इजरायलमा “इजरायली भूमिमा नेपाली कलमहरू” र “लुङ्मारी मिथक” एकैचोटि विमोचित


कुमार पौडेल, इजरायल

२२ अक्टुबर २०११ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति “इजरायली भूमिमा नेपाली कलमहरु” को आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ । साझ ढल्दै गर्दा बिशेष बिदा र समयको पाबन्दी संगै जुटेका नेपाली साहित्यिक मनहरुको बिशेष भेलामा बडो रमाइलो र उल्लासमय बातावरणमा उक्त कृति र इजरायलमै रहेर साहित्य सृजनामा लागि पर्नुहुने श्रस्टा कवयित्री मनु लोहोरुंगको कृति “लुङ्मारी मिथक” साथै अनेसासको आफ्नै आधिकारिक वेभ साइट http://www.inlsisrael.com लाई संयुक्त रुपमा सस्थाका अध्यक्ष कृष्णपक्ष, उपाध्यक्ष कुमार पौडेल, सस्थाका केन्द्रिय सचिव हरि मानन्धर र सल्लाहकार श्याम रोक्काले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

नेपाली राष्ट्रिय गानबाट शुरू गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाकि सदस्य श्रीमति सुमित्रा पौडेलले दिनुभएको थियो भने च्याप्टरको कृति र लुंगमारी मिथकका ’boutमा कवियत्री दीप्स शाहले बिशेष प्रकाश पार्नुभएको थियो । इजरायलमा रहेर साहित्य सृजनामा लागि पर्नुहुने सर्जक र साहित्य प्रेमीहरुको साझा संस्था अनेसासलाई अरु जुझारु र साहित्य सृजनामा आगामी दिनहरुमा सशक्त र इजरायलमा रहे भएका अरु संस्था भन्दा पृथक दृष्टिमा अनेसास भएको कुरा सस्थाका सल्लाहकार श्याम रोक्काले आफ्नो मन्तव्यको क्रममा बताउनु भयो ।

अनेसास केन्द्रिय प्रतिनिधि एवं च्याप्टरका सचिव हरि मानन्धरले संस्थाले लामो दुख र साधनामा लागि परेर आज विमोचित कृति “इजरायली भूमिमा नेपाली कलमहरु” सबै पाठकमाझ ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो भने संस्थाको भावी कार्यदिशाका ’boutमा बोल्दै इजरायल च्याप्टरले डायस्पोराबाट नेपाली साहित्यमा नयाँ इतिहाँस रच्ने काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तेल अभिवको लेभिन्स्की पार्कमा साँझ आयोजित कार्यक्रममा संस्थाको प्रकाशित कृति र आफ्नै आधिकारिक वेभ साइटको विमोचनको अवसरमा सस्थाका सदस्य र साहित्य अनुरागीहरुको कबिता, गित, गजल र मुक्तक बाचन पनि गरिएको थियो । उक्त बाचनमा कवियत्री दिप्स शाह, सुमित्रा पौडेल, यासिन राइ, भगवती कंडेल (सेविका) लगायतका कबि, कबित्रिहरुले आ-आफ्नो रचना बाचन गरेर कार्यक्रमलाई रौनक थपेका थिए भने बिमला देवकोटाका गजल र सुर्य बस्यालको कबिता “दुख पाएको मान्छे” कबिता सँस्थाका उपाध्यक्ष कुमार पौडेलबाट बाचन गरेर अरु थप रोचक र उलास्मय बनाउनु भएको थियो । त्यस्तै इजरायललाई कर्मभूमि बनाउँदै आउनुभएका स्वरका धनि गोबिन्द सिवाकोटीको आफ्नै स्वर र संगितमा लयबद्द गीतको स्थाई अन्तरामा गाएर उपस्थित साहित्यक मनहरूलाई रोमाञ्चित पार्नुभएको थियो ।

अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्षको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास केन्द्रिय सचिव हरि मानन्धर “विवश” को प्रमुख आतित्थ तथा संस्थाका सल्लाहकार श्याम रोक्का र श्री सत्य साई केन्द्रकी अध्यक्ष नेहा गुरूङको आतिथ्य रहेको थियो भने सस्थाका महासचिव यशजी (सुदर्शन घिमिरे) को कोकिल कण्ठबाट उदघोषित उक्त कार्यक्रममा आफ्नो बिचारको अभिव्यक्ति साथ हाम्रोसंसार डटनेटका उद्दब तामाङले लिखित मन्तब्य राख्नुभएको थियो । उक्त समारोहमा थुप्रै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो । अनेसास इजरायल च्याप्टरले आगामी लक्ष्मी जयन्तीको अवसर पारेर देवकोटा जयन्ती बिशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरिएको थियो ।

अन्त्यमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष कृष्णपक्षले पुस्तक प्रकाशनका पृष्ठभूमि र पुस्तकका ’boutमा प्रकाश पार्दै इजरायलमा रहेर साहित्य साधनामा लागि पर्नु भएका र “इजरायली भूमिमा नेपाली कलमहरु”को प्रकाशनार्थ प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.