सिस्नु पानी हाँस्य-ब्याँङ्ग्याग्त्मक देउसे भैलोका केही अंश मात्र…
ए भन भन भाई हो – के भन्ने?
देउसिरे भन – नभन्ने
स्वर मिलाई भन – नभन्ने
भन्नेचाहीं के त? – मिसावट
मिठाई हाम्रा – मिसावट
दबाई हाम्रा – मिसावट
दुधका पोका – मिसावट
गुदपाकका प्याकेट – मिसावट
पानीका बोतल – मिसावट
फलफुलमा केमिकल – मिसावट
तरकारी हाम्रो – मिसावट
सरकारै हाम्रो – मिसावट
*** *** *** ***
ए भन भन भाइ हो – राम राम
भन भन बैनी हो – राम राम
स्वर मिलाईकन – राम राम राम
राम्ररी भन – रामै राम
जोडले भने – जय जय राम
देशै भरी – रामै राम
प्रधानमन्त्री – बाबुराम
राष्ट्रपति – बरन–राम
विपक्षी नेता – चन्द्र–राम
विद्रोही नेता – बादल राम
ओलीका झोली – पर्शुराम
बाबुराम विचार – दिल्लीराम
सर्कारका मन्त्री – सिल्लीराम
आउने पो हो कि – राज्य राम
भइएने पो हो कि – जिल्लाराम
हाम्रो देशका प्रधानमन्त्री मुस्ताङ्ग चढ्छन् लुरुलुरु नि लै लै
मन्त्राणीलाई प्राडो, प्र.म.ज्युलाई घाँडो
आशिष
ए दिदैछौं आशिष – गनेर
महङ्गी घटोस् – भनेर
ए सुनको भाउ– झन् बढोस्
नूनको भाउ – झन् घटोस्
शेयरको मूल्य – बढ्दो होस्
लोड सेडिङ् सधैं – घट्दो होस्
आयकर तिर्ने – बानी होस्
धारामा सधैं – पानी होस्
सिलिण्डरमा – प्वाल नहोस्
दूतावासको जस्तो – वाल नहोस्
थोत्रा पिलेन – नउडून्
भिरमा गाडी – नगुडून्
मिठाई बासी – नपरोस्
रोगले निम्तो – नगरोस्
कोशेली गुदपाक – नआओस्
आइहालेपनि – नखाओस्
प्रभुले ज्यान – नहरुन्
काशीको बास – नगरुन्
बाबुलाई अल्सर – नलागोस्
छोराले पल्सर – नमागोस्
चोरलाई खेद्ने – लाठी होस्
घरकी जहान – बाठी होस्
देउसीको जस्तो – लय होस्
नेपाली जनताको – जय होस्
Posted by: Raju Gurung
I like
Thank you Dear Raju Gurung Ji
This is big Message or advised for our country & political party who is leading our country & all kinds of product factory who are doesn’t care about the good produt. Hopefully after read this Depawali message they will be care them self. Or thnk you Raju Jee, for post this Deuse Bhailo 2068. We hope again we will get read same this kind of advisedful mixture rite.