पुरुष साथीहरु यदि तपाइँ पिता बन्न इच्छुक हुनुहुन्छ भने जंक फुडलाई आजैदेखि बाइबाइ गर्नुहोस् । पछिल्लोपटक गरिएको एक अनुसन्धानले पिज्जा, चिप्स, चाउचाउ तथा अन्य स्न्याक्स जस्ता जंक फुड खाने पुरुषहरुमा प्रजनन क्षमता कम हुने तथ्य पत्ता लगाएको छ ।
अमेरिकाको हार्वड विश्वविद्यालय र स्पेनको मर्सिया पोषण विश्वविद्यालयका डाक्टरहरुले गरेको पछिल्लो अनुसन्धानका अनुसार जंक फुडको सेवनले पुरुषको प्रजनन क्षमतामा सिधा असर पुराउँछ ।
अनुसन्धानका क्रममा डाक्टरहरुले १८ देखि २० वर्ष उमेर समूहका १ सय ८८ युवकमा परीक्षण गरेका थिए । ती मध्ये आधाजसोलाई सलाद, फल, दूध तथा अन्य पौष्टिक पदार्थ खान दिइयो । अरु आधा युवालाई जंक फुडमात्र खान दिइयो । यसपछि सबै युवकको विर्यको जाँच गरिएको थियो । यसरी विर्यको जाँच गर्दा के पाइयो भने जंक फुड खाने युवकहरुको विर्यमा स्वस्थ शुक्रकिटको संख्या फलफूल तथा दूध जस्ता पौष्टिक पदार्थ खाने मा भन्दा निकै कम पाइयो ।
शोधमा संलग्न समूहका प्रमुख आन्द्रे गास्किनले ताजा फल, माछा, अंकुरित अनाज, तथा दूधले प्रजनन स्वास्थ्यमा फाइदा पूराउने बताउँछन् ।
Posted by: Jay Ale Source: Onlinekhabar