लिबियामा राष्ट्रिय मुक्तिको घोषणा


लिबियाको अन्तरिम सरकारले बेनगाजीमा हजारौं समर्थकहरुको अगाडि राष्ट्रिय मुक्तिको घोषणा गरेको छ । कर्नल मोअम्मार गद्दाफीको शासन विरुद्ध विद्रोह सुरु भएकै ठाउँमा अन्तरिम सरकारले लिबिया स्वतन्त्र भएको घोषणा गरेको हो । नेशनल ट्रान्जिसनल काउन्सिलका नेता मुस्तफा अब्दुल जलीलले सबै आपसी मतभेद् र द्वैषलाई बिर्सेर नयाँ राष्ट्र निर्माणको बाटोमा लाग्न नागरिकलाई आह्वान गर्दै स्वतन्त्र लिबिया बनाउन क्रान्तिमा भाग लिने सबै नागरिकलाई जलीलले धन्यवाद पनि दिए । उहाँले घृणाको भावना त्यागेर अब लिबियाको भविष्यको लागि एकजुट भएर लाग्न पनि आग्रह गरे । अन्तरिम परिषद्का उपप्रमुख अब्दुल हाफिज घोगाले लिबिया अब स्वतन्त्र भएको बताउँदै हरेक लिबियालीलाई खुसीयाली मनाउन आह्वान गरे ।

कर्नल गद्दाफीको गएको बिहीबार हत्या भएको थियो । नेटोको सहयोगमा अन्तरिम सरकार समर्थक फौजले सिर्तमा कब्जा जमाएको थियो । कर्नल गद्दाफीको मृत्युको स्वतन्त्र जाँच गरिनुपर्ने माग उठिरहेको बेला पोष्टमार्टम रिपोर्टमा गद्दाफीको गोली हत्या गरिएको खुलेको छ । राष्ट्रिय मुक्तिको घोषणा गरिसकेपछि अन्तरिम सरकारले अर्को वर्षको जून महिनामा चुनाव गर्ने प्रस्ताव गरिसकेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाली जनतालाई बधाई दिनुभएको छ । राष्ट्रपति ओबामाले चार दशक लामो तानाशाही व्यवस्थाको अन्त्य गर्न लिबियाली जनताले चलाएको आठ महिने आन्दोलनपछि लिबिया अब नयाँ युगमा प्रवेश गर्न सफल भएको उल्लेख गरेका छन् । नेटो प्रमुख एन्डस्र फाग रैममुसनले पनि लिबिया स्वतन्त्रताको स्वागत गरेका छन् । यसैगरी बेलायती विदेशमन्त्री विलियम हेगले लिबियाली जनताको जित ऐतिहासिक भएको उल्लेख गर्दै बधाई दिएका छन् ।

Posted by: Jay Ale                                                    Source: D-Shree

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.