अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुमाथि कडा निगरानी गर्न थालेपछि गत वर्ष हजारौँलाई विद्यार्थी भिसा रद्द गर्दै देश निकाला गरिएको छ। त्यसरी निकाला हुने मध्ये ५ सय २७ जना नेपालका परेका छन्। त्यहाँको अध्यागमन विभागले गएको वर्ष १५ हजार ६६ जना विद्यार्थीलाई देश निकाला गरेको थियो, जुन अघिल्लो वर्षभन्दा ३७ प्रतिशतले बढी हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/10/2011
५२७ नेपाली विद्यार्थी अस्ट्रेलियाबाट देशनिकाला
Posted in विश्व समाचार
ज्याकी च्यान लुम्बिनी भ्रमण वर्षका सदभावना दूत
कुंग फु मास्टर तथा अभिनेता ज्याकि च्यान नेपालले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष २०१२ का लागि सद्भावना दूत बन्ने भएका छन् । भ्रमण वर्ष २०१२ लाई प्रभावकारी रूपमा मनाउन विभिन्न अन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तित्वहरूलाई मानार्थ लुम्बिनीदूतका रूपमा घोषणा गरिएको छ। आनी छोइङ डोल्मा, ज्याकी च्यान, जु दङयू, टोनी लङ्क, कुनहिङ सुधारत र श्रीलङ्काका सभामुखलाई सदभावना दूत बनाइएको १०८ सदस्यीय मूल आयोजक समितिका संयोजक संस्कृति मन्त्री गोपाल किरातीले पत्रकार सम्मेलनमा जानकारी दिए । भारतीय कलाकारद्वय साहरूख खान र रेखासित पनि सदभावना दूतका लागि सहमति माग गरिएको उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार