ईन्द्र भूषाल, कुवेत
बर्ष दिनको देउसी-भैलो यसपाली नि खेल्न पाईन
पिपलको ठुलो रुखमा मैलो लट्टो झेल्न पाईन
आसै-आसमा बसेको छु आर्को साल पाउँछु भनी
साथी भाईलाई भनिसके पर्खि बसे आउछु भनी
प्रबाको एक्लो जीवन जिउन यहाँ सारो भयो
मखमली फुल देख्दा मन बुझाउन गाह्रो भयो
मेरो मादल बजाइदिनु घन्किएर बज्ने गरी
देखी राख्छु सुनिराख्छु सपनिमा घरीघरी
माइलो तिमी पिङ खेल्दा मेरो लागि मच्चिदिनु
अर्को साल आउँछ अर्जुन भन्ने कुरा मनमा लिनु
टिका लाउँदा बैनी तिमी सम्झिएर नरुनु है
प्रदेशमा बसेको छु एक्लो अनी बिरानो भई
साँची राख मनको माला अर्को साल आउँछु हेर
दाईको फोन आउँछ भनी पर्खि बस्नु त्यती खेर !!
wow…fantastic good job keep it up