लक्ष्मीपूजाको महत्व


– रत्नबहादुर बस्नेत

दसैंपछिको ठूलो चाड हो- तिहार । केटाकेटीदेखि बूढाबूढीसम्म सबैको मन जित्न सफल सांस्कृतिक पर्व तिहारलाई यमपञ्चक, दीपावली, लक्ष्मीपूजा आदि नामले चिनिन्छ । लक्ष्मीपूजा यो पर्वको मुख्य दिन र मूल विशेषता हो । जसरी दसैंमा गरिने दुर्गापूजा दुष्टता र दुर्गति नाशका लागि प्रसिद्ध छ त्यसैगरी लक्ष्मीपूजा धनधान्य र सम्पन्नता प्राप्तिका लागि प्रसिद्ध मानिन्छ । मानवजीवनमा धनवल, जनवल र विद्यावल गरी तीन बलको सर्वाधिक महत्त्व छ । त्यसैमध्ये धनकी ऐश्वर्यदेवी महालक्ष्मी हुन् । माता लक्ष्मीको सत्ता र अस्तित्वबिना संसार सञ्चालन हुन सक्दैन । धनबिना कुनै पनि संसारिक कार्य सम्पन्न हुन सक्दैन । जीवनयापनका लागि धन अनिवार्य छ । यसको अभावमा व्यावहारिक जीवन कष्टकर हुन्छ । धनको महत्त्व पहिलेभन्दा अझ बढ्दै गएको छ । गरिब-दुःखीहरूभन्दा सम्पन्न र खुसीहरू नै प्रशंसित हुन्छन् । त्यसैले माता लक्ष्मीमा समर्पित भै धन वा लक्ष्मी प्राप्तिको प्रयास गर्नु हाम्रो दायित्व हो ।

लक्ष्मी भनेको धन-सम्पत्ति मात्र होइन। हामी नराम्रो वस्तु वा तत्वलाई अलक्ष्मी भन्छौं तर राम्रो
र असल वस्तु प्राप्त हुँदा त्यसलाई लक्ष्मी भन्छौं तसर्थ हाम्रो कल्याण गर्ने सबै तत्व, वस्तु, मानवीय आचरण तथा शीलस्वभाव सबै लक्ष्मी मानिन्छ। जस्तो पञ्चमहालक्ष्मीअन्तर्गत श्रीमहालक्ष्मी, श्रीसम्पतमहालक्ष्मी, श्रीज्ञानमहालक्ष्मी, श्री भोगमहालक्ष्मी र श्रीमोक्षमहालक्ष्मी पर्छन् भने अष्टलक्ष्मी, अर्थात लक्ष्मीका मुख्य आठ स्वरूपमा वैभव वा धनलक्ष्मी, वीरलक्ष्मी, विजयालक्ष्मी, अधिलक्ष्मी, ऐश्वर्यलक्ष्मी, गजलक्ष्मी एवं सन्तानलक्ष्मी हुन्। यसबाट हाम्रो हित कल्याण गर्ने जीवनयापन तथा सुखसमृद्धिका लागि आवश्यक वैभव, धनसम्पत्ति, भोग ऐश्वर्य, ज्ञानगुण, असल सन्ता, असल स्वभाव, विजय, अन्नादि धान्य आदिका मूलस्वरूप वा अधिष्ठात्री देवी सर्वहितकारिणी जगदम्वा महालक्ष्मी नै हुन् ।

कार्तिक कृष्ण औसीका दिन ‘साँझ’ माता लक्ष्मीको विशेष पूजा गर्ने चलन छ । नित्यपूजा गरेपछि विशेष पूजा किन गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ। जसरी हामी नित्य दैनिकरूपमा भोजन गछौं तैपनि विशेष अवस्था र अवसरमा विशेष परिकार तयार गरी विशेष पुष्टिदायक खानपान गछौं । त्यसरी नै विशेष तिथि, पर्वका अवसरमा भगवानको विशेष रूपमा पूजा आराधना आवश्यक छ । माता लक्ष्मीको प्रशन्नताका लागि उहाँको नित्यपूजाका साथै विशेष पूजा अनिवार्य छ। लक्ष्मीको अनुकम्पा प्राप्त गर्न उहाँको प्रशन्नता आवश्यक छ। श्रीसूक्त वा लक्ष्मीस्तेत्रमा संकल्पका क्रममा महालक्ष्मी देव्य प्रशन्नार्थ लक्ष्मीपूजनं गरिष्ये, भनिएबाट पनि माता लक्ष्मीको प्रशन्नताका लागि उहाँको पूजा अपरिहार्य छ भन्ने कुरा पुष्टि हुन्छ। पूजाबाट प्रेम, श्रद्धा एवं भक्ति बढ्छ र श्रद्धा-भक्तिबाट उहाँ प्रसन्न हुनुहुन्छ। विचारणीय कुरा के छ भने के यसो भनिएको भरमा केवल पूजाबाट माता लक्ष्मीको कृपा प्रसादको भागी बनेर सुखी र समृद्ध जीवन प्राप्त भैहाल्छ त ? माताको वास्तविक कृपाको कामना गर्नेले उहाँ अनुकूल स्वभावको निर्माण गर्नु र त्यसतर्फ जागरुक बन्न पनि उत्तिकै आवश्यक छ। शास्त्र भन्छ- जहाँ सुकर्म हुन्छ त्यही लक्ष्मीको कृपाबाट मानव धनाढ्य र यशवान बन्छ। कुकर्म -दुष्कर्म) मा उहाँ अलक्ष्मी बनेर विनाश गर्नुहुन्छ। उहाँ द्वेष र कलहमा बस्न रुचाउनु हुन्न।

नम्र र सत्पात्र बनेर धन प्राप्त हुने शाश्वत नियम छ। श्रम, सीप, साधना र सदाचार माताको कृपाका लागि आत्वाश्यक छ। जो श्रमबाट तर्किने, सीपबाट हच्किने, साधनाबाट पन्छिने स्वभावको हुन्छ, उसलाई लक्ष्मी प्राप्त हुँदैन। लक्ष्मीका उपासकले भौतिक तथा भावानात्क रूपमा स्वच्छ र पवित्र भै जगन्माता लक्ष्मीको विशेष पूजाको साथै स्तोत्र पाठ गर्नुपर्ने विधान छ। जसबाट पितृ, भक्ति र श्रद्धा कायम हुन्छ। माता लक्ष्मीको पूजा आराधनाको उद्देश्य धनप्राप्तिका लागि मात्र नभै उहाँमा भक्ति, प्रेम र समर्पणका लागि हुनुपर्छ। माताप्रतिको अनन्य भक्ति तथा प्रेमबाट कृपाप्रसाद स्वरूप स्वतः धन ऐश्वर्य, आनन्द सुख, सन्तुष्टि प्राप्त हुने कुरा साधनाशास्त्रमा बताइएको छ।

हामीमा सामान्यतः लक्ष्मीको पूजा गर्दा माता लक्ष्मीको स्वरूपको मात्र वा गणेशसहितको लक्ष्मीको तस्वीर वा प्रतिमाको पूजा गर्ने चलन छ तर वास्तविक तथा स्थीर लक्ष्मीको पूजा गर्नुपर्ने विधान भएको मत ज्ञानी, आचार्यहरूको छ। यसको प्रतिकात्मक अर्थ पनि रमाइलो छ। लक्ष्मीको वाहन लाटोकोसेरो हो भने भगवान् विष्णुको वाहन गरुड हो। गरुड ज्ञान र गतिको प्रतीक मानिन्छ भने लाटोकोसेरो अज्ञान अन्धकारको त्यसैले जसले गरुड वाहन भएका विष्णुसहितको लक्ष्मी -लक्ष्मीनारायण) को पूजा गर्छ त्यसलाई धनका साथै ज्ञान र गति अर्थात् वास्तविक सम्पत्ति प्राप्त हुन्छ। सम्पत्तिको वास्तविक अर्थ नै सर्वोपरि कल्याणकारी तत्व हो। लाटोकोसेरो -उल्लू) वाहन भएकी एक्ली लक्ष्मीको मात्र पूरा गर्नेले धनसँगै स्वार्थ लोभजस्तो दुरगुणको अन्धकार बढ्छ। जसरी माता लक्ष्मी विष्णुमती समर्पित हुनुहुन्छ त्यसैगरी धर्म तथा परमात्मा समर्पित भएर आर्जन गरिएको धन मात्र साँचो सम्पत्ति -सर्वोपरि कल्याणकारी) हुन्छ।
यसरी प्राप्त लक्ष्मीको सानो कृपा -थोरै धन)बाट पनि असिम सुख एवं आनन्द प्राप्त हुन्छ।

लक्ष्मी प्राप्तिका परम्परागत मान्यता हामी हरेक वर्ष कार्तिक कृष्ण अमावस्याको साँझ धनधान्यकी देवी महालक्ष्मीको भक्तिभावपूर्वक पूजाआराधना गरी उहाँको अनुकम्पा -धनको प्राप्ति र वृद्धि) प्राप्त गर्ने कामना गर्छौं। यस अवसरमा सर्वहितकारिणी जगदम्बा महालक्ष्मीको प्रशन्नता कसरी प्राप्त हुन्छ भन्नेतर्फ पनि विचार पुर्‍याउनु आवश्यक छ।

लक्ष्मी प्राप्तिको कामना गर्नेले घरमा बेलुकी वा साँझ अँध्यारो राख्नु हुँदैन। घरको उत्तरपूर्वी कुना वा कोठा -पूजास्थल)मा नित्य -प्रतिदिन) दियो वा बत्ती बाल्नुपर्छ। अँध्यारो राख्नु दरिद्रता निम्त्याउनु हो। बेलुकी घरमा शान्त रहनुपर्छ अर्थात् पारिवारिक वातावरण शान्त हुनुपर्छ। पारिवारका सदस्यबीच परस्पर प्रेम, सद्भाव हुनुपर्छ, अनावश्यक होहल्ला गर्नु हुँदैन। कोलाहल र झगडा हुने घरमा लक्ष्मीको बास हुँदैन।

माता लक्ष्मीको प्रशन्नताका लागि नित्य पूजा-आराधना गर्नुपर्छ। जसरी टाढाबाट आफ्नो छोरा कहाँ आउँदा आमाको आदर सम्मान गरिँदैन भने लक्ष्मीमाता त्यहाँ आउदिनन् ठीक त्यसरी नै जगन्माता लक्ष्मीको पूजाको श्रद्धायुक्त स्वागत गरिँदैन भने त्यहाँ उहाँ-लक्ष्मी)को आगमन हँुदैन। पूजाबाटै अन्तरआत्माको स्थिर प्रेम तथा भक्तिभाव अभिव्यक्त हुन्छ।

बेलुकी वा रात्रीको खानपानपछि जुठो भाडाकुँडा राख्नु हुँदैन। जसरी हामी खाना खानासाथ हातमुख धुन्छौं त्यसरी नै खानाखान र पकाउन प्रयोग भएका भाडाकुँडा तत्कालै धुनुपर्छ। धेरै समय वा रातभर देवी देवताहरूलाई जुठो भाडाकुँडा देखाउनु हुँदैन। केटाकेटी हुन् वा ठूला मानिस कहिल्यै पनि निर्वस्त्र -सर्वाङ्ग नग्न) सुत्नु हुँदैन। शरीरमा एउटा न एउटा वस्त्र लगाएकै हुनुपर्छ। लक्ष्मी प्राप्तिका लागि लज्जाभावको रक्षा गर्नुपर्छ। लोकलाजको डर
राख्नुलाई दैवी गुण तथा गहना मानिएको छ।

घर आँगनमा तुलसी रोप्नुपर्छ। लक्ष्मीप्रति भगवान विष्णुको प्रतीक मानिने तुलसीमा धेरे रोग नाश गर्ने शक्ति हुन्छ। तुलसीको नित्य पूजा, दर्शन, स्पर्श तथा सेवनबाट रोग-शोक, दुःख एवं दारिद्रता नाश भै सुख-समृद्धि प्राप्ति हुने धार्मिक विश्वास छ। तुलसीको बोटबाट पर्याप्त अक्सिजन प्राप्त हुन्छ। जसलाई आयुर्वेदमा महाऔषधि मानिएको छ।

हरेक घर परिवारमा एउटा गाई पाल्नुपर्छ। गाईलाई लक्ष्मीका रूपमा मानेर प्रत्येक वर्ष गाई तिहार -कातिक कृष्ण औंसी) का दिन श्रद्धापूर्वक पूजा गर्नुपर्छ। हाम्रो संस्कृतिमा रुखोसुखो पराल खाएर आफ्ना सन्तानलाई परसारेर अमृततुल्य दूध दिइ आत्मतृप्त बनाइदिने गाईसँग हाम्रो सम्बन्ध माता-पुत्रको जस्तो छ। त्यसैले गाईलाई गौमाता भनिएको हो।

गाईको गोबरमा कीटनाशक क्षमता पनि हुन्छ। गाईको गौहुत शुद्धाशुद्धि -शुद्धिकार्य) का लागि प्रयोग गर्ने चलन छ। गाईको दूध, दही, घीउ आदिद्वारा निर्मित पञ्चमृत देवकार्य एवं पितृकार्यका अनिवार्य मानिन्छ।

अतिथिको स्वागत- सत्कार गर्नुपर्छ। घरमा आउने बन्धुबान्धव र अन्य आगन्तुकका अगाडि बाह्यहरूमा स्वागत गर्नु तर भित्र बेवास्ता गर्नु वा दिग्दार मान्नु हुँदैन। सधैं अतिथि देवो भवःको आदर्शलाई आत्मसात गर्नुपर्छ। उद्योग अर्थात् परिश्रम गर्न बिर्सनु हुँदैन। उद्योगी तथा परिश्रमिलाई नै माता लक्ष्मीले मन पराउनु हुन्छ। उहाँ निउद्योगी र अल्छी मानिसलाई रुचाउनु हुन्न। आकर्मण्यता र आलस्यताले दरिद्रता निम्त्याउँछ।

लक्ष्मीको कृपापात्र वा पि्रयपात्र बन्न चाहनेहरूले दुश्कर्म वा खराब काम भुलेर पनि गर्नु हुँदैन। जहाँ सुकर्म छ लक्ष्मी त्यहाँसद्बुद्धि, शान्ति र समृद्धिका रूपमा निवास गर्नुहुन्छ। जहाँ दृष्तता र कुकर्म छ त्यहाँ उहाँ यसको विपरीत रूपमा अर्थात् कुबुद्धि र अलक्ष्मीका रूपमा रहनुहुन्छ। लक्ष्मीका उपासकले यो पनि सम्झनु आवश्यक छ कि सज्जनहरूका लागि सज्जनता, पराक्रमीहरूको मितभाषिता, ज्ञानको शान्ति, विद्याको नम्रता, तपस्यामा अक्रोध सम्पत्ति हो। सबैभन्दा ठूलो सम्पत्ति असल स्वभाव नै हो।

नीतिवचनमा भनिएको छ- सूर्योदय र सूर्यास्तसम्म सुतिरहने, मैलो फोहोर लुगा लगाउने दाँतको मयल नफ्याक्ने व्यक्ति आदि भगवान विष्णु नै भए पनि लक्ष्मीले छाडिदिनुहुन्छ। अर्थात् उपरोक्त दोषयुक्त व्यक्तिलाई लक्ष्मीको अनुकम्पा प्राप्त हुँदैन। लक्ष्मी प्राप्तिको आकांक्षा राख्नेहरूले स्वच्छता र नियमपूर्वकको आचरणमा ख्याल राख्नुपर्छ।

हितोपदेश भन्छ- बेकार, अल्छी, भाग्यवादी र हिम्मत नभएकाहरूलाई लक्ष्मीले त्यसैगरी अँगाल्दिनन् जसरी तरुनी स्वास्नीले वृद्ध लोग्नेलाई स्वीकार्दिनन्। आलस्यता, रुग्नदेश, स्त्री तथा जन्मभूमिको प्रेम, क्रोध र भय यी छ महत्वपूर्ण बाधा हुन्। यी कारणले गर्दा मनुष्यले लक्ष्य प्राप्त गर्न सक्दैनन्।

लक्ष्मी कहाँ निवास गर्नुहुन्छ, कस्तो स्थान वा अवस्था माता लक्ष्मीको निवासका लागि अनुकूल -योग्य) हुन्छ भन्ने सम्बन्ध स्वयं लक्ष्मीले -श्री सुक्त र लक्ष्मी स्तोत्तमा) भन्नुभएको छ- जहाँ सज्जनहरूको सेवा हुन्छ, जहाँ निरन्तर भगवानको पूजा र अन्य धर्मकर्म गरिन्छ, जहाँ सत्यको पालना हुन्छ, पत्नी सन्तोषी र विनयी हुन्छिन स्त्री-पुरुषबीच झगडा हुँदैन, जहाँ नराम्रो काम हुँदैन। जहाँ दानका लागि धनको संग्रह हुन्छ र जहाँ गाईको रक्षा हुन्छ त्यहाँ मेरो निवास हुन्छ। अतः उपरोक्त भनाई मनन गरी व्यावहारिक जीवनमा अपनाउनाले श्रीवृद्धि र सौभाग्य वृद्धि भै जीवनधन्य हुन्छ।

Posted by: Raju Gurung

2 responses to “लक्ष्मीपूजाको महत्व

  1. the way people play bhaili in cities like pokhara i hate those part playing even for 4-5 days still after the tihar has ended

  2. Happy Laxmi pooja sada लक्ष्मीपूजाको महत्व

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.