Daily Archives: 25/10/2011

जापानी युवतीमा कुकुर दाँत बंग्याउने फेसन (फोटो फिचरसहित)


अमेरिकीहरु दाँत सिधा पार्न, चम्काउन तथा उपचारका लागि ठूलो रकम खर्च गर्छन् । अमेरिकी स्वास्थ्य तथा मावन सेवा मन्त्रालयले सन् २०१२ मा दाँतकै लागि अमेरिकीले १ खर्ब डलर भन्दा बढि खर्च गर्ने अनुमान गरेको छ । तर जापानमा भने दाँत बंग्याउने अनौठो फेसन चलेको छ । जापानका युवतीहरुमा अहिले धमाधम माथिल्ला दुइवटा चोर दाँत अगाडितिर बंग्याउने फेसन चलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जंक फुड खाने पुरुष बाँझो हुने सम्भावना


पुरुष साथीहरु यदि तपाइँ पिता बन्न इच्छुक हुनुहुन्छ भने जंक फुडलाई आजैदेखि बाइबाइ गर्नुहोस् । पछिल्लोपटक गरिएको एक अनुसन्धानले पिज्जा, चिप्स, चाउचाउ तथा अन्य स्न्याक्स जस्ता जंक फुड खाने पुरुषहरुमा प्रजनन क्षमता कम हुने तथ्य पत्ता लगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

क्रिकेट संघ पुनर्गठनको तयारी


८ कात्तिक, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री कमला रोकाले नेपाल क्रिकेट संघ पुनर्गठनको तयारी गर्नुभएको छ ।मन्त्री रोकाले टंक आङबुहाङको नेतृत्वमा २१ सदस्यीय क्रिकेट संघ पुनर्गठनको अन्तिम तयारी गर्नुभएको स्रोतले जनाएको छ । आङबुहाङ सरकार नेतृत्वकर्ता एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं लिम्बुवान राज्य समितिका सचिव हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

लिबियामा राष्ट्रिय मुक्तिको घोषणा


लिबियाको अन्तरिम सरकारले बेनगाजीमा हजारौं समर्थकहरुको अगाडि राष्ट्रिय मुक्तिको घोषणा गरेको छ । कर्नल मोअम्मार गद्दाफीको शासन विरुद्ध विद्रोह सुरु भएकै ठाउँमा अन्तरिम सरकारले लिबिया स्वतन्त्र भएको घोषणा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारी पात्रोमा नेपाल संवत् उल्लेख गर्ने सरकारको निर्णय


काठमाडौँ, कात्तिक ८ – राष्ट्रको नामबाट प्रचलनमा रहेको नेपाल संवतलाई व्यवहारमा कार्यान्वयन गर्न यसलाई सरकारी पात्रोमा उल्लेख गर्ने र एउटा कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद्‍को आजको बैठकले गरेको छ। तीन वर्षअघि सरकारले नेपाल संवत्‌लाई राष्ट्रिय संवत् भएको घोषणा गरेको थियो।  अघिल्ला सरकारहरुका पालामा पनि यस संवत्‌लाई व्यवहारमा कार्यान्वयन गर्न अध्ययन गर्ने भन्दै पटक पटक समिति गठन भइसकेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

दिपावलीको शुभकामना !!


तमू समाज, कुवेतद्वारा ल्होछार पर्व ३० डिसेम्बर २०११ मा मनाइने


– राजु गुरुङ, कुवेत

बिगतमा झै तमू समाज, कुवेतले यस बर्षको ल्होछार पर्व पनि धुमधामका साथ यही आगामी डिसेम्बर महिनाको ३० तारिख, शुक्रबारका दिन मनाउने भएको छ । समाजका अध्यक्ष अमर तमूको अध्यक्षतामा गत शुक्रबार बसेको कार्यसमितिको मासिक बैठकले सो निर्णय गरेको हो । ल्होछार पर्व मनाईने स्थान हालसम्म नतोकिएको भएपनी भरसक कुवेतबासी नेपालीहरुलाई पाएक पर्ने स्थानको अवलोकन गरी अर्को सूचना मार्फत चाँडै नै सूचित गर्ने कुरा समाजले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काजकिरिया : १३ होइन ३ दिन


 – निर्मला शर्मा

चितवनका मुक्तिनाथ दाहालको निधनमा छोरा पुष्पकमल दाहाल (प्रचण्ड) ले काजकिरिया नै गरेनन् । दागबत्ती दिएर उनी काठमाडौं फर्किर्ए भने भाइ गंगाराम पनि १३ दिनसम्म कोरामा बसेनन् । मुलुकको सबैभन्दा ठूलो दलका नेता भएका कारण ‘प्रचण्ड’लाई सामाजिक बहिष्कार वा टिकाटिप्पणी गर्ने हिम्मत कसैमा भएन । बरु मिडियाले यसलाई चर्चित बनाइदियो । तर प्रचण्ड र दाहाल परिवारको यो पारिवारिक निर्णयलाई एउटा सामाजिक आन्दोलनका रूपमा अगाडि बढाउनु जरुरी छ । पढ्नेक्रम जारी राख्नुहोस्