Daily Archives: 25/10/2011

तमू समाज, कुवेतद्वारा ल्होछार पर्व ३० डिसेम्बर २०११ मा मनाइने


– राजु गुरुङ, कुवेत

बिगतमा झै तमू समाज, कुवेतले यस बर्षको ल्होछार पर्व पनि धुमधामका साथ यही आगामी डिसेम्बर महिनाको ३० तारिख, शुक्रबारका दिन मनाउने भएको छ । समाजका अध्यक्ष अमर तमूको अध्यक्षतामा गत शुक्रबार बसेको कार्यसमितिको मासिक बैठकले सो निर्णय गरेको हो । ल्होछार पर्व मनाईने स्थान हालसम्म नतोकिएको भएपनी भरसक कुवेतबासी नेपालीहरुलाई पाएक पर्ने स्थानको अवलोकन गरी अर्को सूचना मार्फत चाँडै नै सूचित गर्ने कुरा समाजले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काजकिरिया : १३ होइन ३ दिन


 – निर्मला शर्मा

चितवनका मुक्तिनाथ दाहालको निधनमा छोरा पुष्पकमल दाहाल (प्रचण्ड) ले काजकिरिया नै गरेनन् । दागबत्ती दिएर उनी काठमाडौं फर्किर्ए भने भाइ गंगाराम पनि १३ दिनसम्म कोरामा बसेनन् । मुलुकको सबैभन्दा ठूलो दलका नेता भएका कारण ‘प्रचण्ड’लाई सामाजिक बहिष्कार वा टिकाटिप्पणी गर्ने हिम्मत कसैमा भएन । बरु मिडियाले यसलाई चर्चित बनाइदियो । तर प्रचण्ड र दाहाल परिवारको यो पारिवारिक निर्णयलाई एउटा सामाजिक आन्दोलनका रूपमा अगाडि बढाउनु जरुरी छ । पढ्नेक्रम जारी राख्नुहोस्