रक्की माउण्टेन फ्रेण्डस अफ नेपालद्वारा दशै-तिहार कार्यक्रम सफलतापूर्वक सम्पन्न


आचार्य प्रभा, डेन्वर/कोलोराडो

अक्टोबर २४ । नेपालीहरुको महान पर्व दशै-तिहारको शुभ-उपलक्षमा आर.एम.एफ.एन ले यही अक्टोबर २२ तारिखको साँझ सम्पूर्ण कोलोराडोबासीहरुलाई एकत्रित गरेर धुमधामका साथ शुभकामना साँझ सम्पन्न गर्‍यो । कार्यक्रममा अमेरिकन नागरिक तथा ११ जिल्ला प्रतिनिधि देव गार्डनरको उपस्थितीले पनी हामी नेपालीहरु र नेपालीको चाड पर्वलाई अझ प्रेरणा र कला संस्कृतिको पहिचान भएको आभास मिलेको थियो । देव गार्डनरले आफुलाई यसरी नेपालीहरुको महान पर्वमा सामेल भएर शुभकामना साटासाट गर्न पाउँदा आफु अति हर्षित भएको बताउँनु भएको थियो ।

उक्त कार्यक्रममा आर.एम.एफ.एन का नव-नियुक्त अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठले स्वागत भाषण दिनु हुँदै सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई महान पर्व दशै-तिहारको शुभकामना पनी चढाउनु भएको थियो । आफ्नो स्वागत मन्तब्यमा वहाँले आफ्नो देश छाडेर प्रवासमा आए पनी हामी नेपालीहरुले सधैं एकै मन बचन र कर्तब्यले हामी एक हुनुपर्छ र हामीले जहाँ बसेपनी आफ्नो रीतिरीवाज, कला-संस्क्रिती र धर्मलाई छाड्नु हुँदैन । हामीले सधैं यसरी एकत्रित भएर हामी नेपाली हुनुको परिचय दिनुपर्छ भन्ने भावना ब्यक्त गर्दै सम्पूर्ण उपस्थित महानुभावहरुलाई हृदयबाट नै स्वागत गर्नु भएको थियो ।

यस पटकको यो संस्थाको अर्को प्रमुख आकर्षण भने कोलोराडोकै अर्को मुख्य संस्था “नेपाली घरका” सदस्यहरुको उपस्थिती थियो । यसरी दुई संस्था एक मन चित्तले एउटै थलोमा भेला भएर औसत महानुभावहरुले नेपाली राष्ट्रिय पोषाक दौरा, सुरुवालमा सजिएको द्रिष्य देख्न पाउँदा साँच्चै मन खुशी र उमङले गदगद बनेको थियो ।

कार्यक्रममा भिबिन्न सांस्कृतिक कार्यक्रम पनी समावेश गरिएको थियो । सदा झैं कार्यक्रमलाई रोचक र घोचक बनाउँन नेपालकै ख्याती प्राप्त कलाकारहरु निर्मल प्याकुरेल, कृष्ण मुरारी ढुङेल र नव-कलाकार कुमार जंग कार्कीले स्टेजमा नाटक प्रदर्शन गरी सम्पूर्ण दर्शकहरुलाई भरिपूर्ण मनोरन्जन दिनुभएको थियो । कार्यक्रमकै अर्को प्रस्तुतिमा न्रित्यहरु प्रदर्शन गरिएको थियो । न्रित्य प्रदर्शन गर्नेहरुमा पुष्प घिमिरे, टिका अधीकारी, शिवाजी रेग्मी, आस्थमा अधीकारी, सोना श्रेष्ठ, एन्जिला शेर्पा, प्रीती आचार्य, प्रितीना श्रेष्ठ, सोनम शेर्पा, निशाका श्रेष्ठहरु हुनुहुन्थ्यो ।

कार्यक्रमको अर्को चरणमा देउसी खेलेर “नेपाली घर” र “रक्की माउण्टैन” परिवारले साँच्चै नै तिहार आएको महसुश गराउँनु भएको थियो भने सोही अनुसार सम्पूर्ण दिदीबहिनीहरुले त्यही प्रांगणमा भैलिनी खेलेर लक्ष्मी पूजाको तिर्सना मेटाई दिनु भएको थियो । यसरी उक्त कार्यक्रम बडो सौहार्द र मनोरन्जनमय बनेर समापन भएको थियो ।

उक्त कार्यक्रममा मीठामीठा नेपाली परिकारका भोजनको पनी ब्यवस्था गरिएको थियो भने सबै दिदी बहिनीहरुले बडो आत्मियताको साथ सेवा गरिरहेको पनी देखिन्थ्यो। रक्की माउण्टैनले गरेको यो दशै तिहार कार्यक्रम छोटो मीठो हुनुको साथै मनोरन्जन पूर्ण पनी थियो । प्रवासमै रहेर पनी यस्ता कार्यक्रमहरु गरिनुले यँही जन्म भएका हाम्रा नेपाली बाल बालिकाहरुलाई पनी स्वदेशको कला, संस्क्रितिबाट बहिष्क्रित हुनु नपर्ने र उनिहरुले पनी आफ्नो मौलिकता लाई आत्मसात गर्न सक्ने उदेश्यले यस्ता कार्यक्रमहरु भई रहनु पर्ने र गरीनु पर्ने उदेश्य यो संस्थाको रहेको बिगतदेखी नै सर्व बिदितै छ । अन्त्यमा भन्नै भर्ने मुख्य उदेश्य के हो भने यो पटक कोलोराडोको दुई संस्था “आर.एम.एफ.एन” र “नेपाली घर” बिचको सेतु बनेर नवनियुक्त अध्यक्ष सुरेन्द्र श्रेष्ठले जुन भूमिका निभाउँनु भयो त्यस्कोलागी औसतले वहाँलाई बधाई ज्ञापन पनी गर्नु भएको थियो र यसरी सबैको मन बिचार मिल्न सक्नु र “नेपाल एक नेपाली एक”को पहिचान हुनु एउटा मीठो उदाहरण पनी बनेको थियो ।

उक्त कार्यक्रमलाई मनमोहक तरिकाले संचालन गरेर नबोदिता के.सि र पासँङ शेर्पाले अझ थप आकर्षित बनाएका थिए । कार्यक्रममा कोलोराडोका अन्य बिभिन्न संस्थाहरुले पनी आबद्ध भएर सो कार्यक्रमलाई थप् सहयोग गरेको थियो । कार्यक्रमको अन्त्यमा “डान्स पार्टी” संचालन गरेर नव युवा,युवती लगायत सम्पूर्ण न्रित्य प्रेमीहरुलाई न्रित्यमा झुम्न लगाई अझ मनोरन्जनपूर्ण बातावरण बनाइदिएको थियो । उक्त कार्यक्रममा सबैले आ-आफ्ना तर्फबाट सक्दो सहयोग गरेका थिए । कार्यक्रममा नेपालकै पुराना चर्चित गायिकाहरु उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ,(आर.एम.एफ.एनका भुतपुर्व अध्यक्ष) नीलम श्रेष्ठ, उषा किरण अधीकारी, हिरण्य भोजपुरेको पनी उपस्थितिले अझ कार्यक्रममा सुनमा सुगन्ध बढेको थियो । यसरी कोलोराडोबासीहरुले यो पटक पनी प्रवासमै रहेर पनी आफ्ना चाड पर्व मनोरन्जन पूर्ण मनाउँने सौभाग्य पाए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.