माओवादी नेताको अध्यक्षतामा क्रिकेट संघ पुनर्गठन


८ कार्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले माओवादी केन्द्रीय सदस्य टंक आङ्बुहाङको अध्यक्षतामा नेपाल क्रिकेट संघ क्यान पुनर्गठन गरेको छ । विनयराज पाण्डेको अध्यक्षतामा रहेको वर्तमान तदर्थ समितिले आफूले दिएको समयसीमा भित्र साधरण सभा तथा निर्वाचन गर्न नसकेको भन्दै राखेपले खेलकुद विकास नियम २०४९ अनुसार आङ्बुहाङको अध्यक्षतामा पुनर्गठन गरिएको जनाएको छ ।

अन्तरिम व्यवस्थापिका संसदका सभासद रहेका आङ्बुहाङ संविघानसभा निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर २ बाट पराजित हुनु भएको थियो । ६० दिन भित्र समय सापेक्ष विधान परिमार्जन गरी साधारण सभा गरेर निर्वाचन सम्पन्न गर्ने सर्तमा नयाँ कार्यसमिति गठन गरिएको राखेप सदस्य सचिव युवराज लामाद्धारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख छ ।

पुनर्गठित २३ सदस्यीय तदर्थ समितिको ६ उपध्यक्षमा रामचन्द्र शर्मा, तारणी विक्रम शाह, चतुर वहादुर चन्द, श्रीनिवास शम्शेर ज.व.रा., केशव घिमिरे र सुनिलमान अमात्य रहेका छन् भने महासचिवमा अशोक मान प्याकुरेल, सचिवमा ठाकुर प्रसाद पहाडी र कोषाध्यक्षमा राजुबाबु श्रेष्ठ रहेका छन् । यसैगरी १३ जना सदस्य रहेका छन् ।

Posted by: Jay Ale                                               Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.