काजकिरिया : १३ होइन ३ दिन


 – निर्मला शर्मा

चितवनका मुक्तिनाथ दाहालको निधनमा छोरा पुष्पकमल दाहाल (प्रचण्ड) ले काजकिरिया नै गरेनन् । दागबत्ती दिएर उनी काठमाडौं फर्किर्ए भने भाइ गंगाराम पनि १३ दिनसम्म कोरामा बसेनन् । मुलुकको सबैभन्दा ठूलो दलका नेता भएका कारण ‘प्रचण्ड’लाई सामाजिक बहिष्कार वा टिकाटिप्पणी गर्ने हिम्मत कसैमा भएन । बरु मिडियाले यसलाई चर्चित बनाइदियो । तर प्रचण्ड र दाहाल परिवारको यो पारिवारिक निर्णयलाई एउटा सामाजिक आन्दोलनका रूपमा अगाडि बढाउनु जरुरी छ । त्यसो त बाबुआमाको काजकिरिया नगर्ने प्रचण्ड पहिलो व्यक्ति होइनन् । बीपी कोइरालाले बाबुको किरिया गरेनन् । बीपीले आफ्नो पनि काजकिरिया नगर्नु भनेका थिए । कतिपयले प्रधानमन्त्रीको दौडमा लागेको आरोप लगाए पनि माधवकुमार नेपालले पनि आमाको किरिया गरेनन् । माओवादी सभासद नरेन्द्र कुँवर र लेखक खगेन्द्र संग्रौला पनि सेतो वस्त्र धारण गरेर बसेनन् । उनीहरूले नत पिण्ड दिने संस्कृति नै अवलम्बन गरे । खोज्दै जाने हो भने यस्ता सन्तानको सूची लामो हुनसक्छ ।

अरू धर्म-संस्कृतिभन्दा हिन्दु मान्यताअनुसार, किरिया बस्ने परम्परा अनौठो छ । बाबुआमाको निधन भएपछि छोरा-बुहारीले १३ दिन किरिया बस्नुपर्छ । पितृसत्ताको बोलवाला भएका कारण किरिया बस्ने क्रममा पनि आमा, छोरी र बुहारीलाई गरिने अतिरिक्त विभेदहरू उत्तिकै आपत्तिजनक छन् । तर छोरालाई पनि १३ दिन किरिया बस्न उत्तिकै कठिन छ । यो अवधिमा अवलम्बन गरिने विधिहरू यतिविघ्न पाखण्डी, अवैज्ञानिक र पीडादायी छन्, भनिसाध्य छैन । पृथ्वीमा गरेको दान परलोकमा पितृलाई प्राप्त हुने जस्ता अपत्यारिला कथाहरू सुनाइन्छ ।
सेतो कोराको लुगामा बस्नुपर्छ । खाली खुट्टाले हिँड्नुपर्ने र परालमाथि सुत्नुपर्छ भन्ने मान्यता छ । किरियापुत्रीका लागि पानी, खाद्यान्न अरूले छुनुहुन्न । खेतबारीमा पकाएर नुनबिनाको भात खानुपर्छ, तरकारी बेगर । आफूलाई एकदमै कष्ट दिएर १३ दिन बिताएपछि मात्रै बाबुआमा अथवा आफूले मान्ने मान्छे स्वर्ग जाने विश्वासमा यी कामहरू गरिन्छन् । हिजोआज सामाजिक डर मान्दै पनि कतिपयले १ वर्षसम्म र आफूलाई आधुनिक बताउने छोरा र श्रीमतीले ४५ दिनमा सेता लुगाको साटो सामान्य लुगा लगाउन थालेका छन् ।

आफ्ना बाबु, आमा वा मान्यजनप्रति श्रद्धा गर्ने कामकै सिलसिला हो, काजकिरिया पनि । त्यसैले उनीहरूको योगदान सम्भिmएर श्रद्धा व्यक्त गर्नु एकदमै जरुरी छ र त्यो आवश्यक पनि छ । तर एक्काइसौं शताब्दीमा आएर बाबुआमा स्वर्ग जाने नाममा हदैसम्मका अविश्सनीय र कष्टसाध्य काम गर्नु संस्कार होइन, यो त कुसंस्कार हो । किरिया बसेको तीन वा पाँच दिनपछि सुनाइने गरुड पुराण लगायतका कथाहरू यतिविघ्न हावादारी छन्, ती सुन्दै लाज लाग्ने खालका छन् । लैंगिक हिसाबमा त झनै ढोँगी छ, गरुड पुराण । आजको लोकतान्त्रिक समाजले यसलाई पूरै खारेज गर्नुपर्छ, यात यसको परिमार्जन गर्नुपर्छ ।

प्रचण्डले कोट, पाइन्ट, सर्ट र टाईमा सजिएर बाबुको लास उठाउने र दागबत्ती दिने काम गरे । यसमा आ-आफ्ना विचार हुनसक्छन् । बाबुप्रति श्रद्धाञ्जली दिन उपस्थित हुँदा उनको पोसाक र हाउभाउ त्योभन्दा भिन्न भए हुन्थ्यो भन्ने कतिलाई लाग्ला । मेरो विचारमा प्रचण्डले कुनै गल्ती गरेका छैनन् । किनकि सामाजिक परिवर्तनको अभियानमा कसै न कसैले कुसंस्कारका सीमाहरू मिच्नैपथ्र्यो ।

दुःख परेका बेला इष्टमित्र भेट्न आउनु स्वाभाविक मानिन्छ । हिजोआज १३ दिनसम्म कसैलाई नछोई किरिया बस्न सम्भव छैन । ‘पहिले-पहिले कृषिमात्र मुख्य पेसाको रूपमा थियो । तर आजभोलि धेरै पेसा र व्यवसाय चलाएर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि काजकिरिया गर्ने १३ दिने अवधि छोट्याउनुपर्छ’ भन्छन् संस्कृतिविद मोदनाथ प्रश्रति । प्रश्रतिका भनाइमा, १३ दिन अति नै लामो भयो भनेर कर्मकाण्ड महासंघले पनि ३ दिन अथवा धेरैमा ५ दिन किरिया बसे पुग्ने प्रस्ताव गरे पनि अहिलेसम्म यो क्रम सुरु हुनसकेको छैन । बाँचुन्जेलसम्म आफ्ना आमाबुबाका लागि १३ दिन सँगै बसेर माया गर्न समय नभएका लागि मरेपछिको १३ दिनको कुनै औचित्य हुँदैन । त्यसैले कसैलाई माया र स्नेह दिने हो भने बाँचुन्जेल नै दिउँ । बाँचुन्जेल गर्न नसकेको कर्तव्यलाई मरेपछि पूरा गर्ने संस्कारलाई त्याग्नैपर्छ  ।

कसैको निधनमा उसका परिवारका सदस्यको भावना संवेदनशील हुन्छ । त्यस्तो अवस्थामा उनीहरू समाज वा छिमेकीको डरले अन्धविश्वास पछ्याउन विवश हुन्छन् । त्यसैले समाजमा आधुनिक सोचाइ राख्ने हरेकजसो व्यक्ति काजकिरियाको यो अवधि छोट्याउनुपर्छ र यसलाई वैज्ञानिक बनाउनुपर्छ भन्ने पक्षमा हुँदाहुँदै पनि परिवर्तनको कदम उठाउने आँट गर्न सक्दैनन् । अहिले प्रचण्डले आँट गरेका छन् । यसको स्वागत गर्नुपर्छ ।

हामीले धर्म र संस्कृतिसँग सम्बद्ध दसैं-तिहारजस्ता पर्वमा दिने विदा छोटो पार्दै लगेका छौं । यस परिवेशमा अब काजकिरियाजस्ता संस्कारको अवधि पनि घटाउँदै लैजानुपर्छ । यसको अगुवाइ सरकारले नै गर्न सक्छ । किनकि निजामती, प्रहरी, सेना, शिक्षक लगायतका क्षेत्रमा किरिया विदा दिँदा १३ दिन दिने गरेको छ भने अब त्यसलाई ३ दिनमा झार्नुपर्छ । यसपछि समाजले आफैं यसको अनुशरण गर्न थाल्छ । यस्ता कुसंस्कारलाई सच्याएर समयसापेक्ष बनाउने कामको अगुवाइ गर्न सरकार अघि सर्ने बेला आयो ।

काजकिरिया गर्ने काम भनेको मृतकप्रति श्रद्धाञ्जली दिने कार्यक्रममात्रै हो । त्यस अवसरमा आफन्त र मित्रहरू बोलाएर क्षमताअनुसार मृतकको सम्मानमा फूलगुच्छा चढाएर श्रद्धा गर्न सकिन्छ । त्यसपछि वाषिर्क रूपमा उनको सम्झनामा श्रद्धासुमन चढाउन सकिन्छ, सहिद दिवस मनाएझैं । यसो भएमा मरेर जानेप्रति श्रद्धाञ्जली अर्पण गर्न पनि सकिन्छ र नचाहिँदा सामाजिक कुसंस्कार बोकेर हिँडिरहनु पनि पर्दैन । कथित समाज र छिमेकीका डरले यस्तो कुसंस्कार बोकेर हिँडिरहने हो भने सामाजिक परिवर्तन सम्भव हुनसक्दैन ।

Posted by: Raju Gurung

2 responses to “काजकिरिया : १३ होइन ३ दिन

  1. Yehi ho kaliyug bhaneko…. tyahi baba aama jasle aphno sara jiwan chora chori bhanera bina kunai pida bodh nagari harek second hamro herchaha ani hamro khusi ko lagi balidaan dinchan…tiniharuko lagi sirph 13 din shraddha basda pani thulo bhayo… Hunata ma kunai hindu hoina ra bastabma ma kunai dharma pani mandina… sabaima mero utinai aashtha cha… Mero bicharma dharma bhaneko jindagi jiune bato ho… yata timile tyo bato nai chodi deu yata bato galat bhandai tyahi bato nahida… jabo 13 din dina nasakne le kasari thaha pauna sakcha tyo barsauko tyag ani tyo har second ko pida bata gugreka haruko dukha lai… timi paralma sutne kura garchau… jau hera tyo sadakko petima cartoon ko kholma suteka baccha harulai… jo 13 din haina barsau sutchan tyahi abasthama… tara timi sayed tyatiko umer ma nyano sirak bhitra suteka thiyau hola…pharak yeti ki tyaso baba ama chainan…ani timro chan… sayed timi busy chau… kudeko kudekai chau… tara mitra k ko lagi???? jaba timi sanga timro baba amako lagi 13 din chaina… ta timi sanga k cha..?? ani k ko lagi kudchau??? tyahi chora chori… jasle pachi timilai dagbatti pani dinnan kunai hospitalko bed ma useless product bhanera marnako lagi chadchan… tara mitra galti uniharuko hoina… galti uniharuko hoina galti hamro ho jasle byaktigat phaidako lagi j pani aaphu anukul pariwartan garyau/Garna gae raheka chau… ma pariwartanko bipachchi hoina… tara pani sabailai belaima chetana hos bholiko barema taaki tyo hospitalko bed ma useless product bhayera thankinu parda jyada pida nahos bhanne mero kamana ho… bhanchan duniyako yeuta kunama kunai sano putalile usko pankha hallauda duniyako arko kunai kunama thulo bhumari aaucha re…belaima chetana bhaya…pakhandiko bharma parera gharko na ghatko bhayiyela….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.