हामी बाँचुन्जेल कमाउने, खाने, लगाउने, सन्तान जन्माउने र पाल्ने कामभन्दा फरक केही काम गरौँ, जसले हामीलाई अमर बनाउन सकोस् । त्यसका लागि अर्काको रिस, डाह, खुट्टा तान्ने काममा कसैले पनि आफ्नो समय व्यतत नगरौँ । आफ्नो ज्ञान, सीप र क्षमतालाई पहुँचअनुसार प्रस्तुत गर्दै जाऔँ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/10/2011
बेलायतमा बाँच्न भन्दा मर्न गाह्रो
मर्न बरु गाह्रो हुन्न.. गायक फत्तेमानले गाएको यो गीतजस्तो सजिलो छैन “मर्न बेलायतमा नेपालीलाई ।” मरेपछि अन्त्येष्टिका लागि लाग्ने महँगो खर्चले नेपालीको मृत्युलाई झन् कठिन बनाइदिएको हो । एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको बेलायतमा एकाधबाहेक धेरैले अन्त्येष्टिका लागि चन्दा संकलन गर्नुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in जीबनशैली, प्रवासी समाचार
नेपाली छोरो.. !!
चुगेन्द्र ताम्ली, साउदी अरब
काँधमा एउटा झोला भिरेर
आसाको महललाई पछ्याउँदै
सिरमा नेपाली गौरबको टोपी
हजारौं कर्तब्य बोकेर..
लाग्दैछ उ धेरै टाढा
आस्मा र जमिलाई भुलेर
उ उदास छ हाँसो दिई
अरुको मुस्कानमा साथ दिंदै पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
इजरायलमा “इजरायली भूमिमा नेपाली कलमहरू” र “लुङ्मारी मिथक” एकैचोटि विमोचित
कुमार पौडेल, इजरायल
२२ अक्टुबर २०११ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति “इजरायली भूमिमा नेपाली कलमहरु” को आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार