDFC-B ले कालीगण्डकी-A लाई हराउँदै एउटै कम्पनिका दुई सशक्त टिमहरु फाईनल चरणमा पुग्न सफल भए । फाईनलमा SDFC-A ले आफ्नै B टिमलाई हराउँदै बिजेताको उपाधी चुम्न सफल भयो भनें उपबिजेताको उपाधी SDFC-B ले हाँसिल गरेको छ । यस्तै, उत्कृष्ट टिमको उपाधी कालीगण्डकी-B ले र उत्कृष्ट खेलाडिको उपाधी बिजेता टिम SDFC-A का खेलाडी (नाम…) ले पाउनु भएको छ ।

बिजेता एवं उप-बिजेता टिमहरुलाई आयोजकको तर्फबाट खसी, शिल्ड, मेडल र प्रमाण पत्र दिई सम्मान गरिएको थियो भनें उत्कृष्ट खेलाडी तथा उत्कृष्ट टिमलाई शिल्ड र प्रमाण पत्र दिई सम्मान गरियो ।

कुवेतनेपाल डटकमले खेल मैदानमा पुगेर भाईटिकाकै दिन भलिबल आयोजना गर्नुको उद्देश्य ’bout जिज्ञासा राख्दा; क्रेज नेपालका अध्यक्ष नबिन बरालले प्रबासमा धेरै नेपाली आफ्ना दिदीबैनी बिना रहेकाले उनिहरुको मनोरन्जनको लागि र खेलाडीहरुको एक्लो पनलाई हटाई तिहारको मनोरन्जन भलिबलबाट प्राप्त होस् भनेर यो प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । यसैगरी, अध्यक्षले दसैं तिहारको रमझमले गर्दा आफुले कुवेतस्थित कुनैपनि नेपाली सँघ-संस्था र भद्र भलादमीहरुलाई आमन्त्रण गर्न नपाएकोमा दु:ख लागेको भएपनी अचानक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अधिकांश पदाधिकारीहरु र कुवेतनेपाल डटकमले उपस्थिती जनाई अतिथिको आसन लिएकोमा आफुलाई ज्यादै खुशी लागेको बताउँदै क्लव र डटकमलाई ह्रदयदेखी नै धन्यवाद दिन चाहन्छु भन्नुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.