Daily Archives: 26/10/2011

कुवेतमा देउसी-भैलो भब्यताका साथ खेलिंदै


जय आले, कुवेत  

कुवेतमा आज लक्ष्मी पूजाको दिन बेलुकीको ७.०० बजेदेखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सकृयतामा देउसी-भैलो कार्यक्रम भव्यताका साथ चलिरहेको छ । यो देउसी-भैलो क्लवको आयोजनामा आगामी फेब्रुअरी २०१२ मा सञ्चालन हुन गईरहेको दोश्रो सार्क स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) को सहयोगार्थ खेलिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हाँस्य-ब्याँङ्ग्याग्त्मक देउसे भैलो…२०६८!


सिस्नु पानी हाँस्य-ब्याँङ्ग्याग्त्मक देउसे भैलोका केही अंश मात्र…

ए भन भन भाई हो – के भन्ने?
देउसिरे भन – नभन्ने
स्वर मिलाई भन – नभन्ने
भन्नेचाहीं के त? – मिसावट
मिठाई हाम्रा – मिसावट
दबाई हाम्रा – मिसावट पढ्नेक्रम जारी राख्नुहोस्

बिपा विवादमा स्थायी समिति निश्कर्षविहीन, केन्द्रीय समितिले टुंगो लगाउने


सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने सहमति-
काठमाडौँ, कात्तिक ९ – एकीकृत माओवादीको स्थायी समितिको बैठकले बिपा विवादमा कुनै टुंगोमा पुग्न नसकेपछि केन्द्रीय समितिले यस’bout निर्णय गर्ने भएको छ। आज बिहान सम्पन्न बैठकले केन्द्रीय समितिले यस विषयमा निर्णय नगरेसम्म सार्वजनिक रुपमा यस विषयमा टिकाटिप्पणी नगर्ने सहमति पनि भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संसारकै अग्लो टावरमा नेपालीको पनि योगदान


दिनेश रेग्मी, यूएई

दुबई, कार्तिक ९ । संयुक्त अरब इमिरेट्स (यूएई) को एक स्वायत्त प्रान्त (इमिरेट) दुबईस्थित संसारकै अग्लो टावर ‘बुर्ज खलिफा’ निर्माणमा नेपालीले पनि विशेष योगदान पुर्‍याएको भेटिएको छ । विशेष योगदान पुर्‍याउने व्यक्तिहरूको फोटो राखिएको लहरमा दुई नेपालीको पनि फोटो राखिएको छ । १ सय ६० तलाको ८ सय २८ मिटर अग्लो बुर्ज खलिफा संसारकै मानव निर्मित अग्लो टावर हो । करिब साढे ५ वर्ष लगाएर तयार गरिएको यो टावर गत वर्षदेखि सबैका लागि खुला छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी नेताको अध्यक्षतामा क्रिकेट संघ पुनर्गठन


८ कार्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले माओवादी केन्द्रीय सदस्य टंक आङ्बुहाङको अध्यक्षतामा नेपाल क्रिकेट संघ क्यान पुनर्गठन गरेको छ । विनयराज पाण्डेको अध्यक्षतामा रहेको वर्तमान तदर्थ समितिले आफूले दिएको समयसीमा भित्र साधरण सभा तथा निर्वाचन गर्न नसकेको भन्दै राखेपले खेलकुद विकास नियम २०४९ अनुसार आङ्बुहाङको अध्यक्षतामा पुनर्गठन गरिएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज महाकवि देवकोटाको १०२ औं जन्मजयन्ती


९ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एकसय दुई औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । बाल्यकालमा नै अमरकोश घोकेका तथा स्तोत्रमाला पढेका देवकोटाले दस वर्षको उमेरमा कविता लेख्न सुरु गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

रक्की माउण्टेन फ्रेण्डस अफ नेपालद्वारा दशै-तिहार कार्यक्रम सफलतापूर्वक सम्पन्न


आचार्य प्रभा, डेन्वर/कोलोराडो

अक्टोबर २४ । नेपालीहरुको महान पर्व दशै-तिहारको शुभ-उपलक्षमा आर.एम.एफ.एन ले यही अक्टोबर २२ तारिखको साँझ सम्पूर्ण कोलोराडोबासीहरुलाई एकत्रित गरेर धुमधामका साथ शुभकामना साँझ सम्पन्न गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

लक्ष्मीपूजाको महत्व


– रत्नबहादुर बस्नेत

दसैंपछिको ठूलो चाड हो- तिहार । केटाकेटीदेखि बूढाबूढीसम्म सबैको मन जित्न सफल सांस्कृतिक पर्व तिहारलाई यमपञ्चक, दीपावली, लक्ष्मीपूजा आदि नामले चिनिन्छ । लक्ष्मीपूजा यो पर्वको मुख्य दिन र मूल विशेषता हो । जसरी दसैंमा गरिने दुर्गापूजा दुष्टता र दुर्गति नाशका लागि प्रसिद्ध छ त्यसैगरी लक्ष्मीपूजा धनधान्य र सम्पन्नता प्राप्तिका लागि प्रसिद्ध मानिन्छ । मानवजीवनमा धनवल, जनवल र विद्यावल गरी तीन बलको सर्वाधिक महत्त्व छ । त्यसैमध्ये धनकी ऐश्वर्यदेवी महालक्ष्मी हुन् । माता लक्ष्मीको सत्ता र अस्तित्वबिना संसार सञ्चालन हुन सक्दैन । पढ्नेक्रम जारी राख्नुहोस्